Skip to main content

वित्तीय विवरणमा के–के हेर्ने?

 

वित्तीय विवरणमा के–के हेर्ने?

प्रस्तुतिः सबिना बजगाई  

 

शेयर बजारमा लगानी गर्नुअघि तपाईले लगानी गर्न लाग्नु भएको कम्पनी कस्तो छ भन्ने कुरा थाहा पाउन अति अवाश्यक छ। बिना जानकारी अरुको लहलहैमा लागेर लगानी गर्नाले लगानी डुब्ने सम्भावना बढी हुन्छ। कम्पनीको बारेमा धेरै कुरा थाहा पाउन नसकेपनि यसको वित्तीय अवस्थाको बारेमा हरेक लगानीकर्ता जानकार हुनु पर्दछ। 

कम्पनीले हरेक त्रैमास अर्थात प्रत्येक तीन तीन महिनामा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्छन्। तीनै विवरणहरुलाई हेरेर त्यसैको आधारमा लगानीका रणनीति बनाउनु तथा निर्णय लिनु उत्तम हुन्छ। तर, सबै लगानीकर्ताहरुले सो वित्तीय विवरण हेर्न जान्दछन् भन्ने हुँदैन।

शेयर बजारमा विभिन्न प्रकृतिका कम्पनीहरु छन्, जस्तैः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी आदि। फरक प्रकृतिका कम्पनीहरुले फरक फरक वित्तीय विवरण प्रकाशित गर्दछन्। उदाहरणका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुले एकै प्रकारका वित्तीय विवरण प्रकाशित गर्दछन्। तर, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी, जलविद्युत कम्पनी लगायतले प्रकाशित गर्ने विवरण फरक फरक हुन्छन्।

कम्पनीअनुसार वित्तीय विवरण फरक फरक भएपनि केही शिर्षकहरु यस्ता हुन्छन् जुन हरेक वित्तीय विवरणमा अनिवार्य दिइएको हुन्छ।हरेक कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा चुक्ता पूँजी, जगेडा कोष, खुदनाफा, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात दिएका हुन्छन्। यी सबै सूचकहरुले कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी दिन्छन्।

विवरणमा पछिल्लो त्रैमासको मात्रै विवरण दिईएको हुँदैन। सोसँग तुलना गर्न गत आवको सोही त्रैमासको विवरण पनि दिइएको हुन्छ। जसले गर्दा लगानीकर्ताहरुलाई पहिलेको अवस्था र अहिलेको अवस्था तुलना गर्न सजिलो हुन्छ।

चुक्ता पूँजी र जगेडा कोषले कम्पनी कति मजबुत छ? भन्ने कुरा बताउँछ भने खुद नाफाले व्यवस्थापक पक्षले कसरी कम्पनी चलाईरहेको छ भन्ने प्रष्ट पार्छ। व्यवस्थापन पक्ष राम्रो छ भने कम्पनीको नाफा बढ्दै जान्छ। तर, व्यवस्थापकहरुले राम्रो निर्णय लिन सकेनन् अथवा गलत निर्णय लिएको खण्डमा कम्पनी नोक्सानीमा जाने सम्भावना हुन्छ। कोही पनि लगानीकर्ताले प्रगति नगरेको या घाटामा गएको कम्पनीमा लगानी गर्न चाँहदैनन्।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात आफुले लगानी गरेको कम्पनीले कति प्रतिफल दिन्छ? भनेर हेर्ने आधार हो। प्रतिशेयर आम्दानी जति बढी भयो त्यति राम्रो मानिन्छ भने 

 

 मूल्य आम्दानी अनुपात कम भएका कम्पनीहरुमा लगानी गर्नु उपयुक्त मानिन्छ। यद्यपि, वित्तीय विवरणकै आधारमा मात्रै सम्पूर्ण लगानीका निर्णय गर्न नहुने जानकारहरु बताउँछन्।

अहिले मुलकभर लकडाउनको समय छ । यद्यपी कतिपय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छन्। यस्तो समयमा कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरी बजार खुलेपछि कसरी लगानी गर्ने, कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयहरुमा अध्ययन गर्नाले आगामी दिनमा सफल लगानीकर्ता बन्न सकिनेछ।

कम्पनीहरुले बित्तीय विवरणलाई राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित गर्नुका साथै आफ्नो वेवसाईटमा पनि राखेका हुन्छन् । यसैगरी तपाईले मेरोलगानी वेवसाईटमा पनि हरेक कम्पनीको वित्तीय विवरण सजिलै हेर्न सक्नुहुनेछ भने डाटा एनलाईटिक्सको माध्यमले सहज रुपमा बुझ्न सक्नुहुनेछ ।

यद्यपी वित्तीय विवरणबाट मात्रै कम्पनीको सबै अबस्था र संस्थागत सुशासन राम्रो हो भन्न सकिदैैन, त्यसका लागि अघिल्ला बर्षहरुमा कम्पनीले कस्तो लाभांश दिएको छ, संचालकहरु कस्ता छन्, समयमा नै साधारणसभा गरेको छ कि छैन र अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा उसको अबस्था कस्तो छ, कति जोखिमपूूर्ण काम गरेको छ भन्ने कुराहरु पनि थाहा पाउन थप अध्ययन आवश्यक हुन्छ । 

प्रस्तुतिः सबिना बजगाई  


https://merolagani.com/NewsDetail.aspx?newsID=65760

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329