Tuesday, June 25, 2019

विराटनगरको घण्टाघर


विराटनगरको घण्टाघर

 बिग्रिएको घडीले पनि कमसे कम एक दिनमा दिउसो र राती गरि दुई पटक भए  पनि सहि समय बताउछ । बिग्रिएको वा स्थिर रहेको घडीले वास्तुशास्त्र अनुसार समय खराब बनाउछ र समय खराब भएको संकेत गर्दछ । विराटनगरको बीच भागमा पर्ने राम जानकी मन्दिर पूर्व, देवकोटा चौक पश्चिम, न्यूरो हस्पिटल देखि उत्तर र हस्पिटल चौक देखि दक्षिणमा रहेका घोगापुल चौकलाई सिद्धार्थ चौक पनि भनिन्छ । त्यस चौकमा सिद्धार्थ गौतम बुद्धको मुर्ति र तीन वटा घडी भएको घण्टाघर छ तर त्यो विराटनगरवासी सबैलाई थाहा नभएको पनि हुन सक्छ । हजारौं व्यक्तिहरु त्यही बाटो भएर हिडे पनि त्यो घण्टाघरलाई वास्ता नगरेको पनि हुन सक्छ । घडी भएको स्तम्भको माथी पट्टि भगवान बुद्धको मुर्ति भएकोले होला तलका तीन वटै घडी सधै भरि बुद्ध झै शान्त र ध्यान गरिरहेको जस्तो लाग्छ । बिचरा ती घडीहरु कुनै ज्ञान प्राप्त गर्न या देशमा शान्ति छाओस् भनेर ध्यान गरेको नभई बेट्रि सकिएर वा घडी बिग्रिएर त्यस्तो भएको हुन सक्छ । शान्त अवस्थामा रहेका ती घडीहरु चलायमान हुने अनि धरान र काठमाण्डौंको जस्तो घण्टै पिछे आवाज पनि आउने हो भने ध्वनी प्रदुषण हुन्छ भनेर त्यसलाई सरोकारवाला निकायले शान्त अवस्थामा नै राखेको हुन सक्छ । घडी समयको प्रतिक र समय बताउने साधन हो । हुन त मानिसहरुले समय थाहा पाउन भालेका डाक र सूर्यको स्थानको अवस्थाले पनि समयको अनुमान लगाउने गर्दछन् । विकास र परिवर्तन सँगै समयको जानकारी लिने साधन घडीलाई विभिन्न माध्यमबाट उपयोग गरिन्छ अचेल । केहि समय पहिले हातमा घडी लगाउने मानिसको सान र मान नै अलग हुने कुरा सुन्ने गरिन्छ । अहिले मनिसहरुको हात हात हुने मोबाईलमा नै घडी छ, कम्प्युटर, ल्यापटप, टिभि र लाइटमा समेत घडी हुने गर्दछ । हाम्रो समाजमा बिहेको स्वयम्वरमा नै दुलाहा दुलहीले एक अर्कालाई घडी लगाई दिने चलन छ । त्यस्तो चलन किन राखियो त्यसको यकिन जानकारी नभए पनि बिहे पश्चात दुवै जना समय अनुसार चल्ने उद्देश्यको लागि घडी लगाई दिएको हुन सक्छ ।
    विश्वका सबै देशमा घडीको प्रयोग हुने गरेको पाईएको छ । सबै देशको घडीले देखाउने समय २/४ मिनेट भए पनि घटि बढि हुन सक्छ । वास्तवमा सबै देशको समय फरक हुनु या कम बढि हुनु भनेको समय नै स्थिर रहि रहनु चै हैन । एक दिन हामी केहि साथीहरु मिलेर घोगापुल चौकको घडी हेर्न गएका थियौं । स्थानीहरुसँग त्यहाको घण्टाघरको विषयमा कुरा पनि गरियो । मेरो मनमा उठिरहेको एउटा प्रश्न स्थानीयसँग गरी हाले । यो घडी बिग्रिएको वर्षै भयो भन्नु भयो यसलाई बनाउने काम कस्को हो ? उनले हामी सँग भने खासमा बिग्रिएको घडी बनाउने काम त घडी मिस्त्रीको हो नी अरु निकायलाई आउने भए त बनाई हाल्थे नी । हैन र ? वहाँले हामीलाई प्रश्नको प्रति प्रश्न गर्नु भयो । वहाँको उत्तर त शतप्रतिशत सहि थियो तर के विराटनगर जस्तो नेपालको दोश्रो ठूलो शहरमा घडी मेकानिक छैन र ? यदी तपाईको घरमा भएको घडीको बेट्री सकियो भने वा बिग्रियो भने मेकानिक आफै आएर त बनाउदैन । तपाई आफै जानु पर्ने हुन्छ । त्यो काम तपाईको परिवारको हो । अब घोगापुल चौकको घडीमा विराटनगरको मुलीले त्यसलाई मिस्त्री सम्म लानु पर्यो । यो नगरको मुली विराटनगर उपमहानगरपालिकाले किन मेकानिलाई बनाउन दिन सकेन होला । घण्टाघरको अवस्था यस्तो हुनुको कारण मेरो अनुमान र यसको बारेमा बजारमा आएका केहि कुराहरु तल उल्लेखित जस्तो हुन सक्छ ।
कारणहरु :
१. हामी हाम्रो सामान बिग्रियो भने किन तुरुन्तै बनाउछौ भने त्यो हाम्रो लागि आवश्यक हुन्छ, जस्तै    
   नगरपालिकाको हाकिम चड्ने गाडी बिग्रियो भने तुरुन्तै बनि हाल्छ किन त भने गाडी बिग्रियो भने  
   काममा जान खाचै हुन्छ, तर त्यो घडि बिग्रिए पनि कसैलाई खाचो भएको छैन् ।
२. आफ्ना सामानको रेखदेख गर्ने काम मुलिको हो, उमेर ढल्कदै गए पछि बिग्रिएको नासिएको थाहा  
  पाएर पनि त्यसलाई समाल्ने आट आउदैन, विराटनगरपालिकाको उमेर १०० वर्ष पुग्यो बिचरा  
  बुढेसकालमा  आट नआएको पनि हुन सक्छ ।
३. बाबुले किनि दिएको भैसिं भन्दा आफ्नो दाम्लो प्यारो भन्छन्, वास्तवमा त्यो घडी विराटनगर
   वासीको लागि न त भैसिं भयो न त दाम्लो नै भयो ।
४.  माल पाएर चाल नपाए जस्तो भयो ।
५. सार्वजनिक सम्पत्तीलाई हामीले हाम्रो आफ्नो भन्दा पनि यो चै सरकारी हो भन्ने भावनाले पनि
   यस्तो भएको हो ।
साचै भन्ने हो भने त्यो बाटो भएर हजारौ मनिसहरु ओहोरदोर गर्ने गर्दछ । त्यस स्थानमा धेरै व्यापार व्यवसाय गर्ने पनि धेरै छन् । त्यो बिग्रिएको घडिले सबैको समय खराब भएको संकेत दिई रहेको छ । बिग्रिएको घण्टाघरको नजिकै रहेको जिविसमा जिल्ला नै व्यवस्थित र सुन्दर बनाउने करोडौंको योजनाहरु पास हुन्छन् । नजिकै रहेको न.पा.ले पनि विकास निर्माणका क्रियाकलामा करोडौं रकम खर्च हिसाबको जोड घटाउ गर्ने गर्दछन् । त्यस्ता बजेट हिसाब तपाइ हाम्रै रगत पसिनाको कमाई ती हिसाबहरु कागजि रुपमा मात्र सिमित भएको अवस्था छ । शतवार्षिकि मनाउन लागेका हामी नगरवासीहरुलाई र पब्लिक सर्भेन्ट अथात् जनताका नोकरहरु भएको नगरपालिकालाई यो घडी एउटा उदाहरण मात्र हो । यदि नगरिपालिकाले नगरवासिलाई खुशि पार्ने हो भने काम गर्ने अवसर नै अवसर छन् । शतवार्षिकि कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव आउने कुरा मैले सुने थिए यदी वहालाई ल्याईयो भने घोगापुल चौकको घण्टाघर देखाउदै ल्याइयोस् । अनि वहाँलाई भनियोस् विराटनगरको समय खराब छ, विराटनगरको विकासको गति यो घडि झै अविरल दौडि रहेको छ । यो घण्टाघर विश्वको एक मात्र घण्टाघर हो जस्मा रहेको तीन वटा घडिले बन्द भएर पनि २ पटक सहि समय बताउछ । राष्ट्रपतिज्युको पहलबाट यसलाई सक्नु हुन्छ भने गिनिज बुकमा लेखाउन पहल गरिदिनुस् । त्यो गर्ने सकिएन भने यसलाई  विराटनगरको अचम्मको घण्टाघर संग्रहालय बनाई दिनुस् । 

लेखक
राजु श्रेष्ठ
सूचनाको हक वकालातकर्ता
 विराटनगर–७
९८४२०८५९७९
rajubrt@gmail.com

Monday, June 24, 2019

Awareness programs on Right to Information

On 21st June, 2019 American Corner Biratnagar and CIM Women Entrepreneur committee jointly organized awareness programs on Right to Information which especially focused on Women’s rights and services provided by the government for women’s .The objective of the program was to aware Citizens about the basic concept of Right to Information and uses of RTI in different sectors like health, women rights, social security, education etc. where RTI can be used to receive information


from Public agencies.
The program was very informative for our participants where they get an opportunity to grab the information about Right to know Campaign, basic concepts of RTI, Its importance and subjective use of RTI in different sector to get information. RTI Activist Mr. Raju Shrestha gave a presentation along with the videos of success stories that have been seen by use of RTI in Nepal.

Tuesday, June 18, 2019

सूचनाको हक विद्यार्थीलाई ब्रह्मास्त्र

https://www.kantipurdaily.com/opinion/2019/06/18/156082371427947812.html

सूचनाको हक विद्यार्थीलाई ब्रह्मास्त्र

राजु श्रेष्ठ





ललितपुरस्थित नवप्रभात उच्च माविकी छात्रा रोजी लामा बमजनले २०६८ को एसएलसी परीक्षाफलमा अनिवार्य गणित बाहेक सबै विषयमा विशिष्ट नम्बर ल्याइन् । अनिवार्य गणितमा चाहिँ ४७ मात्रै पाइन् । गणितमा पनि तगडा उनलाई प्राप्तांकमा चित्त बुझेन । प्रधानाध्यापकको सहयोगमा उनले पुनर्योगका लागि निवेदन दिइन् । प्राप्तांक पूर्ववतै रहेको बताइयो । त्यसको पन्ध्र दिनपछि उनी जिल्ला शिक्षा कार्यालय पुगिन् ।
त्यहाँ उनले एक हजार शुल्क बुझाई सूचनाको हक बमोजिम उत्तरपुस्तिकाको प्रमाणित प्र्रतिलिपि पाऊँ भनी निवेदन हालिन् । बीस दिनपछि परीक्षा नियन्त्रण कार्यालयले उनको वास्तविक प्राप्तांक ९८ भएको भन्दै बधाई दियो । उनले त्यहाँबाट नयाँ मार्कसिट र उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि पनि पाइन् ।

अर्को घटना झनै घतलाग्दो छ । २०६८ मै एसएलसी दिएका हेटौंडास्थित नेपाल जागृति स्कुलका छात्र संगम विश्वकर्मा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनेमा ढुक्क थिए । नतिजा आयो प्रथम श्रेणीको । चिन्ताले उनी छटपटिए । शिक्षकहरूको सुझाव बमोजिम पुनर्योगका लागि निवेदन दिए । नतिजा सुध्रिएन । उनले पनि सूचनाको अधिकारको प्रयोग गर्दै उत्तरपुस्तिका हेर्न मागे । थाहा भयो— अनिवार्य गणितमा ९७ प्राप्तांक पाएका उनको मार्कसिटमा चाहिँ ३२ मात्रै उल्लेख थियो ।

यसरी २०६८ को एसएलसीमा उत्तरपुस्तिका हेर्ने दस विद्यार्थीमध्ये चार जनाको अंक नै परिवर्तन भएको थियो । यस अर्थमा सूचनाको हक विद्यार्थीका लागि ब्रह्मास्त्र नै सावित भयो ।

संविधानको धारा २७ मा रहेको सूचनाको हक र सूचना हक सम्बन्धी ऐन, २०६४ अनुसार सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सम्बन्धी फैसलामा विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने अधिकार स्थापित गरेको थियो । विद्यार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउँदा परीक्षा प्रणालीप्रति विश्वास बढ्ने मात्रै नभएर सरोकारवाला निकायको कार्यक्षमता वृद्धिका लागि दबाब पनि पर्ने गर्छ ।

सूचनाको हकको प्रयोगबाट प्रशासनिक रूपमा परीक्षाफलमा भएका त्रुटि सच्याई विद्यार्थीहरूको भविष्य अन्योलग्रस्त हुनबाट जोगाउन सकिन्छ । अझै पनि धेरैलाई उत्तरपुस्तिका हेर्न पाउने अधिकारको विषयमा थाहा छैन । त्यसैले विद्यार्थीको अधिकार संकुचित नगर्नेगरी सरलीकृत व्यवस्था लागू गर्नु आवश्यक छ । त्यस सम्बन्धी विद्यमान निर्देशिका राष्ट्रिय सूचना आयोगको निर्देशन अनुरूप पुनरावलोकन गर्नुपर्ने देखिन्छ । सरोकारवाला निकायले पनि उत्तरपुस्तिका देखाउने दायित्वलाई बोझ नमानी आफूलाई पारदर्शी र जवाफदेही बनाउने महत्त्वपूर्ण औजारका रूपमा लिर्नुपर्छ ।

कुनै पनि परीक्षामा सम्मिलित विद्यार्थीले उत्तरपुस्तिकाको परीक्षणपश्चात् त्यसको प्रमाणित प्रतिलिपि माग्नु र पाउनु मौलिक अधिकारभित्र पर्छ । कुनै पनि विद्यार्थीको कक्षागत स्तरवृद्धिको परीक्षा होस् वा जागिरका लागि दिएको परीक्षा, परीक्षाफल चित्त नबुझे उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपिलिन सक्छन् ।

उत्तरपुस्तिकामा परीक्षकको कुनै व्यक्तिगत स्वार्थ हुँदैन र रहनु पनि हुँदैन । सरकारले हरेक आम्दानीमा लाभकर लिए पनि उत्तरपुस्तिका परीक्षण गरे बापतको पारिश्रमिकमा कर छुटको व्यवस्था गरेको छ । जुन परीक्षकप्रति सम्मान हो । यति हुँदाहुँदै उत्तरपुस्तिकाको परीक्षणमा अक्षम्य गल्ती भएका घटना सार्वजनिक हुने गर्छन् ।

यस्तै लापरबाहीको सिकार बनेका शंकरदेव क्याम्पसका विद्यार्थी विजय अर्याल सूचनाको हक अधिकारको पहिलोपटक प्रयोग गरी अन्यायमा परेका सबैका लागि उदाहरणीय बने । २०६४ मा बीबीएस प्रथम वर्षको परीक्षामा बिजनेस स्ट्याटिक्स र अंग्रेजीमा उनको १–१ प्राप्तांकमात्रै आयो । उनले सूचनाको हक बमोजिम उत्तरपुस्तिकाको प्रतिलिपि माग गर्दै २०६६ मा निवेदन दिए ।

सुरुमा त्रिविले परीक्षाको गोपनीयता र आफ्नै नियम निर्देशिकाले दिन नमिल्ने भन्दै आनाकानी गर्‍यो । त्यसपछि राष्ट्रिय सूचना आयोगले निवेदकलाई माग गरे बमोजिमको उत्तरपुस्तिका उपलब्ध गराउन २०६६ मा आदेश दियो । त्रिविले आदेश पालना गर्नुको सट्टा आयोग र निवेदक विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यो ।

न्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवको संयुक्त इजलासले २०६८ जेठ ४ मा अर्यालका पक्षमा फैसला गर्‍यो । त्यसपछिका दिनमा त्यही फैसलाको नजिर बमोजिम एसएलसीका विद्यार्थीहरूले पनि आफ्ना उत्तरपुस्तिका हेरी प्राप्तांकमै परिवर्तन गर्न सफल भएका हुन् ।

उक्त फैसलामा उल्लेख भएका सर्त अनुसार, उत्तरपुस्तिकाको प्रतिलिपि परीक्षार्थीले आफ्नोमात्रै माग गर्न सक्ने, प्रवेशपत्रका आधारमा आवेदक परीक्षार्थीलाई मात्र प्रतिलिपि उपलब्ध गर्ने, प्रतिलिपि दस्तुर कति लिने तथा माग गरेको कति दिनभित्र उत्तरपुस्तिकाको प्रतिलिपि कहाँ उपलब्ध गराउने भन्ने विश्वविद्यालय आफैले निर्धारण गर्न सक्छ ।

उत्तरपुस्तिकामा प्राप्त अंक कानुन बमोजिम पुनर्योग हुनसक्नेमा र उत्तरपुस्तिकामा भुलवश कुनै अंकै नदिइएको रहेछ भने त्यस्तोमा कानुन बमोजिम विश्वविद्यालयबाटै परीक्षण हुनेमा बाहेक अन्यत्र वा अरू कसैबाट पुनः उत्तरपुस्तिका परीक्षण हुनसक्ने छैन । अन्य अवस्थामा उत्तरपुस्तिका परीक्षण अर्थात् जाँच गर्नेको पहिचान गोप्य राखिने सर्त पनि छ ।

यस फैसलापश्चात् नेपालमा पहिलोपटक विद्यार्थीहरूले उत्तरपुस्तिका हेर्न पाउने कुरा स्थापित भयो । यही बमोजिम शिक्षा मन्त्रालयको निर्णय अनुसार २०६८ कात्तिक १६ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ को परिच्छेद १३ (क) मा उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको थियो ।

यस अन्तर्गत एसएलसी परीक्षामा सहभागी विद्यार्थीले स्वयम् उपस्थिति भई माग गरेको विषयको मात्र उत्तरपुस्तिका हेर्न/प्रतिलिपि लिन सक्छन् । पुनर्योगको नतिजा पैंतालीस दिनमा आएपछि त्यसको पन्ध्र दिनभित्र उत्तरपुस्तिका हेर्न माग्न सक्ने व्यवस्था छ । परीक्षार्थीले यसका लागि निवेदन दिन जाँदा सम्बन्धित सबै कागजात र दस्तुरबारे पूर्वजानकारी राख्दा समयको बचत हुन्छ ।

तोकिएको अवधिमा नतिजा नआएमा परीक्षा नियन्त्रण कार्यालयका सम्बन्धित फाँटका पदाधिकारीलाई ताकेता गर्नुपर्छ । किनकि प्रक्रिया र दस्तुर अनुरूपको सेवा पाउनु पनि हाम्रो अधिकार हो । अटेरी गरेमा पुनः अर्को उजुरी हाल्न सकिन्छ ।

लेखक सूचना अधिकारकर्मी हुन् ।प्रकाशित : असार ३, २०७६ ०७:५३कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशन भएको लेख ।
२०७६।३।३

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प