Sunday, December 31, 2017

जस्तो सोच, त्यस्तै व्यवहार ।।


जस्तो सोच, त्यस्तै व्यवहार ।।

सोच ः
सबै कुरा भर पर्छ मात्र सोचमा,
सोच भर पर्छ अनुभवमा,
सोच दृष्टीकोणमा र सोच चिन्तनमा ।
कृष्णलाई हामीले कसरी हेर्ने ? कर्म योगी भनेर वा छली कपटी भनेर ।
रामलाई कसरी हेर्ने ? मर्यादा पुरुष भगवान भनेर वा आफ्नी श्रीमतीलाई रावणको पंजाबाट बचाउन हजारौं हाजार वानर सेनालाई बली दिने स्वार्थी राजा भनेर ।
गौतम बुद्धलाई कसरी हेर्ने ? शान्ती दुतका प्रतिक भन्ने कि आफ्नी श्रीमती र नाबालक छोरालाई त्यागेर हिड्ने पलायनवादी भन्ने ।
द्रौंपतीलाई देवी भन्ने की पाँच जना पतीको पत्नी भन्ने ।
अर्जुनलाई के भन्ने धनुधारी बीर वा कर्णलाई पछाडीबाट बाण हानी मार्ने कायर । के भन्ने ???
हरेक कुरालाई सोच्ने तौर तरिकामा भर पर्छ । हामीले आफ्नो सोचलाई कस्तो बनाउने भन्ने कुरा आफूमै निर्भर हुन्छ । यो समाजमा जम्मा ५ प्रतिशत मानिसहरु मात्र सकारात्मक सोचका हुन्छन् । १५÷१६ प्रतिशत मानिसहरु नकारात्मक सोचका हुन्छन् । बाँकी ८० प्रतिशत मानिसहरु बहकाउमा जाने, ढुलमुले स्वभावका वा अरु कसैको लहैलहैमा लाग्ने साधारण मानिस हुन्छन् । तपाई कुनमा पर्नु हुन्छ यो तपाईको सोचमा भर पर्छ ।
दृष्टिकोणको जन्म ः                                         
यो दुनियामा राम्रो र नराम्रो भन्ने कुरा हुदैन, त्यसलाई हामीले कसरी लिन्छौं त्यहि सहि हुन्छ । एक दिन म तालिम दिने सिलशिलामा ताप्लेजुङ्ग जिल्ला पुगेको थिए । सानोमा सगै पढेको साथी जो अहिले सरकारी सेवामा अधिकृत छन् उनले फोन गरेर काहाँ हो भनि सोधे मैले तालिमको लागि जिल्ला बाहिर आएको भने उस्ले फ्याट भने भत्ता त ट्न्ढै हुन्छ होला नि ? त्यस्तै अर्का सामाजिक संस्थामा काम गर्ने साथीले पनि फोन गरे त्यहि प्रश्न गरे मैले उहि उत्तर दिए तर उस्ले तालिममा प्रस्तुत गरेको म्याटरहरु र आइढीयाहरु मलाई पनि पठाइ देउ है भने । त्यस पछि मलाई लाग्यो मानिसले जे सोचि रहेको हुन्छ त्यस्तै प्रकारको व्यवहार गर्दाे रहेछ । हामीले गर्ने प्रश्नमा नै प्राप्त गर्ने जवाफ पनि निर्भर हुन्छ । हामीले पाउने जवाफ कसरी कुरा गछौं त्यसमा भर पर्छ । हामीले गर्ने कुराकानी भनेको जे परिकल्पना गछौं त्यसैमा निर्भर हुन्छ र हामीले कसरी परिकल्पना गछौं भन्ने कुरा हाम्रो संस्कृतीमा निर्भर हुन्छ । त्यसै बाट नै एउटा नयाँ हेर्ने दृष्टिकोणको जन्म हुन्छ ।

हरेक चिजको दुइ पक्ष ः
एक दिन मैले साथीहरुसँग सोधे नेपालको राजधानी काठमाण्डौंका राम्रा कुराहरु, राम्रो पक्ष के के होलान त ? साथीहरु सबै एक छिन सोचमा परे । अनि उत्तर आयो खै केहि राम्रो भन्ने खालको नै देख्दिन । फोहोरै फोहोर छ, पानीको कुरै नगरौं । बजार अस्तव्यस्त छ । मान्छेको भिड हेर्ने हो भने मान्छको जंगललै भन्दा पनि फरक पर्दैन । घरहरु र गल्लीहरु त्यति नै छ । भूकम्पको डर मानिसको दिमागबाट हट्न सकेको छैन् । हत्या, हिंसा, चोरी, विकृती र अपराधिका कृयाकलापको कुरै नगरुपम् । पैसा नहुनेको कामै छैन् । मानिसहरु पैसाको लागि जे पनि गर्न बेर नलाउने काठमाण्डौं । यस्तै वास्तविकता र नराम्रो चिजहरुको लिस्टहरु तयार भयो । यसमा धेरै कुराहरु आएको थियो मैले छुटाए पनि । यी त दुबल पक्ष भए यहाँको राम्रो कुरा चै के छन् त ? मैले पुनः प्रश्न गरे । खास केहि नभएको उत्तर आयो । के देशको राजधानी जस्तो स्थानमा के नराम्रो कुरा मात्रै छन् त ? के काठमाण्डौं नराम्राहरुको मात्र शहर हो त ? के काठमाण्डौं  नराम्राहरु मात्र बस्ने शहर हो त ? मेरो मनमा लागेको कुरा काठमाण्डौंको नराम्रो बीच पनि धेरै राम्रा कुराहरु छन् । यस शहरले धेरै ठूला राजनीतिज्ञहरु, बुद्धिजीविहरु, साहित्यकारहरु र कलाकारहरु अठाएकोछ । देशमा हुने राजनीति तथा सामाजिक परिवर्तनहरु यहिबाट सूरु भएको छ । तपाई मनलाई साकारात्मक पारेर हेर्नुहोस् यहाँ धेरै राम्रा पक्षहरु पनि पक्कै छन् । जसलाई हामीले सही सदुपयोग गर्न नसकेको मात्र हो । काठमाण्डौं शहर स्वास्थ्य उपचारको लागि तपाई हाम्रो अन्तिम स्थान पनि हो । शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनीक हरेक क्षेत्रहरुको केन्द्र बिन्दु काठमाण्डौं नै हो । देशकै पुरानो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयको केन्द्रिय कार्यालय नै त्यहि छ । अन्तराष्ट्रिय विमानस्थल यहि छ । विश्वकै मन्दिर नै मन्दिरको शहर भनेर परिचित छ यो शहर काठमाण्डौं । यी र यस्ता धेरै राम्रो पक्षहरु छन् । हरेक चिजको दुई पक्ष हुन्छ, एक पक्ष राम्रो र अर्को पक्ष नराम्रो ।

सफलताको खोजी ः
हामी जे कुराको खोजी गछौं त्यही पाउँछौं, हामी जाहाँ सम्म पुग्ने विश्वास गछौं त्यहि पुग्दछौं । यसको मतलब हामीले समस्यालाई मात्र हेर्यौं भने जताततै समस्यै समस्या पाउछौं । हामीले आफ्नो कल्पना र विश्वासलाई समस्याको समाधान र सफलतालाई हेरैं भने जताततै सफलता नै सफलता पाउदछौं । अहिले हाम्रो समाजमा तीन प्रकारको संस्कार छ ।
पहिलो निराशावादी वा नैराश्यताको संस्कृतीले जगडिएको छ । जस्ले गर्दा हामीमा हरेक कुरालाई नकारात्मक पक्षबाट हेर्न संस्कृतीको विकास भएको छ ।
दोश्रो मौनताको संस्कृती जसले गर्दा सबै कुरा थाहा पाएकाहरु चुप बसेका छन्, थाहा नपाउनेहरु आफ्नो जिविकोपार्जनमा छन्, कसैलाई कसैको मतलब छैन् ।
तेस्रो भग्यवादी संस्कृती जसले हामीमा कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने परिपाटिको संस्कृतीको विकास गरेको छ । हामी जस्तो मनस्थिति बनाउदछौ त्यस्तै खालको परिस्थिति श्रृजना हुन जान्छ । जसरी रथको पांग्राले घोडाको पदहरु पछ्याई हरेका हुन्छन्, त्यसै गरि हाम्रा विचारहरुले पनि नयाँ बस्तु स्थिति पछ्याईरहेका हुन्छन् । यदी तपाई सबै तिर सफा सुग्गर देख्न चाहानु हुन्छ भने तपाई आफुले उत्पन्न गरेका फोहरहरुको व्यवस्थापन आफै गर्नु होस्, यदी यो काम सबैले गर्ने हो भने सबै तिर सुग्गर सफा आफै हुन्छ ।

दृष्टिकोण सबैको लागि तथ्य अनि तथ्यांक भन्दा पनि महत्वपूर्ण छ । विगतमा भए गरका कर्महरु, शिक्षा, धन सम्पत्ति, सबै प्रकारका स्थितिहरु, सफलताहरु, असफलताहरु, अरुले के सोच्लान्, के भन्लान्, के गर्लान्, यी सबै मन्दा पनि महात्वपूर्ण छ दृष्टिकोण । यो बाहिरी रुप, कौशलता, सीपभन्दा पनि महत्वपूर्ण छ । कुनै पनि राष्ट्र, संस्था, परिवार, घर वा व्यक्ति बनाउने वा बिगार्ने नै यो दृष्टिकोण हो । तर हरेक समयको वा दिनको लागि कस्तो प्रकारको दृष्टिकोण अपनाउने हो त्यसको छनौट गर्ने वाला हामी आफैं हौं । हामी आफ्नो दृष्टिकोणसँग हामी खेल्न सक्छौं । हाम्रो जिवन दुई कुराको मिश्रण हो । पहिलो १० प्रतिशत मलाई के घट्छ र ९० प्रतिशत चाहिँ ती घटित कुराहरु प्रति म कुन प्रकारले प्रतिक्रिया जनाउँछु भन्ने हो । त्यसैले, कस्तो दृष्टिकोण अपनाउनु हुन्छ । नितान्त तपाई हामी नै निर्भर गर्ने कुरा हो । वास्तवमा हाम्रो दृष्टिकोण हाम्रै हातमा छ ।
शुभम्.............।

 लेखक ः  
राजु श्रेष्ठ (सूचनाको हक अभियन्ता)
विराटनगर– ६
९८४२०८५९७९

बदलिँदो संस्कार, एक हाते नमस्कार

राजु श्रेष्ठ
नमस्ते वा नमस्कार जे भने पनि यसको अर्थ एउटै हुन्छ । विशेषगरि माथिल्ला पदको हुँ भन्ने वा आफूलाई ठूलो हुँ भन्ने ठान्ने भएका, समाजमा धेरै दाम र नाम कमाएका अनि आफूले नचिने पनि अरुले आफूलाई चिनेर आदर गरि गरेको नमस्कारलाई फर्काउनै पर्यो नि भनेर फर्काउदा प्रायः अचेल एक हातले नमस्ते भनेको पाइन्छ । कहिले काहीं त हतार भएको मानिसलाई आफूले दुई हात जोडी नमस्कार भन्दा उताबाट चै नमस्ते नमस्ते पनि भन्ने गरेको पाइन्छ । कुनै कार्यालयको सानो स्तरको कर्मचारीले माथिल्लो स्तरको कर्मचारीलाई दुवै हात जोडी जिउलाई आदि निउराएर नमस्कारभन्दा आफूलाई माथिल्लो ठान्ने कर्मचारीहरुले टाउकोले मात्र केही नबोली नमस्कार फर्काएको पनि तपाईँ हामी नदेखेको हैन । वास्तममा भन्ने हो भने संस्कृत भाषाबाट आएको यो नमस्कार शब्दमा संस्कार जोडिएको छ । संसारमा नै एक अर्का बीचमा भेटघाट हुँदा र चिनजान गर्न आ–आफ्नै तौर तरिकाबाट आदरभाव जनाउने गरिएको पाइन्छ । कतै गोडा ढोग्ने, हात मिलाउने, अंकमाल गर्ने, म्याई खाने अनेक गर्ने गरिएको जस्तै नमस्कार पनि पनि एक हो ।
नमस्कारमा सूचना प्रविधि
तपाईँले कसैलाई नमस्कार गर्नु भयो तर उसले देखेर पनि नदेखे जस्तो गरी नमस्कार फर्काएन र त्यो अवस्था अरुले पनि देखे भने तपाईँलाई आफू अपमानित भएको भान हुन्छ । आखिर किन त मानिसहरु एउटा खाना खाने हात र अर्को दिशा धुने हात जोडेर नमस्कार फर्काउन गाह्रो मानेका होलान त ? हातको सट्टामा किन खुट्टाले नमस्कार गर्न नमिलेको होला त ? मलाई कहिले काहीं यस्ता प्रश्नहरुले मनमा छोइराखेको हुन्छ । समय परिवर्तनशील छ । बदलिँदो समयसँगै परिस्थिति र संस्कार पनि बदलिँदो छ । अहिलेको बदलिँदो सूचना प्रविधिको युगमा सबै उमेर र सबै स्तरका मानिसहरु सूचना प्रविधिमा साथि बन्ने चलनले पनि होला गोडामा ढोग्नुपर्ने मान्यजनलाई पनि अनलाईनमा, च्याटमा वा अन्य कुनै तरिकाले जम्मका भेट हुँदा हेलो, हाई, दर्शन, नमस्ते दिए पुग्ने भएको छ । यसैको परिणाम पनि हुन सक्छ, एक हाते नमस्कार । 
नमस्कार गर्ने बानी
कुनै बेला साइकलमा, बाइकमा वा सावरीसाधन हा कि रहको समयमा आफूले आदार गर्ने व्यक्तित्व भेटिएमा दुबै हातले त नमस्कार गर्न भएन । त्यो बेलामा चै एकहातले छातीमा राखी टाउको झुकाई नमस्कार भनेर गर्ने गरिन्छ । यो परिस्थिति सबैले बारम्बार भोगिएको हुनाले गर्दा हामीमा यो आदत नै भैसकेको छ । अब यस्तो बानीले गर्दा हात खालि भएको समयमा पनि एक हातले नमस्कार गर्ने प्रचलन बढेको मेरो अनुमान छ । वास्तवमा आफूभन्दा सानोलाई नमस्कार फर्काउदा, हतार भएको बेला, आफूभन्दा कम महत्व दिएका व्यक्तिलाई नमस्कार फर्काउदा, आफूले नचिनेको व्यक्तिलाई नमस्कार फर्काउदा पनि एक हातले नमास्ते भन्ने गरेको देखिन्छ । आफूलाई ठूलो देखाउन, आफू चै सम्मान्नि हँु भन्न, आफ्नो सान बढाउन पनि मानिसले अरुको नमस्कारलाई सम्मान गर्न हाम्रो समाजले बिर्सँदै गएको अवस्था छ । यसले एक हाते नमस्कारलाई मलजल गरेको अवस्था छ ।
सम्मान खाने भोक
हाम्रो समाज अहिले नास्कारको भोको छ । तपाई जुनसुकै अड्डामा जानुस् अनि गेटमा बस्नेदेखि दर्ता चलानी फाँट, अन्य कोठा र हाकिमसम्मको टेबलमा पुग्दा सबैलाई नमस्कार गदै जानुस् अनि तपाईँलाई थाहा हुन्छ कहाँ कस्लाई नमस्कारको भोक बढी लागेको छ । यो यस्तो साधन हो तपाईँले कसैलाई चिनजान गर्न र ऊबाट काम लिन र सहयोग लिन सहज माध्यम बन्न सक्छ । मानिस सधंै आफ्नो तारिफ सुन्न र आफूलाई अरुले सम्मान गरोस् भन्ने चाहना राखी रहेको हुन्छ । यो मानवीय गुण पनि हो । यो सबै मानिसमा हुन्छ । दुई हातले गरेको नमस्कार सानो पदको मानिसले पर्याे भने भने उसले निकै महत्वको साथ तपाईँलाई पनि दुवै हातले नमस्कार गरी फर्काउछ, यदि अलिक ठूला भनाउदाहरुलाई गर्नु भयो भने उसले आफूलाई ठूलो हुँ भन्ने ठानी एक हातले मात्र जवाफ दिन्छ । अनि समाजमा भएको यो एक हाते नमस्कारको जन्म हुन्छ ।
टाउकोभन्दा जिब्रो भारी
एकहातले गरेको नमस्कारको भ्यल्लु हुँदैन भन्ने मेरो आशय हैन । एक हातले गर्ने आर्मि पुलिसको सलामको धेरै महत्वको हुन्छ । किनकि त्यहाँ अनुशासित भएर एक हातले गरिन्छ र फर्काउदा पनि एक हातले नै फर्काइन्छ । तर बदलिँदो संस्कारले होला अब दुई हाते नमस्कार पनि एक हाते सलामी जस्तो भइसकेको छ हाम्रो समाजमा । मानवीय गुणले गर्दा होला, हामी एक तोलाको जिब्रो चलाउनुभन्दा तीन धार्नीको टाउको हल्लाउन बानी भएकाहरुमा एक हाते नमस्ते सबैमा सर्वसम्वत पारित भएको छ ।
सधैं नमस्कारको सम्मान गरौं । नमस्कार शब्दलाई वास्तविक रुपमा प्रयोग गरौं न कि यसलाई चापलुसी गर्न, ठूला पदकालाई ठूलो बनाई दिन मात्र प्रयोग नगरौं । नमस्कार यस्तो सम्मान हो हाम्रो समाजले पुजनीय भगवान र पुज्न योग्यलाई मात्र गरिने मान हो । नमस्कारको सम्मान गर्न सक्नु नै मानिसले आफूलाई पुजनीय बनाउनु हो । यदि हामीले समाजमा सम्मान पाएर पनि त्यसलाई सम्मानजनक हिसाबले त्यसलाई स्विकार्न सकिएन भने सम्माननीय हुन निकै गाह्रो हुन्छ । सम्मानलाई सम्मान गरौं, फलेको हागो सधंै झुकेको नै हुन्छ । सबैमा मेरो अनुरोध शुभम् ।    rajubrt@gmail.com 9842085979

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प