Skip to main content

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

 

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो ।

भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् ।

आयुर्वेद कार्यालयको आव २०७४÷७५ र २०७५÷७६ का आय–व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउने उद्देश्यले उनीहरु कार्यालयमा पुगेका थिए । भिश्वा युवा क्लबले आयुर्वेद कार्यालयमा कर्मचारीहरु नबस्ने, कार्यालयका सामान व्यक्तिको घरमा प्रयोग हुने, कार्यालयमा पारदर्शिता नभएको गुनासो गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।

सूचनाको हक अन्तर्गत निवेदनसहित कार्यालयमा पुगेका बेला ‘अध्ययनपछि दर्ता गर्छु’ भन्दै समय बिताएका कार्यालय प्रमुखले निवेदन दर्ता नगरी प्रहरी बोलाएर पक्राउ गराएको भिश्वा युवा क्बलका अध्यक्ष कुशवाहाले बताए । ‘सूचना माग्दै निवेदन दर्ता गराउन गएका थियौं, टिकट टाँस्नुपर्छ भनेपछि टिकट पनि टाँस्यौं, दर्ता गर्लान् भनेर कुरेर बसेका थियौं,’ कुशवाहाले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए ।’

सूचनाको हकका अभियन्ता मनोज रौनियारले सूचना अधिकारीले निवेदन लिएर अध्ययन गर्छु, कार्यालय प्रमुखसँग सल्लाह गर्छु भनेर दर्ता नगरेको बताए । ‘मेरो समेत ९ वटा निवेदन लिएर दर्ता गराउन केन्द्रमा गएका थियौं, अध्ययन गरेर कार्यालय प्रमुखसँग राय लिएर दर्ता गराउँछु भनेका थिए,’ उनले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए, दुई जनालाई हिरासतमै राख्यो, हामीलाई परिसर भित्रै बस्नुपर्छ भनेर मूल गेट बन्द गरिदियो ।’

सूचना प्राप्त गर्ने मौलिक हक भएकाले सूचना लिन जाँदा प्रहरीले थुन्नु मानव अधिकारविरुद्धको कार्य भएको युवा अभियन्ता ओम प्रकाश सर्राफले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजितत कुँवरले भने आयुर्वेद स्वास्थ्य केन्द्रमा सूचना माग्ने बहानामा केही मानिसहरुले होहल्ला गरेको सूचना आएपछि प्रहरी पठाएको बताए । ‘कार्यालयमा होहल्ला गरेको सूचना आएपछि केहीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘दुवै पक्षलाई बोलाएर कुरा बुझेपछि उनीहरुलाई हिजै छोडिसकेका छौं ।’

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रमेश मिश्रले भने पुरानै लफडाका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।

उनका अनुसार भिश्वा युवा क्लबमा आवद्ध युवाहरुले कात्तिक ४ गते केन्द्रमा सेवा लिन आएका सेवाग्राहीलाई दुर्व्यवहार गर्दै प्रमुख मिश्रलाई समेत हातपात गर्न खोजेका थिए ।

 

स्रोत : अनलाइनखबर 

http://rti.freedomforum.org.np/node/376

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ । २०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ । यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमू...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329