Skip to main content

सूचना मागपछि खुलेको तथ्य : भारत घुमेर प्रदेश सांसदले बुझे झण्डै एक-एक लाख भत्ता

 

सूचना मागपछि खुलेको तथ्य : भारत घुमेर प्रदेश सांसदले बुझे झण्डै एक-एक लाख भत्ता

 

लुम्बिनी प्रदेशका सांसदहरू भारत भ्रमणमा जाँदा अत्यधिक भ्रमण भत्ता बुझेको पाइएको छ ।

गत वर्ष मंसिरमा साबिक प्रदेश ५ (हाल लुम्बिनी) प्रदेशको स्थायी राजधानी र नामकरण सिफारिश प्रयोजनका लागि गठित विशेष समिति भारत भ्रमणमा गएको थियो । 

प्रदेश सभा सदस्य र कर्मचारी गरी १४ सदस्यीय टोलीले भ्रमणबाट झण्डै एक/एक लाख रुपैयाँसम्म भ्रमण भत्ता बुझेको भेटिएको हो । 

नाम र राजधानीको अध्ययन गर्ने नाममा बनाइएको समितिले जिल्लागत रूपमा सुझाव संकलन, विदेश भ्रमण, विज्ञको अध्ययन टोलीसँग छलफलका नाम आधा करोड (५० लाख रुपैयाँ भन्दा बढी) खर्च गरेर ‘फेज आउट’ भयो ।  
भ्रमणमा गएका सांसदहरूले दैनिक १३ हजार ५२२ रुपैयाँका दरले एक सातामा जनही ९४ हजार ६५४ रुपैयाँ भ्रमण भत्ता बुझेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।


aaaaaaaaa

भ्रमणमा गएका ११ जना सांसदहरूलाई १० लाख ४१ हजार १९८ रुपैयाँ भ्रमण भत्ता भुक्तानी गरिएको छ । भ्रमणमा समितिका संयोजक प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगर, तथा सदस्यहरू सहसराम यादव, निर्मला क्षेत्री, कल्पना पाण्डे, तारा जिसी, तुलसीप्रसाद चौधरी, तेजबहादुर ओली, नारायणप्रसाद आचार्य, बाबुराम गौतम, वीरबहादुर राना र विष्णु प्रसाद पन्थी गएका थिए । 

त्यस्तै भ्रमणमा प्रदेश सभाका सचिव दुर्लभकुमार पुन, प्रदेश सभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठ, सूचना अधिकारी दिनेश अधिकारी र लेखा अधिकृत आलोक अग्रहरि पनि सहभागी थिए । कर्मचारीले पनि उनीहरूकै हाराहारीमा भत्ता बुझेका छन् । समितिको टोली २०७६ मंसिर २१ देखि २७ गतेसम्म भ्रमणमा गएको थियो । 

प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐनमा उल्लेख भएअनुसार नै भ्रमण भत्ता लिएको बताए ।

‘सांसद विदेश भ्रमणका जाँदा दैनिक १३५ अमेरिकी डलर पाउने कानूनमै व्यवस्था गरिएको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘त्यही व्यवस्था अनुसार सांसद र भ्रमणमै गएका कर्मचारीहरूलाई पनि भत्ता दिइएको छ । कानूनबाहिर गइएको छैन ।’ 

त्यस्तै भारत भ्रमण जाँदा हवाईजहाज प्रयोग गर्दा सांसदले १ लाख ७९ हजार ६१६ र गाडी भाडाबापत १ लाख ७१ हजार २०६ रुपैयाँ खर्चिएका छन् ।

भारत भ्रमणमा १७ लाख ५७ हजार ११६ खर्च भएको सचिवालयको बताएको छ । 

सांसदहरू  बुटवलबाट गाडी रिजर्भ गरी भारतको गोरखपुरसम्म गएका थिए । 

त्यहाँबाट हवाइजहाज प्रयोग गरी दिल्ली, चण्डीगढ लगायतका शहरहरूमा गएर त्यहाँका प्रदेशका विधायकहरूसँग अनुभव लिएका थिए ।  

आवश्यक नै नभएको समिति गठन गरेर स्थायी राजधानी र नामकरणका लागि प्रदेश सभाले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।

प्रदेश सभा सचिवालयले दिएको तथ्यांकअनुसार प्रदेशकै १२ जिल्लामा सुझाव संकलनका लागि जाँदा १३ लाख १७ हजार ३९२ खर्च भएको थियो, त्यसमध्ये सवारी साधन, भाडा तथा इन्धनमा ३ लाख ६४ हजार ३८२, होटल, खाजा नास्तामा २ लाख ७३ हजार ८९५ र प्रतिवेदन लेखनमा ४ लाख १९ हजार १७५ खर्च भएको विवरणमा उल्लेख छ । 

प्रदेशको स्थायी राजधानी र नामकरणका विषय राय बाझिएपछि भारतका विभिन्न राज्यमा गएर सुझाव र अनुभव लिन भन्दै टोली भ्रमणमा गएको थियो ।

त्यसको एक वर्ष पुग्नै लाग्दा यहीँ असोजमा १९ गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नामकरणको विषय टुंगो लागेको छ । 

प्रदेश सभाले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी कायम गरेको छ ।  प्रदेशको स्थायी राजधानी टुंगो लगाउन झण्डै तीन वर्ष लाग्यो । 

यसरी राजधानी तोक्ने क्रममा उक्त समितिको प्रतिवेदनलाई कुनै महत्त्व दिइएन, बरु सत्तारुढ दल नेकपाका अध्यक्षद्वयको सहमतिलाई प्रदेश सभाले लालमोहर लगायो ।

समितिको प्रतिवेदन रद्दीको टोकरीमा फालेसरह भयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा सुशासनविद् खेमराज रेग्मीले नेपालका नेताहरूले राजनीतिलाई कमाउने धन्दाको रूपमा प्रयोग गर्न थालेको बताउँछन् ।

‘कानूनी रूपमा राखिएका छिद्र पहिल्याएर पदको दुरुपयोग गर्छन् । निकृष्ट ढंगबाट कानूनमा व्यवस्था राखेर लिइने सुविधा नीतिगत भ्रष्टचार हुन्छ,’ रेग्मीले लोकान्तरसँग भने । 

नेपालका नेताहरू विलासी बन्दै गएको रेग्मीको भनाइ छ । 

 

स्रोत : लोकान्तर अनलाइन

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...