Skip to main content

जस्तो सोच, त्यस्तै व्यवहार ।।


जस्तो सोच, त्यस्तै व्यवहार ।।

सोच ः
सबै कुरा भर पर्छ मात्र सोचमा,
सोच भर पर्छ अनुभवमा,
सोच दृष्टीकोणमा र सोच चिन्तनमा ।
कृष्णलाई हामीले कसरी हेर्ने ? कर्म योगी भनेर वा छली कपटी भनेर ।
रामलाई कसरी हेर्ने ? मर्यादा पुरुष भगवान भनेर वा आफ्नी श्रीमतीलाई रावणको पंजाबाट बचाउन हजारौं हाजार वानर सेनालाई बली दिने स्वार्थी राजा भनेर ।
गौतम बुद्धलाई कसरी हेर्ने ? शान्ती दुतका प्रतिक भन्ने कि आफ्नी श्रीमती र नाबालक छोरालाई त्यागेर हिड्ने पलायनवादी भन्ने ।
द्रौंपतीलाई देवी भन्ने की पाँच जना पतीको पत्नी भन्ने ।
अर्जुनलाई के भन्ने धनुधारी बीर वा कर्णलाई पछाडीबाट बाण हानी मार्ने कायर । के भन्ने ???
हरेक कुरालाई सोच्ने तौर तरिकामा भर पर्छ । हामीले आफ्नो सोचलाई कस्तो बनाउने भन्ने कुरा आफूमै निर्भर हुन्छ । यो समाजमा जम्मा ५ प्रतिशत मानिसहरु मात्र सकारात्मक सोचका हुन्छन् । १५÷१६ प्रतिशत मानिसहरु नकारात्मक सोचका हुन्छन् । बाँकी ८० प्रतिशत मानिसहरु बहकाउमा जाने, ढुलमुले स्वभावका वा अरु कसैको लहैलहैमा लाग्ने साधारण मानिस हुन्छन् । तपाई कुनमा पर्नु हुन्छ यो तपाईको सोचमा भर पर्छ ।
दृष्टिकोणको जन्म ः                                         
यो दुनियामा राम्रो र नराम्रो भन्ने कुरा हुदैन, त्यसलाई हामीले कसरी लिन्छौं त्यहि सहि हुन्छ । एक दिन म तालिम दिने सिलशिलामा ताप्लेजुङ्ग जिल्ला पुगेको थिए । सानोमा सगै पढेको साथी जो अहिले सरकारी सेवामा अधिकृत छन् उनले फोन गरेर काहाँ हो भनि सोधे मैले तालिमको लागि जिल्ला बाहिर आएको भने उस्ले फ्याट भने भत्ता त ट्न्ढै हुन्छ होला नि ? त्यस्तै अर्का सामाजिक संस्थामा काम गर्ने साथीले पनि फोन गरे त्यहि प्रश्न गरे मैले उहि उत्तर दिए तर उस्ले तालिममा प्रस्तुत गरेको म्याटरहरु र आइढीयाहरु मलाई पनि पठाइ देउ है भने । त्यस पछि मलाई लाग्यो मानिसले जे सोचि रहेको हुन्छ त्यस्तै प्रकारको व्यवहार गर्दाे रहेछ । हामीले गर्ने प्रश्नमा नै प्राप्त गर्ने जवाफ पनि निर्भर हुन्छ । हामीले पाउने जवाफ कसरी कुरा गछौं त्यसमा भर पर्छ । हामीले गर्ने कुराकानी भनेको जे परिकल्पना गछौं त्यसैमा निर्भर हुन्छ र हामीले कसरी परिकल्पना गछौं भन्ने कुरा हाम्रो संस्कृतीमा निर्भर हुन्छ । त्यसै बाट नै एउटा नयाँ हेर्ने दृष्टिकोणको जन्म हुन्छ ।

हरेक चिजको दुइ पक्ष ः
एक दिन मैले साथीहरुसँग सोधे नेपालको राजधानी काठमाण्डौंका राम्रा कुराहरु, राम्रो पक्ष के के होलान त ? साथीहरु सबै एक छिन सोचमा परे । अनि उत्तर आयो खै केहि राम्रो भन्ने खालको नै देख्दिन । फोहोरै फोहोर छ, पानीको कुरै नगरौं । बजार अस्तव्यस्त छ । मान्छेको भिड हेर्ने हो भने मान्छको जंगललै भन्दा पनि फरक पर्दैन । घरहरु र गल्लीहरु त्यति नै छ । भूकम्पको डर मानिसको दिमागबाट हट्न सकेको छैन् । हत्या, हिंसा, चोरी, विकृती र अपराधिका कृयाकलापको कुरै नगरुपम् । पैसा नहुनेको कामै छैन् । मानिसहरु पैसाको लागि जे पनि गर्न बेर नलाउने काठमाण्डौं । यस्तै वास्तविकता र नराम्रो चिजहरुको लिस्टहरु तयार भयो । यसमा धेरै कुराहरु आएको थियो मैले छुटाए पनि । यी त दुबल पक्ष भए यहाँको राम्रो कुरा चै के छन् त ? मैले पुनः प्रश्न गरे । खास केहि नभएको उत्तर आयो । के देशको राजधानी जस्तो स्थानमा के नराम्रो कुरा मात्रै छन् त ? के काठमाण्डौं नराम्राहरुको मात्र शहर हो त ? के काठमाण्डौं  नराम्राहरु मात्र बस्ने शहर हो त ? मेरो मनमा लागेको कुरा काठमाण्डौंको नराम्रो बीच पनि धेरै राम्रा कुराहरु छन् । यस शहरले धेरै ठूला राजनीतिज्ञहरु, बुद्धिजीविहरु, साहित्यकारहरु र कलाकारहरु अठाएकोछ । देशमा हुने राजनीति तथा सामाजिक परिवर्तनहरु यहिबाट सूरु भएको छ । तपाई मनलाई साकारात्मक पारेर हेर्नुहोस् यहाँ धेरै राम्रा पक्षहरु पनि पक्कै छन् । जसलाई हामीले सही सदुपयोग गर्न नसकेको मात्र हो । काठमाण्डौं शहर स्वास्थ्य उपचारको लागि तपाई हाम्रो अन्तिम स्थान पनि हो । शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनीक हरेक क्षेत्रहरुको केन्द्र बिन्दु काठमाण्डौं नै हो । देशकै पुरानो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयको केन्द्रिय कार्यालय नै त्यहि छ । अन्तराष्ट्रिय विमानस्थल यहि छ । विश्वकै मन्दिर नै मन्दिरको शहर भनेर परिचित छ यो शहर काठमाण्डौं । यी र यस्ता धेरै राम्रो पक्षहरु छन् । हरेक चिजको दुई पक्ष हुन्छ, एक पक्ष राम्रो र अर्को पक्ष नराम्रो ।

सफलताको खोजी ः
हामी जे कुराको खोजी गछौं त्यही पाउँछौं, हामी जाहाँ सम्म पुग्ने विश्वास गछौं त्यहि पुग्दछौं । यसको मतलब हामीले समस्यालाई मात्र हेर्यौं भने जताततै समस्यै समस्या पाउछौं । हामीले आफ्नो कल्पना र विश्वासलाई समस्याको समाधान र सफलतालाई हेरैं भने जताततै सफलता नै सफलता पाउदछौं । अहिले हाम्रो समाजमा तीन प्रकारको संस्कार छ ।
पहिलो निराशावादी वा नैराश्यताको संस्कृतीले जगडिएको छ । जस्ले गर्दा हामीमा हरेक कुरालाई नकारात्मक पक्षबाट हेर्न संस्कृतीको विकास भएको छ ।
दोश्रो मौनताको संस्कृती जसले गर्दा सबै कुरा थाहा पाएकाहरु चुप बसेका छन्, थाहा नपाउनेहरु आफ्नो जिविकोपार्जनमा छन्, कसैलाई कसैको मतलब छैन् ।
तेस्रो भग्यवादी संस्कृती जसले हामीमा कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने परिपाटिको संस्कृतीको विकास गरेको छ । हामी जस्तो मनस्थिति बनाउदछौ त्यस्तै खालको परिस्थिति श्रृजना हुन जान्छ । जसरी रथको पांग्राले घोडाको पदहरु पछ्याई हरेका हुन्छन्, त्यसै गरि हाम्रा विचारहरुले पनि नयाँ बस्तु स्थिति पछ्याईरहेका हुन्छन् । यदी तपाई सबै तिर सफा सुग्गर देख्न चाहानु हुन्छ भने तपाई आफुले उत्पन्न गरेका फोहरहरुको व्यवस्थापन आफै गर्नु होस्, यदी यो काम सबैले गर्ने हो भने सबै तिर सुग्गर सफा आफै हुन्छ ।

दृष्टिकोण सबैको लागि तथ्य अनि तथ्यांक भन्दा पनि महत्वपूर्ण छ । विगतमा भए गरका कर्महरु, शिक्षा, धन सम्पत्ति, सबै प्रकारका स्थितिहरु, सफलताहरु, असफलताहरु, अरुले के सोच्लान्, के भन्लान्, के गर्लान्, यी सबै मन्दा पनि महात्वपूर्ण छ दृष्टिकोण । यो बाहिरी रुप, कौशलता, सीपभन्दा पनि महत्वपूर्ण छ । कुनै पनि राष्ट्र, संस्था, परिवार, घर वा व्यक्ति बनाउने वा बिगार्ने नै यो दृष्टिकोण हो । तर हरेक समयको वा दिनको लागि कस्तो प्रकारको दृष्टिकोण अपनाउने हो त्यसको छनौट गर्ने वाला हामी आफैं हौं । हामी आफ्नो दृष्टिकोणसँग हामी खेल्न सक्छौं । हाम्रो जिवन दुई कुराको मिश्रण हो । पहिलो १० प्रतिशत मलाई के घट्छ र ९० प्रतिशत चाहिँ ती घटित कुराहरु प्रति म कुन प्रकारले प्रतिक्रिया जनाउँछु भन्ने हो । त्यसैले, कस्तो दृष्टिकोण अपनाउनु हुन्छ । नितान्त तपाई हामी नै निर्भर गर्ने कुरा हो । वास्तवमा हाम्रो दृष्टिकोण हाम्रै हातमा छ ।
शुभम्.............।

 लेखक ः  
राजु श्रेष्ठ (सूचनाको हक अभियन्ता)
विराटनगर– ६
९८४२०८५९७९

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ । २०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ । यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमू...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329