Skip to main content

कोशी कोभिड अस्पतालको ठेक्कामा तीन करोडको चलखेल ! सबैभन्दा बढी मूल्य कबोल गर्ने हस्पिटेकसँग सम्झौता

 

कोशी कोभिड अस्पतालको ठेक्कामा तीन करोडको चलखेल ! 

सबैभन्दा बढी मूल्य कबोल गर्ने हस्पिटेकसँग सम्झौता


२३ मंसिर २०७७

विराटनगर । कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट सप्लायर्सलाई पार्न तीन करोड रुपैयाँ बढी कबोल गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।

देशभर ३५०० एचडीयू सञ्चालन गर्न भन्दै संघीय सरकारले अस्पतालहरु तोकेको थियो । जसमध्ये विराटनगरको कोशीमा एचडीयू सञ्चालनका लागि संघीय सरकारले ९ करोड बजेट विनियोजन भएको छ । बजेट आएलगतै प्रदेश १, सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मेडिकल उपकरण खरिदका लागि कात्तिक २८ गते सूचना निकालेको थियो । इलेक्ट्रोनिक बिडिङमार्फत तीन सप्लायर्स छनोट भएका छन् ।

तर स्वास्थ्य निर्देशनालयले सबैभन्दा धेरै कबोल गर्ने सप्लायर्स ‘हस्पिटेक इन्टरप्राइजेज’सँग रातारात सम्झौता गरेको पाइएको छ । हस्पिटेक इन्टरप्राइजेज नेकपा निकट मेडिकल सप्लायर्स विशाल पण्डित समूहको कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक नेतृत्वसँग पहुँचका भएको यो समूहले कोभिड कालका स्वास्थ्य सामग्री आपूर्तिमा ठेक्का हात पार्दै आएको छ ।

कोशी अस्पतालमा दुईवटा कम मूल्य प्रस्ताव गर्ने कम्पनी छाडेर ३ करोड रुपैयाँ बढी कबोल गरेको हस्पिटेकलाई ठेक्का दिइएको छ । अनलाइनखबरलाई प्राप्त कागजपत्र अनुसार टेण्डर प्रतिस्पर्धामा सहभागी निक्की फर्मा डिस्टिब्युटरले ५ करोड १ लाख ८७ हजार ७६३ र जिआईएच हेल्थ केयर प्रालीले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ कबोल गरेको थियो ।


तर त्यही कामका लागि ८ करोड २९ लाख १९ हजार ४०० रुपैयाँ कबोल गरेको हस्पिटेक इन्ट
रप्राइजेज, तीनकुने काठमाडौंलाई छनोट गरेर सम्झौता गरेको पाइएको छ । ‘हामीले त सम्झौता गर्‍यौं, अब सामान आउँछ’ स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले भने, ‘प्राविधिक समितिको सिफारिस अनुसार सप्लायर्स छनोट भएको छ ।’

सार्वजनिक खरिद ऐनअनुसार पनि न्यूनतम मुल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउनुपर्ने हो । कुनै कारणले त्यो कम्पनीको प्रस्ताव अस्वीकृत भयो भने दोस्रो कम मूल्य कबोल गर्ने कम्पनीमा जानुपर्छ । तर स्वास्थ्य निर्देशनालयले ३ करोड २८ लाख रुपैयाँ बढीको बोलपत्र पेश गरेको हस्पिटेकसँग सम्झौता गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय का अधिकारीहरु पनि ‘टेन्डर प्रक्रिया र छनोटमा हतार हतार गरेर चलखेल गरिएको बताउँछन् । ‘स्वास्थ्य सामाग्री खरिदमा सिधै तीन करोड रुपैयाँ चलखेल भएको प्रष्ट देखिन्छ’ एक अधिकारीले भने । क्षेत्रीय निर्देशक मेहता भने प्राविधिक समितिमार्फत आएको रिपोर्टका आधारमा बढी शुल्क पेस गर्नेलाई जिम्मा दिएको तर्क गर्र्छन् । सामाग्रीको स्पेसिफिकेसनका आधारमा महंगो मूल्य पेश गर्ने छनोटमा परेको उनको दाबी छ ।

http://anticorruptionpost.com/?p=30125#

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ । २०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ । यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमू...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329