Skip to main content

विराटनगरको घण्टाघर


विराटनगरको घण्टाघर

 बिग्रिएको घडीले पनि कमसे कम एक दिनमा दिउसो र राती गरि दुई पटक भए  पनि सहि समय बताउछ । बिग्रिएको वा स्थिर रहेको घडीले वास्तुशास्त्र अनुसार समय खराब बनाउछ र समय खराब भएको संकेत गर्दछ । विराटनगरको बीच भागमा पर्ने राम जानकी मन्दिर पूर्व, देवकोटा चौक पश्चिम, न्यूरो हस्पिटल देखि उत्तर र हस्पिटल चौक देखि दक्षिणमा रहेका घोगापुल चौकलाई सिद्धार्थ चौक पनि भनिन्छ । त्यस चौकमा सिद्धार्थ गौतम बुद्धको मुर्ति र तीन वटा घडी भएको घण्टाघर छ तर त्यो विराटनगरवासी सबैलाई थाहा नभएको पनि हुन सक्छ । हजारौं व्यक्तिहरु त्यही बाटो भएर हिडे पनि त्यो घण्टाघरलाई वास्ता नगरेको पनि हुन सक्छ । घडी भएको स्तम्भको माथी पट्टि भगवान बुद्धको मुर्ति भएकोले होला तलका तीन वटै घडी सधै भरि बुद्ध झै शान्त र ध्यान गरिरहेको जस्तो लाग्छ । बिचरा ती घडीहरु कुनै ज्ञान प्राप्त गर्न या देशमा शान्ति छाओस् भनेर ध्यान गरेको नभई बेट्रि सकिएर वा घडी बिग्रिएर त्यस्तो भएको हुन सक्छ । शान्त अवस्थामा रहेका ती घडीहरु चलायमान हुने अनि धरान र काठमाण्डौंको जस्तो घण्टै पिछे आवाज पनि आउने हो भने ध्वनी प्रदुषण हुन्छ भनेर त्यसलाई सरोकारवाला निकायले शान्त अवस्थामा नै राखेको हुन सक्छ । घडी समयको प्रतिक र समय बताउने साधन हो । हुन त मानिसहरुले समय थाहा पाउन भालेका डाक र सूर्यको स्थानको अवस्थाले पनि समयको अनुमान लगाउने गर्दछन् । विकास र परिवर्तन सँगै समयको जानकारी लिने साधन घडीलाई विभिन्न माध्यमबाट उपयोग गरिन्छ अचेल । केहि समय पहिले हातमा घडी लगाउने मानिसको सान र मान नै अलग हुने कुरा सुन्ने गरिन्छ । अहिले मनिसहरुको हात हात हुने मोबाईलमा नै घडी छ, कम्प्युटर, ल्यापटप, टिभि र लाइटमा समेत घडी हुने गर्दछ । हाम्रो समाजमा बिहेको स्वयम्वरमा नै दुलाहा दुलहीले एक अर्कालाई घडी लगाई दिने चलन छ । त्यस्तो चलन किन राखियो त्यसको यकिन जानकारी नभए पनि बिहे पश्चात दुवै जना समय अनुसार चल्ने उद्देश्यको लागि घडी लगाई दिएको हुन सक्छ ।
    विश्वका सबै देशमा घडीको प्रयोग हुने गरेको पाईएको छ । सबै देशको घडीले देखाउने समय २/४ मिनेट भए पनि घटि बढि हुन सक्छ । वास्तवमा सबै देशको समय फरक हुनु या कम बढि हुनु भनेको समय नै स्थिर रहि रहनु चै हैन । एक दिन हामी केहि साथीहरु मिलेर घोगापुल चौकको घडी हेर्न गएका थियौं । स्थानीहरुसँग त्यहाको घण्टाघरको विषयमा कुरा पनि गरियो । मेरो मनमा उठिरहेको एउटा प्रश्न स्थानीयसँग गरी हाले । यो घडी बिग्रिएको वर्षै भयो भन्नु भयो यसलाई बनाउने काम कस्को हो ? उनले हामी सँग भने खासमा बिग्रिएको घडी बनाउने काम त घडी मिस्त्रीको हो नी अरु निकायलाई आउने भए त बनाई हाल्थे नी । हैन र ? वहाँले हामीलाई प्रश्नको प्रति प्रश्न गर्नु भयो । वहाँको उत्तर त शतप्रतिशत सहि थियो तर के विराटनगर जस्तो नेपालको दोश्रो ठूलो शहरमा घडी मेकानिक छैन र ? यदी तपाईको घरमा भएको घडीको बेट्री सकियो भने वा बिग्रियो भने मेकानिक आफै आएर त बनाउदैन । तपाई आफै जानु पर्ने हुन्छ । त्यो काम तपाईको परिवारको हो । अब घोगापुल चौकको घडीमा विराटनगरको मुलीले त्यसलाई मिस्त्री सम्म लानु पर्यो । यो नगरको मुली विराटनगर उपमहानगरपालिकाले किन मेकानिलाई बनाउन दिन सकेन होला । घण्टाघरको अवस्था यस्तो हुनुको कारण मेरो अनुमान र यसको बारेमा बजारमा आएका केहि कुराहरु तल उल्लेखित जस्तो हुन सक्छ ।
कारणहरु :
१. हामी हाम्रो सामान बिग्रियो भने किन तुरुन्तै बनाउछौ भने त्यो हाम्रो लागि आवश्यक हुन्छ, जस्तै    
   नगरपालिकाको हाकिम चड्ने गाडी बिग्रियो भने तुरुन्तै बनि हाल्छ किन त भने गाडी बिग्रियो भने  
   काममा जान खाचै हुन्छ, तर त्यो घडि बिग्रिए पनि कसैलाई खाचो भएको छैन् ।
२. आफ्ना सामानको रेखदेख गर्ने काम मुलिको हो, उमेर ढल्कदै गए पछि बिग्रिएको नासिएको थाहा  
  पाएर पनि त्यसलाई समाल्ने आट आउदैन, विराटनगरपालिकाको उमेर १०० वर्ष पुग्यो बिचरा  
  बुढेसकालमा  आट नआएको पनि हुन सक्छ ।
३. बाबुले किनि दिएको भैसिं भन्दा आफ्नो दाम्लो प्यारो भन्छन्, वास्तवमा त्यो घडी विराटनगर
   वासीको लागि न त भैसिं भयो न त दाम्लो नै भयो ।
४.  माल पाएर चाल नपाए जस्तो भयो ।
५. सार्वजनिक सम्पत्तीलाई हामीले हाम्रो आफ्नो भन्दा पनि यो चै सरकारी हो भन्ने भावनाले पनि
   यस्तो भएको हो ।
साचै भन्ने हो भने त्यो बाटो भएर हजारौ मनिसहरु ओहोरदोर गर्ने गर्दछ । त्यस स्थानमा धेरै व्यापार व्यवसाय गर्ने पनि धेरै छन् । त्यो बिग्रिएको घडिले सबैको समय खराब भएको संकेत दिई रहेको छ । बिग्रिएको घण्टाघरको नजिकै रहेको जिविसमा जिल्ला नै व्यवस्थित र सुन्दर बनाउने करोडौंको योजनाहरु पास हुन्छन् । नजिकै रहेको न.पा.ले पनि विकास निर्माणका क्रियाकलामा करोडौं रकम खर्च हिसाबको जोड घटाउ गर्ने गर्दछन् । त्यस्ता बजेट हिसाब तपाइ हाम्रै रगत पसिनाको कमाई ती हिसाबहरु कागजि रुपमा मात्र सिमित भएको अवस्था छ । शतवार्षिकि मनाउन लागेका हामी नगरवासीहरुलाई र पब्लिक सर्भेन्ट अथात् जनताका नोकरहरु भएको नगरपालिकालाई यो घडी एउटा उदाहरण मात्र हो । यदि नगरिपालिकाले नगरवासिलाई खुशि पार्ने हो भने काम गर्ने अवसर नै अवसर छन् । शतवार्षिकि कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव आउने कुरा मैले सुने थिए यदी वहालाई ल्याईयो भने घोगापुल चौकको घण्टाघर देखाउदै ल्याइयोस् । अनि वहाँलाई भनियोस् विराटनगरको समय खराब छ, विराटनगरको विकासको गति यो घडि झै अविरल दौडि रहेको छ । यो घण्टाघर विश्वको एक मात्र घण्टाघर हो जस्मा रहेको तीन वटा घडिले बन्द भएर पनि २ पटक सहि समय बताउछ । राष्ट्रपतिज्युको पहलबाट यसलाई सक्नु हुन्छ भने गिनिज बुकमा लेखाउन पहल गरिदिनुस् । त्यो गर्ने सकिएन भने यसलाई  विराटनगरको अचम्मको घण्टाघर संग्रहालय बनाई दिनुस् । 

लेखक
राजु श्रेष्ठ
सूचनाको हक वकालातकर्ता
 विराटनगर–७
९८४२०८५९७९
rajubrt@gmail.com

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...