वित्तीय विवरणमा के–के हेर्ने? प्रस्तुतिः सबिना बजगाई शेयर बजारमा लगानी गर्नुअघि तपाईले लगानी गर्न लाग्नु भएको कम्पनी कस्तो छ भन्ने कुरा थाहा पाउन अति अवाश्यक छ। बिना जानकारी अरुको लहलहैमा लागेर लगानी गर्नाले लगानी डुब्ने सम्भावना बढी हुन्छ। कम्पनीको बारेमा धेरै कुरा थाहा पाउन नसकेपनि यसको वित्तीय अवस्थाको बारेमा हरेक लगानीकर्ता जानकार हुनु पर्दछ। कम्पनीले हरेक त्रैमास अर्थात प्रत्येक तीन तीन महिनामा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्छन्। तीनै विवरणहरुलाई हेरेर त्यसैको आधारमा लगानीका रणनीति बनाउनु तथा निर्णय लिनु उत्तम हुन्छ। तर, सबै लगानीकर्ताहरुले सो वित्तीय विवरण हेर्न जान्दछन् भन्ने हुँदैन। शेयर बजारमा विभिन्न प्रकृतिका कम्पनीहरु छन्, जस्तैः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी आदि। फरक प्रकृतिका कम्पनीहरुले फरक फरक वित्तीय विवरण प्रकाशित गर्दछन्। उदाहरणका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुले एकै प्रकारका वित्तीय विवरण प्रकाशित गर्दछन्। तर, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी, जलविद्युत कम्पनी लगायतले प्र...
निष्पक्ष, सक्रियता र अभ्यास (soochanakohak.com)