Friday, August 28, 2020

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

 https://www.tudikhel.com/2016/10/18/526

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

मानिसको जीवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आएको अवस्था छ । हाम्रो देशमा पनि सूचनाको अधिकारलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको छ । यो अधिकारको प्रयोगले सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीता बढाउने काम गर्दछ । यस हक अन्तरगत सार्वजनिक निकाय भन्नाले सबै सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानून मान्यता प्राप्त सबै राजनीतिक दलहरु मानिएको छ । गाविस, नगरपालिका, विद्यालय, अस्पताल, संस्थान, एनजीओ, आईएनजीओ र राजनीतिक पाटीहरु, सहकारी संस्थान, बोर्डिङ्ग स्कुल लगायत आदिमा रहेको सूचनाहरु सबै नागरिकले हेर्न, पढ्न, प्रमाणित प्रतिलिपि लिन सक्दछन् । यसरी सार्वजनिक निकायबाट नागरिकहरुले पाउने सेवा सुबिधाहरु नपाएमा, समयमा नपाएमा तथा पाउनु पर्ने भन्दा कम पाएमा त्यसको कारण बारेमा सूचनाको हक प्रयोग गरि जान्न र थाहा पाउन सकिन्छ । नेपालको अन्तरिक संविधान २०६३ धारा २७ , सूचना हक सम्बन्धी ऐन २०६४ तथा नियमवाली २०६५ ले सूचनाको हकलाई कानूनी रुपमा प्रत्याभूत गरेको छ ।

सूचना के हो त ?
सूचना भन्ने शब्दले कुनै कुराको जानकारी, थाहा, समाचार, लिखत, दस्तावेज, तथ्यांक, अभिलेख, आदि भन्ने बुझाउद छ । यदि कसैले इटहरी कता पर्छ ? भनेर सूचना माग्यो भने विराटनगर देखि उत्तर भन्ने जवाफ आयो । फेरी विराटनगर चै कहाँ पर्छ ? भन्ने प्रश्नमा इटहरी दक्षिण भनियो भने पहिलो चै सूचना भयो दोश्रो चै सूचना भएन किन भने जहिले पनि सूचना हुनलाई नयाँ कुराको जानकारी आवश्यक पर्दछ । वास्तवमा नयाँ कुरा वा नयाँ अफडेट भएको ज्ञान, सीप, जानकरी नै सूचना हो । त्यसैले हामीले थाहा पाउने नयाँ जानकारी नै सूचना हो । हामीले नयाँ विषयको जानकारी चै हाम्रो पाँच वाटा ज्ञानेन्द्रीयको माध्यमबाट सम्भव भएको हुन्छ । जसबाट मानिसले नयाँ सूचनाको अनुभव गर्दछ । हाम्रो भन्सामा खाना तयार भएको सूचना आए पछि मात्र थाहा हुन्छ । बिहानी भएको सूचना सूर्यको किरण, भाले बासेको आवाज, घण्डीले दिएको सूचना आदिले बिहानीको भएको सूचना दिई रहेको हुन्छ । गाउँघरमा मानिस म¥र्यो दाहासंस्कारका लागि त्यसको सूचना वरिपरिको गाँउ सम्म दिनलाई शंकको आवजबाट सूचना दिने गरिन्छ । छिमेकमा कहिले काही माछा, मासु, अण्डा आदि पकाएको कुरा बाहिर नै थाहा हुन्छ । त्यसमा बास्नाले सूचना दिएको हुन्छ । कुनै बच्चालाई यो आगो हो यस्ले पोल्छ या यो खोर्सानी हो यो पिरो हुन्छ यसलाई नछुनु नखानु भन्यो भने मान्दैन तर उस्ला एक पटक मैनबत्तिले पोल्यो भने, खोर्सानीको पिरो स्वाद थाहा पायो भने उ फेरी त्यो प्रयास गर्न डराउद छ । वास्तवमा उस्ले लिने नयाँ स्वाद र नयाँ अनुभव नै उसको लागि सूचना हो । मानिसले आफ्नो भूमिका सफलता साथ र्निवाह गर्न, मानिसलाई कुनै विषयको विशेषज्ञता प्राप्त गर्न, आलोचक वा विश्लेषक बन्न आफू जानकार र सूसुचित हुनु पर्दछ । सूचना हेरेर, सुनेर, छोएर, पढेर, सुँगेर, चाखेर अनि आफै कुनै काम गरेर अनुभव गरिरहेको हुन्छ । मानिसलाई पौडी खेल्ने कलाको बारेमा भनेर, सुनेर, पढेर त्यो सम्भव छैन त्यसका लागि मासि पानीको पोखरीमा पौडिने प्रयास गर्न जरुरी छ । अनि मात्र त्यो काम सक्रिय साथ गर्न सकिन्छ ।
सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । यो संसारमा केहि समय पहिले जोसँग धेरै जमिन, जंगल, जल थियो त्यो नै राष्ट्र वा व्यक्ति नै शक्तिसाली, जामिनदार, मुखिया, कहिलिन्थो । उ नै शक्ति केन्द्रीत हुन्थ्यो । त्यस पछिको समयमा जो सँग ज्ञान, बुद्धि र शिक्षा छ उ नै शक्तिमान र विद्वान भनियो । अनि विद्वान सर्व पुज्यतेः भनियो । हालको अवस्थामा हेर्ने हो भने जो सँग छ, जो व्यक्ति वा समुदाय सूचनासँग खेल्न सक्छ, जस्ले सूचना दिन सक्छ, जस्ले सूचना लिन सक्छ, जस्ले सूचनाको खरिद बिक्रि गर्न सक्छ । त्यस्ता व्यक्ति तथा समुदायहरु नै अहिले शक्तिशाली, बुद्धिमान, विवेकशिल, धनी कहलिने गरेको छ । त्यसैले होला होला अहिले विश्वको धनी भनिएका राष्ट्र वा मानिसहरुको सूचिमा सूचना र प्रविधिमा अगाडी भएका आएका छन् । मानिस बिना सूचना एक पल पनि रहन सक्दैन । तापाई हामीले दैनिक जिवनमा गरिने सम्पुर्ण व्यवहार सूचना प्राप्तिका लागि नै भइरहेको हुन्छ । घण्डी, रेडियो, टीभी, मोबाईल, ईन्टरनेट, पत्रपत्रिका आदिको प्रयोगको उद्देश्य पनि सूचनाको लागि नै हो ।

सूचना केका लागि आवश्यक
हरेक विषयको सहि सूचना वा जानकारी भएबाट मात्र दिगो विकास हुन्छ । पारदर्शिता बढ्दछ । जवाफदेहिता हुने अनि शुसान कायम भै सूसुचित र समुन्नत समाजको निर्माण हुनेछ । त्यस्तो समाज नै समृद्ध समाज हो । त्यसैले त होला अमेरिकी एक पत्रकारको भनाई साह्रै सान्दर्भिक छ । “मानिसले सूचना खादैन तर बिना सूचना मानिस भोकै मर्दछ ।” दैनिक जीवनमा भई रहेका सबै कार्यहरु सूचनाको माध्यमबाट नै संचालन भैरहेको हुन्छ । मानिसले प्राप्त गर्ने सूचनाहरु एक क्षण पनि गलत भएमा मानिसको ज्यानै पनि जाने अवस्था हुन्छ । विभिन्न सावारी दुर्घटनाहरु, विद्युतिय करेण्टबाट हुने दुर्घटनाहरु गलत सूचनाको कारण हुने गर्दछ । मानिसले सिक्ने नयाँ कुरा भनेको नै सूचनाको आदन प्रदानबाट हो । दुई दशकअघि राजनीतिक चिन्तक रूपचन्द्र विष्टले मान्छेलाई आलोचक र जागृत बनाउन तथा हरेक काम कुरा बुझेर मात्र गर्न ‘थाहा आन्दोलन’ चलाएका थिए । वास्तवमा ‘थाहा’ आन्दोलन जनताको सूचनाअधिकारको आन्दोलन थियो । विष्टलाई त्यसबेला थाहा आन्दोलन के हो भनेर कसैले प्रश्न गर्दा उत्तर प्रश्न सोध्नेको गालामा झापु हानि यस्तै नयाँ अनुभव हो थाहा भनेका थिए रे ।

सूचनाको अधिकार
लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनताले तिरेको करस राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारवाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले पाउनुपर्छ । वास्तवमा सूचना जनताको मौलिक अधिकार हो । सार्वजनिक निकायका पदाधिकारीहरुले जनताको सूचनाको जिम्मा लिने र व्यवस्थित गर्ने र मागको बेलामा उपलब्ध गराउनु पर्दछ । यही लोकतन्त्रको आधार र संस्कार पनि हो । जये सूचना ।

Sunday, August 23, 2020

भ्रष्टाचारको लोकतान्त्रिकरण

 भ्रष्टाचारको लोकतान्त्रिकरण
          

ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशन गरेको सन् २०१९ को रिपोर्ट अनुसार नेपाल १८0 देशको रङ्कमा ११३ औं स्थानमा छ । यो डाटा अनुसार नेपालले १०० अंकमा ३४ अंक प्राप्त गरी भ्रष्ट मूलुकहरुको सूचिमा रहेको देखाएको छ । यसको मुख्य कारण भनेको हाम्रो देशमा हुने सबै खाले भ्रष्टाचारमा सबैको सहभागिता रहनु नै मूख्य कारक हो । सहभागीतामूलक लोकतन्त्रको माग र आवश्यकता खड्की रहेको यस घडिमा यहाँ त भ्रष्टाचारको लोकतान्त्रिकरण मौलाएको छ । विकास र राज्य व्यवस्थामा जनसहभागिता खोजिरहेको अवस्थामा अहिले भ्रष्टाचारमा सबै समान सहभागिता पाईएको छ । अरुलाई भ्रष्टाचारी हौ भनि एक औला देखाउदा बाँकी औलाले तिमि पनि त त्यसमा सहभागी छौ भनि रहेको अवस्था छ ।

“भ्रष्टाचार” शब्दको अर्थलाई शब्दकोषहरुमा विभिन्न कोणहरुबाट अथ्र्याएको पाइन्छ । पतीत आचरण, दुषित मर्यादा र भ्रष्ट व्यवहार जस्ता पदावलीलको प्रयोगले धेरै प्रकारको अनुचित क्रियाकलापलाई समेट्दछ । अवैध रुपमा हुने आर्थिक लेनदेन तथा निजी स्वार्थ पूर्तिका लागि टेबलमुनीबाट गरिने आर्थिक लेनदेनको कामलाई मात्रै भ्रष्टाचार हो, भन्ने हो पनि भ्रष्टाचारको परिभाषा पुरा हुदैन् । भ्रष्ट र    आचरण दुई शब्

दको मेलबाट भ्रष्टाचार भन्ने शब्दको उत्पत्ति हुन्छ । यसको अर्थ मानिसको आचरण  भ्रष्ट हुनु नै भ्रष्टाचार हो ।
विभिन्न संघ संस्थाले भ्रष्टाचारलाई विभिन्न कोणबाट परिभाषित गरेको भए पनि मेरो विचारमा मौजुदा ऐन, कानुन, नियम विपरित स्वार्थ पूर्तिका लागि गरिने अवैधानिक बाटो नै भ्रष्टाचार हो ।
 

भ्रष्टाचारका थरहरु ः
भ्रष्टाचार हाम्रो जस्तो मुलुकमा यति थरिका छन् भनेर आकलन निकै नै मुस्किल कुरा हो । त्यसैले यसलाई नियत र आचारणबाट नै सूरु हुने कुरालाई नकार्न सकिन्दैन । भ्रष्टाचारका विभिन्न थर मध्ये विशेष गरि आज यहाँ चार थरका बारेमा र त्यसका जात र गोत्रका बारेमा प्रष्टयाउने जर्मको गरिएको छ । ः  
१. परम्परागत भ्रष्टाचार (टे«डिशनल करप्सन) ः परापूर्व काल देखि हाल सम्म पनि चलिआएको भ्रष्टाचार नै परम्परागत भ्रष्टाचार हो । पृथ्वीनारायण शाहले घुस लिने दिने दुबै अपराधी हुन् भनेका थिए यसको मतलब त्यस बेलामा पनि भ्रष्टाचार हुदो रहेछ । सार्वजनिक निकायमा गएर गरिने काममा त्यहाँका पदाधिकारीहरुलाई काम गरिदिए बापत, तपाईको कागजपत्रमा सहि गरिदिए बापत वा तपाईको भोलि हुने काम आजै गरिदिए बापत चिया नास्ता खर्च, मोबाईमा रिचार्ज, बाईकमा तेल वा खाममा नगद दिई गरिने भ्रष्टाचार चै पराम्परागत भ्रष्टाचार हो । यो हिजोका दिनमा पनि थियो र आज पनि चलि रहेको छ । हिजोका दिनमा ढाटमा बस्ने कर्मचारीहरुले ट्याक्टरमा आएको इट्टालाई जान दिनलाई एक पटकको एउटा इट्टा लिएर छोड्ने चलन थियो रे । यो दखिने प्रकारको पराम्परागत भ्रष्टाचार थियो । अहिले तपाईले गाडीको लाईसन्स बनाए बापत पैसा खुवाउनु प¥यो भने काम सकेर घर पुगेर मोबाइलामा ब्यालेन्स ट्रान्सफर गरि दिए  हुन्छ । जुन नदेखिन सक्छ । तरिका थोरै फरक परे पनि यसको प्रकृति भनै एकै हो । यस प्रकारको भ्रष्टाचारमा प्रमाणहरु पाउन र भेटाउन निकै गाह्रो हुन्छ । यसमा तपाई हामी सबै प्रत्यक्ष रुपमा पिडित भएका छौं । यसका लागि सूचनाको हक प्रयोग गरि नागरिक वडा पत्रमा भए अनुरुपको कार्य गर्न दबाब दिन नागरिहरु सक्रिय हुनै पर्दछ ।


२. बिल मिलाएर गर्ने भ्रष्टाचार (इनभोइस करप्सन) ः 

यो प्रकारको भ्रष्टाचार बढि मात्रामा संस्थागत क्षेत्रहरुमा भएको पाइन्छ । कार्यक्रम सके पश्चात दिएको हिसाबमा जति समान लगिएको थियो त्यो भन्दा बढिको बिलहरु हुने प्रचलन अहिले प्रचलित छ । यस प्रकारको भ्रष्टाचार नै इन्भोस करप्सन हो । अहिले बजारमा तपाईले कुनै सामानहरु खरिद गर्नु भयो र बिल माग्नु भयो भने पसलेहरुले तपाईलाई तीन वटा प्रश्न गर्दछ । पहिलो प्रश्न ः प्यान बिल दिउ कि, भ्याट बिल दिउ ? तापाईले भ्याट बिल माग्नु भयो भने यो अलिक लफडा छ, तपाईले यसको लागि १३ प्रतिशत छुट्टै तिर्नु पर्छ भन्छ । दोस्रो प्रश्न उस्ले गर्ने भनेको बिल खालि दिउ कि, भरेर दिउ ? खालि माग्नु भयो भने त कुरा सकियो तर भरेर दिनु भन्नु भयो भने तेस्रो पश्न फेरी उसले सोध्छ कति को बनाई दिउ ? यो बाट के कुरा स्पष्ट हुन्छ भने संस्थागत रुपमा राखिने बिल भरपाईहरु कति विश्वासिला होलान् त । यस प्रकारको प्रचलन पेट्रोलमा, स्टेसनरीमा, नास्ता पसलहरुमा, फोटोकपि तथा कमिनेकेशनहरुमा हुने गरेको पाइन्छ । केहि सार्वजनिक निकायहरुले त आफै बिल बनाउने र छपाउने अनि पेश गर्ने गरेको सुने देखेको छौं । केहि समय पहिले स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुले हल नै नभएको होटलको हलमा कार्यक्रम गरेको बिल पेश गरेकोले अख्तियार लागेको कुरा बाहिर आयो । एक दिन हाकिम साबहरुले कुरा गरेको सुनेको थिए, अब त बोडिङ्ग पास भयो भने आफै पनि डिजिटल टिकट बनाउन सकिने भएछ । पहिले पहिले त दुई सय जति दिदाँ जतिको भन्यो तेतिको ज्येकेट टिकट आउथो । यसको मतलब बसमा गएर पिलेनको टिकट पेश गर्दा हुदो रहेछ । यो नै इन्भोइस करप्सन हो । यसको निराकरणका लागि तपाईलाई शंका लागेको विकास निर्माण र अन्य कार्यहरुको बिलभरपाईको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने अधिकार सूचनाको हकले दिएको छ ।
 

३. नीतिगत भ्रष्टाचार (पोलेसि करप्सन) ः 

नीति, नियम, ऐन र कानुनको आडमा गरिने खालको भ्रष्टाचार नै नीतिगत भ्रष्टाचार हुन् । जुन सानो देखि निकै ठूलो सम्म हुने गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिने, कार्यालय समयमा अरु तिरनै काम गर्ने । नियमले लाग्ने जरिवानाहरु पनि प्रष्ट नहुनाले यस प्रकारको भ्रष्टाचार बढेको छ । जस्तो कि ट्राफिकले लाइसन्स नबोकी सावारी साधन चलाउने, हेलमेट नलगाउनेलाई न्यूनतम् यति देखि यति सम्म भनेर राखिएको हुनाले त्याहाँ पनि बार्गेनिङ्गमा शुल्क निर्धारण हुने भयो । स्थानीय निकायहरुले लिने जन्म,मृत्यु, बसासराई आदिमा पनि ३५ दिन कटे पछि लाग्ने शुल्कमा पनि यस्तै बार्गेनिङ्ग हुने अवस्था छ । जसले गर्दा त्यस अवस्थामा नीतिगत भ्रष्टाचार बढेको छ । सरकारी कार्यालयहरुमा निवेदनका लागि रु. १० को टिकट राख्नु पर्ने व्यवस्था हुन्छ । जस्तो विराटनगरको आन्तरिक राजश्व कार्यालयमा निवेदन हाल्न एक जाने सेवाग्राहीले भने हुलाक जादाँ आउदा १०० खर्च हुन्छ, यहिको सुरक्षा गार्डले रु १५ मा सेवा दिनु भएको छ कति राम्रो भाछ । हो जिल्ला प्रशासन कार्यालय मारङ्ग मै हुलाक कार्यालय टाँसिएको छ नियम बिपरित त्यहि अगाडी रु.१० को टिकटलाई रु.१२ मा बिक्रि भैरहेको छ यो झट् हेर्दा दुई रुपैयाको कुरा भए पनि यो निकै ठूलो नीतिगत भ्रष्टाचार हो । त्यस्तै कार्यालय हाता सुर्ती जन्य बस्तु तथा धुम्रपान निषेध लेखिएको र ऐनले प्रष्ट रुपमा भनेको भए पनि जिल्ला अदालत, प्रशासन, प्रहरी, अस्पताल, मालपोत तगायत जनस्वास्थ्य जस्ता धेरै कार्यालयहरुमा मस्त खैनी माढ्दै सबैलाई भाग पु¥याई पु¥याई बाढेको देख्न सकिन्छ । यो नीतिगत भ्रष्टाचार हो । त्यस्तै गरि माथील्लो स्तरका व्यक्तित्वहरुले नीतिगत रुपमा नै निर्णय गरि विदेश भ्रमण जाने, स्वास्थ्य उपचार गर्ने जस्ता भ्रष्टाचार पनि यसमा पर्दछ । यसका लागि नीति, नियम र निर्णयहरुको प्रमाणित प्रतिलिपि खोज्ने सूचनाको हक प्रयोग गर्न सकिन्छ ।


४.संस्थागत भ्रष्टाचार (अर्गनाइजेसनल करप्सन) ः

  दुई वा सो भन्दा बढि व्यक्ति तथा संस्थाहरुको मिलिभगत हुने प्रकारका भ्रष्टाचारलाई संस्थागत भ्रष्टाचार भन्दा फरक नपर्ला । केहि समय पहिले विद्युत् प्राधिकरणमा भएको ट्रान्समिटर घोटाला होस् या सुडानबाट आएको प्रहरीको बर्दीको कुरा होस् यसमा दुई भन्दा बढिको संलग्नता रहेको छ । जुन एकलैले गनै सक्दैन् । बोर्डिङ्ग स्कुलहरु हुन् वा निजी अस्पतालहरु हुन् यीहरुबाट लिईने सेवा सुबिधाको बारेमा सरकारले निश्चित मापदण्डको आधारमा शुल्क निर्धारण गरेको छ । यसको लागि अनुगमनकारी निकायहरु छन् । निश्चित नियमहरु पुरा गर्नु पर्ने हुन्छन् । तर मनोमानी ढङ्गबाट शुल्क लिइने कामहरु भएका छन् । यो संस्थागत रुपमा भएको दिनदाहाडै भएको भ्रष्टाचार हो । विराटनगरमा संचालित मझौला शहरको एकिकृत वातावरणिय सुधार परियोजनामा भएको सबै दुई नम्बरी कामहरुमा एशियाली विकास बैंक, विराटनगर उपमहानगरपालिका, ठेकोदार, परियोजना कर्मचारी र जो जो राजनीतिक दलहरु मिलेका छन् यो संस्थागत भ्रष्टाचार हो ।   
नागरिक खबरदारी आजको आवश्यकता हो । यसका लागि नीति नियमले दिएका हक अधिकारको प्रयोग गरि पार्दर्शिता, उत्तरदायि, सुशासन र सदाचार निर्माणका लागि एक हौं ।  
                                                                                

                                                                            ००

                                                                         –राजु श्रेष्ठ (सूचनाको हकका अभियान्ता)
                                                                                   (९८४२०८५९७९)

   

 

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मो...