विराटनगरको घण्टाघर बिग्रिएको घडीले पनि कमसे कम एक दिनमा दिउसो र राती गरि दुई पटक भए पनि सहि समय बताउछ । बिग्रिएको वा स्थिर रहेको घडीले वास्तुशास्त्र अनुसार समय खराब बनाउछ र समय खराब भएको संकेत गर्दछ । विराटनगरको बीच भागमा पर्ने राम जानकी मन्दिर पूर्व, देवकोटा चौक पश्चिम, न्यूरो हस्पिटल देखि उत्तर र हस्पिटल चौक देखि दक्षिणमा रहेका घोगापुल चौकलाई सिद्धार्थ चौक पनि भनिन्छ । त्यस चौकमा सिद्धार्थ गौतम बुद्धको मुर्ति र तीन वटा घडी भएको घण्टाघर छ तर त्यो विराटनगरवासी सबैलाई थाहा नभएको पनि हुन सक्छ । हजारौं व्यक्तिहरु त्यही बाटो भएर हिडे पनि त्यो घण्टाघरलाई वास्ता नगरेको पनि हुन सक्छ । घडी भएको स्तम्भको माथी पट्टि भगवान बुद्धको मुर्ति भएकोले होला तलका तीन वटै घडी सधै भरि बुद्ध झै शान्त र ध्यान गरिरहेको जस्तो लाग्छ । बिचरा ती घडीहरु कुनै ज्ञान प्राप्त गर्न या देशमा शान्ति छाओस् भनेर ध्यान गरेको नभई बेट्रि सकिएर वा घडी बिग्रिएर त्यस्तो भएको हुन सक्छ । शान्त अवस्थामा रहेका ती घडीहरु चलायमान हुने अनि धरान र काठमाण्डौंको जस्तो घण्टै पिछे आवाज पनि आउने हो भने ध्वनी प्रदुषण हुन्छ भन...
निष्पक्ष, सक्रियता र अभ्यास (soochanakohak.com)