Skip to main content

बदलिँदो संस्कार, एक हाते नमस्कार

राजु श्रेष्ठ
नमस्ते वा नमस्कार जे भने पनि यसको अर्थ एउटै हुन्छ । विशेषगरि माथिल्ला पदको हुँ भन्ने वा आफूलाई ठूलो हुँ भन्ने ठान्ने भएका, समाजमा धेरै दाम र नाम कमाएका अनि आफूले नचिने पनि अरुले आफूलाई चिनेर आदर गरि गरेको नमस्कारलाई फर्काउनै पर्यो नि भनेर फर्काउदा प्रायः अचेल एक हातले नमस्ते भनेको पाइन्छ । कहिले काहीं त हतार भएको मानिसलाई आफूले दुई हात जोडी नमस्कार भन्दा उताबाट चै नमस्ते नमस्ते पनि भन्ने गरेको पाइन्छ । कुनै कार्यालयको सानो स्तरको कर्मचारीले माथिल्लो स्तरको कर्मचारीलाई दुवै हात जोडी जिउलाई आदि निउराएर नमस्कारभन्दा आफूलाई माथिल्लो ठान्ने कर्मचारीहरुले टाउकोले मात्र केही नबोली नमस्कार फर्काएको पनि तपाईँ हामी नदेखेको हैन । वास्तममा भन्ने हो भने संस्कृत भाषाबाट आएको यो नमस्कार शब्दमा संस्कार जोडिएको छ । संसारमा नै एक अर्का बीचमा भेटघाट हुँदा र चिनजान गर्न आ–आफ्नै तौर तरिकाबाट आदरभाव जनाउने गरिएको पाइन्छ । कतै गोडा ढोग्ने, हात मिलाउने, अंकमाल गर्ने, म्याई खाने अनेक गर्ने गरिएको जस्तै नमस्कार पनि पनि एक हो ।
नमस्कारमा सूचना प्रविधि
तपाईँले कसैलाई नमस्कार गर्नु भयो तर उसले देखेर पनि नदेखे जस्तो गरी नमस्कार फर्काएन र त्यो अवस्था अरुले पनि देखे भने तपाईँलाई आफू अपमानित भएको भान हुन्छ । आखिर किन त मानिसहरु एउटा खाना खाने हात र अर्को दिशा धुने हात जोडेर नमस्कार फर्काउन गाह्रो मानेका होलान त ? हातको सट्टामा किन खुट्टाले नमस्कार गर्न नमिलेको होला त ? मलाई कहिले काहीं यस्ता प्रश्नहरुले मनमा छोइराखेको हुन्छ । समय परिवर्तनशील छ । बदलिँदो समयसँगै परिस्थिति र संस्कार पनि बदलिँदो छ । अहिलेको बदलिँदो सूचना प्रविधिको युगमा सबै उमेर र सबै स्तरका मानिसहरु सूचना प्रविधिमा साथि बन्ने चलनले पनि होला गोडामा ढोग्नुपर्ने मान्यजनलाई पनि अनलाईनमा, च्याटमा वा अन्य कुनै तरिकाले जम्मका भेट हुँदा हेलो, हाई, दर्शन, नमस्ते दिए पुग्ने भएको छ । यसैको परिणाम पनि हुन सक्छ, एक हाते नमस्कार । 
नमस्कार गर्ने बानी
कुनै बेला साइकलमा, बाइकमा वा सावरीसाधन हा कि रहको समयमा आफूले आदार गर्ने व्यक्तित्व भेटिएमा दुबै हातले त नमस्कार गर्न भएन । त्यो बेलामा चै एकहातले छातीमा राखी टाउको झुकाई नमस्कार भनेर गर्ने गरिन्छ । यो परिस्थिति सबैले बारम्बार भोगिएको हुनाले गर्दा हामीमा यो आदत नै भैसकेको छ । अब यस्तो बानीले गर्दा हात खालि भएको समयमा पनि एक हातले नमस्कार गर्ने प्रचलन बढेको मेरो अनुमान छ । वास्तवमा आफूभन्दा सानोलाई नमस्कार फर्काउदा, हतार भएको बेला, आफूभन्दा कम महत्व दिएका व्यक्तिलाई नमस्कार फर्काउदा, आफूले नचिनेको व्यक्तिलाई नमस्कार फर्काउदा पनि एक हातले नमास्ते भन्ने गरेको देखिन्छ । आफूलाई ठूलो देखाउन, आफू चै सम्मान्नि हँु भन्न, आफ्नो सान बढाउन पनि मानिसले अरुको नमस्कारलाई सम्मान गर्न हाम्रो समाजले बिर्सँदै गएको अवस्था छ । यसले एक हाते नमस्कारलाई मलजल गरेको अवस्था छ ।
सम्मान खाने भोक
हाम्रो समाज अहिले नास्कारको भोको छ । तपाई जुनसुकै अड्डामा जानुस् अनि गेटमा बस्नेदेखि दर्ता चलानी फाँट, अन्य कोठा र हाकिमसम्मको टेबलमा पुग्दा सबैलाई नमस्कार गदै जानुस् अनि तपाईँलाई थाहा हुन्छ कहाँ कस्लाई नमस्कारको भोक बढी लागेको छ । यो यस्तो साधन हो तपाईँले कसैलाई चिनजान गर्न र ऊबाट काम लिन र सहयोग लिन सहज माध्यम बन्न सक्छ । मानिस सधंै आफ्नो तारिफ सुन्न र आफूलाई अरुले सम्मान गरोस् भन्ने चाहना राखी रहेको हुन्छ । यो मानवीय गुण पनि हो । यो सबै मानिसमा हुन्छ । दुई हातले गरेको नमस्कार सानो पदको मानिसले पर्याे भने भने उसले निकै महत्वको साथ तपाईँलाई पनि दुवै हातले नमस्कार गरी फर्काउछ, यदि अलिक ठूला भनाउदाहरुलाई गर्नु भयो भने उसले आफूलाई ठूलो हुँ भन्ने ठानी एक हातले मात्र जवाफ दिन्छ । अनि समाजमा भएको यो एक हाते नमस्कारको जन्म हुन्छ ।
टाउकोभन्दा जिब्रो भारी
एकहातले गरेको नमस्कारको भ्यल्लु हुँदैन भन्ने मेरो आशय हैन । एक हातले गर्ने आर्मि पुलिसको सलामको धेरै महत्वको हुन्छ । किनकि त्यहाँ अनुशासित भएर एक हातले गरिन्छ र फर्काउदा पनि एक हातले नै फर्काइन्छ । तर बदलिँदो संस्कारले होला अब दुई हाते नमस्कार पनि एक हाते सलामी जस्तो भइसकेको छ हाम्रो समाजमा । मानवीय गुणले गर्दा होला, हामी एक तोलाको जिब्रो चलाउनुभन्दा तीन धार्नीको टाउको हल्लाउन बानी भएकाहरुमा एक हाते नमस्ते सबैमा सर्वसम्वत पारित भएको छ ।
सधैं नमस्कारको सम्मान गरौं । नमस्कार शब्दलाई वास्तविक रुपमा प्रयोग गरौं न कि यसलाई चापलुसी गर्न, ठूला पदकालाई ठूलो बनाई दिन मात्र प्रयोग नगरौं । नमस्कार यस्तो सम्मान हो हाम्रो समाजले पुजनीय भगवान र पुज्न योग्यलाई मात्र गरिने मान हो । नमस्कारको सम्मान गर्न सक्नु नै मानिसले आफूलाई पुजनीय बनाउनु हो । यदि हामीले समाजमा सम्मान पाएर पनि त्यसलाई सम्मानजनक हिसाबले त्यसलाई स्विकार्न सकिएन भने सम्माननीय हुन निकै गाह्रो हुन्छ । सम्मानलाई सम्मान गरौं, फलेको हागो सधंै झुकेको नै हुन्छ । सबैमा मेरो अनुरोध शुभम् ।    rajubrt@gmail.com 9842085979

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ । २०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ । यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमू...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329