लक्षितसम्म पुगेन सूचनाको हक समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको सक्रियता कमजोर माघ १२ , २०७६ जितेन्द्र साह ( विराटनगर) — ‘ सूचनाको हक ऐनबारे सर्वसाधारण अझै अनभिज्ञ छन् ,’ विराटनगर – १ का सामाजिक कार्यकर्ता ४७ वर्षीय वकिल कार्की भन्छन् , ‘ थाहा नै नभएपछि कसरी सूचना माग्छन् वा ऐनको प्रयोग गर्छन् ?’ विराटनगरको सहिद रंगशाला मार्गछेउ राखिएको सूचना अधिकारसम्बन्धी होर्डिङ बोर्ड । सरकारले हरेक नागरिकलाई लोकतन्त्रको पहरेदार बनाउन सूचनाको हकसम्बन्धी ऐन , २०६४ ल्याएको हो । तर एक दशकपछि पनि सर्वसाधारणसम्म यो ऐन पुग्न सकेको छैन । ‘ सरकारी कार्यालयले नागरिक वडापत्रमा लेखेको सेवा त दिन सकेका छैनन , अरू त के कुरा ?,’ कार्कीले भने , ‘ नमाग्दा पनि अति आवश्यक सूचना त पाउनुपर्ने हो । ’ ऐनबारे सबैलाई जानकारी दिनुपर्छ भन्ने सूचना अधिकारीलाई पनि थाहा नभएको विराटनगर ७ का समाजसेवी ६५ वर्षीय सुरेश ढकालले बताए । ‘ पदीय दायित्वअनुरुप उनीहरूले नागरिकलाई सूचना दिएका छैनन् ,’ उनले भने , ‘ कार्या...
निष्पक्ष, सक्रियता र अभ्यास (soochanakohak.com)