Tuesday, October 9, 2018
Saturday, January 6, 2018
शान्ति र सुशासनका लागि युवाको भूमिका
पृष्ठभूमि ः युवाको परिभाषा संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्ष उमेर समूहलाई तथा नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष बीचको उमेर समूहलाई युवा भनि परिभाषित गरेको छ । तर, आजसम्म पनि नेपाली युवाको परिभाषामा एकमत भएको छैन । राष्ट्रिय युवा नीतिले एउटा उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको भए पनि युवाको परिभाषाका सम्बन्धमा एकमत भएको पाइदैन ।
युवाहरु शान्ति, विकास र परिवर्तका संवाहक हुन् । विश्वमा भएका हरेक ठूलाठूला परिवर्तनहरु युवाहरुकै कारण सम्भव भएको छ । नेपालका विभिन्न ऐतिहासिक घट्नाहरु, एक दशक लामो आन्तरिक सशस्त्र द्धन्द्ध र युग परिवर्तनकारी ऐतिहासिक जनआन्दोलनमा सहभागी हुने, मारिने, घाइते हुने, विस्तापित हुने, वेपता पारिएका सबैमा युवाहरुको संख्या नै बढि छ । विश्व परिवेशको कुरा गर्दा पनि यीनै कुराहरुलाई इन्कित गर्न सकिन्छ । शान्ति, विकास र सुशासन निर्माणका निम्ति अहिलेको राजनीतिक खिचातानि भएको बेला निकास दिने महत्वपूर्ण जिम्मेवारी युवाहरुको काधमा आएको छ । देशको जर्जर पूर्ण अवस्था र राजनीतिका अस्थीरताको मूख्य कारण दक्ष युवाहरु बेरोगार भई दैनिक सोह्र सयको दरलेले विदेशिएको अवस्था छ ।
युवाको वर्तमान अवस्था ः
राष्ट्रिय युवा नीति २०६६ ले युवाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा समाविष्ट गर्दै नेतृत्वदायी भूमिका स्थापित गर्ने र आधारभूत अधिकारको प्रत्याभूति सहित युवाको सशक्तिकरण मार्फत समृद्ध युवा तयार गर्ने सोच रहेको छ ।
ड्ड राष्ट्रिय युवा नीतिको पृष्ठभूमिमा उल्लेख भएअनुसार नेपाली युवाको जनसङ्ख्या ३९ प्रतिशत रहेको छ ।
ड्ड अभिलेखिकरण भएका र नभएका गरी करिब ३० लाख भन्दा बढी युवा आप्रवासी कामदारको रुपमा भारत बाहेकका देशमा कार्यरत छन् ।
ड्ड भारतमा पनि त्यो भन्दा ठूलो सङ्ख्यामा नेपाली युवा आप्रवासी कामदारका रुपमा कार्यरत छन् ।
ड्ड वर्तमान तथ्याङ्क अनुसार प्रत्येक वर्ष करिब ४ लाख भन्दा बढी युवा श्रम बजारमा आउँछन् ।
ड्ड सामाजिक, आर्थिक र भौगोलिक रुपमा नेपाली युवाको अवस्था फरक फरक छ । विशेष गरी विभिन्न सेवा सुविधा र श्रोत साधानमा शहर र गाउँमा रहेका युवाको पहुँचमा भिन्नता छ ।
ड्ड गाउँमा रहेका युवा बीच अत्यन्त सीमित स्रोत, साधन र अवर रहेको छ ।
ड्ड तथ्यांक अनुसार कुल जनसंख्याको ८३ प्रतिशत जनसंख्या गाउँमा नै छ, शहरमा त केबल १७ प्रतिशत मात्र हो । युवा भित्र रहेका विविधता, फरक अवस्था, परिस्थिति र वातावरणका कारण एउटै मात्र साझा परिचय बनाउन सकिदैन । यस प्रकारका फरकपनलाई सम्बोधन गर्नका लागि पनि विषयगतरुपमा फरक फरक रणनीति बनाउन आवश्यक छ ।
शान्ति ः
प्रत्यक्ष (भौतिक) तथा अप्रत्यक्ष (संरचनागत) र सांस्कृतिक सबै प्रकारका हिंसाको अनुपस्थिति र सामाजिक समानता र न्यायको उपस्थिति भएको अवस्था नै शान्ति हो । नकारात्मक शान्ति र सकारात्मक शान्तिको रुपमा शान्तिलाई लिईने गरिन्छ ।
सुशासन ः
सुशासन भनेको असल राज्यव्यवस्था हो । समामान्य अर्थमा कानुनको शासनलाई सुशासन भनेर बुझ्ने गरिन्छ । सुशासन जनतप्रति उत्तरदायी, पारदर्शी र जवाफदेहि हुन्छ । सुशासनमा सदाचार पद्धति हुन्छ र दण्डहिनता हुदैन । विकेन्द्रीकरण, असल शासन र प्रजातान्त्रिक सरकार सुशासनका तत्वहरु हुन् ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा विगतमा भएका केहि कार्यक्रमहरु ः
हाम्रो देशमा गाई, गोरु, काग र कुकुरको त दिवस मनाइन्छ भने, हामी युवाको चै दिवस किन नमनाउने त ?
युवा देशको भेरुदण्ड हुन् । बिगत देखि वर्तमान हुदै भविष्यसम्म युवाहरु राज्यका सबै अंगहरुमा सक्रिय भूमिका खोजी गर्दै आईरहेको छ । यहि अवधारणाको सफल कार्यान्वयनको लागि अन्तराष्ट्रिय युवा दिवस २०१५ लाई लिन सकिन्छ । सन् १९९८ बाट अन्तराष्ट्रिय युवा दिवस को सूरु भएको हो । नेपालमा सन् २००३ अगस्ट १२ बाट र मोरङमा सन् २००६ देखि मनाईन्दै आएको हो ।
– मोरङको सदरमुकाम विराटनगरमा सन् २००९ मा राष्ट्रिय स्तरको २ दिने नेपाल युवा सामाजिक मञ्चको आयोजना गरिएको थियो ।
– सन् २०१० मा सप्ताहव्यापी क्षेत्रीय युवा मञ्चको आयोजना गरिएको थियो ।
– सन् २०११ मा पनि सप्ताहव्यापी बिभिन्न कार्यक्रम गरि युवा नीति २०६६ लाई प्रभावकारी कार्यान्वयनका लागि ई–क्याम्पेन्न, ¥याली लयातका कायक्रमबाट दवाव दिईएको थियो ।
– सन् २०१२ मा युवा साझेदारीमा समृद्ध संसारको निर्माण गरौं भन्ने मुल नाराकासाथ विश्वव्यापि रुपमा मनाइएको थियो ।
– सन् २०१३ मा पनि थयगतज ःष्नचबतष्यल स् ःयखष्लन म्भखभयिऊभलत ँयचधबचम नाराका साथमा सूचनाको हकलाई मूख्य विषय बनाएर रक्तदान, ¥याली, हस्ताक्षर लगायका कार्यक्रमहरु गरिएको थियो ।
– सन् २०१४ मा पनि सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाईएको थियो । जसको नारा थियो ःभलतब िजभबतिज ःबततभचक
– यस वर्ष (सन् २०१५ मा) थयगतज(अष्खष्अ भलनबनझभलत नाराका साथ विविध कार्यक्रमहरु गरी आयोजनाहरु गरी मनाउन गईरहेका छौं ।
औचित्य ः
युवा दिवसको औचित्य युवाहरुलाई सचेतना गराई संगठित गर्ने र बेखबर युवाहरुलाई सूसुचित गराउने हो । युवा मन्त्रालयको स्थापना र युवा नीति २०६६ पारित भएता पनि यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन दबाब मुलक कार्यक्रमको रुपमा पनि महत्व राख्दछ । यो दिवस नजानेका, जानिरहेका र जान्न चाहानेहरुको साझा मञ्च हो जहाँ एक अर्काका हरेक विचार र अनुभवहरुलाई एजेण्डा बनाएर ठोस निष्कर्षमा पुगिन्छ । यो एउटा पर्व हो जसको सफलताका लागि सबैको भूमिका समान रहन्छ ।
व्यवहारीक चुनौतिहरु ः
- युवा पुस्तामा देखिएको समस्या भनेको अधिकांशले नोकरीलाई नै प्राथमिकतादिनु हो । देशमा रोजगारीको अवसर अत्यन्तै कम भएकाले नोकरी पाउन धेरै गाह्रो छ । त्यसले गर्दा बषौं सम्म नोकरीको लागि भौतारिदा भौतारिदै बेरोजगारी समस्या बढिरहेको हुन्छ । यस्तो धरातलिय यथार्थ थाहा हुदाहुदै पनि हामी युवामा सानो तिनो व्यवसाय गरौं भन्ने सोचको विकास हुन सकेको छैन् । किनकी एकातर्फ पढाई गरि सके पछि नोकरी नै गर्नु पर्छ भन्ने मानसिकताले हाम्रो समजमा दह्रो गरी जरा गाडी सकेको छ भने, अर्कोतर्फ पढालेखा मान्छेले सानोतिनो व्यपार व्यवसाय गर्दा समाजमा उसले केहि गर्न नसकेर त्यसो गर्न थाल्यो भनेर कुरा काट्नेहरु धेरै हुने गर्दछन् ।
- विकासोन्मुख राष्ट्रहरुमा कुनै पनि व्यवसाय सुरुवात र संचालन गर्न सामान्यतः गाह्रौ हुने गर्दछ । अनगिन्ती नियम, कमजोर संस्थागत व्यवस्था, असक्षम कर्मचारीतन्त्र र अशक्त न्याय प्रणालीले व्यवसाय संचालनमा सीधै असर गर्ने हुन्छ । पेशा व्यवसायलाई प्रतिकुल असर पार्न धेरै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न तत्वहरुको पनि भूमिका रहेको हुन्छ ।
- पेशा व्यवसायको समय सापेक्ष पुस्तान्तरण हुन नसक्नाले परम्परागत पेशा व्यवसाय धरासाहि र तोप हुदै गएको छ । साना तिना पेशा व्यवासाय प्रारम्भ गर्न विभिन्न नीति, नियम र कानुनी समस्याहरुले अवरोध श्रृजाना हुने गर्दछ ।
- भ्रष्ट कर्मचारी तन्त्रको प्रभाव र हामी जन्म जात नै गरिब मुलुकका गरिब नागरिक हौ भन्ने हाम्रो दिमागमा राखिदिएको हुनाले पनि हामीमा हतोसाहितको भावना उब्जि रहने हुन्छ ।
- अस्वाथ्य प्रतिस्पर्दाका कारण पनि पेशा व्यवसायहरु धरासय हुने गर्दछ, हाम्रो समाजमा कसैले कुखुरा पल्यो उसले २÷४ पैसा कमायो भने अरुले त्यसबाट सिकेर अरु नै बंगुर, गाई, बाख्रा पालन नगरि कुखुरा नै पाल्न सुरु गर्ने परिपाटि छ ।
- अरुकोमा जागिर गर्दा चै समय हेरि हेरि काममा लाग्ने तर आफ्नो काम वा व्यवसायमा चै पुरा समय नदिने काम चोर प्रवृत्ति हामी हावि भएको अवस्था छ ।
- हामी जे काम गछौं, त्यस काममा अनुसाशित भएर लाग्न सकि रहेका छैनम् । जागिर गरेर कोही धनि बनेमा पौरख ठान्ने तर उद्यम गरेर कसैले कमाएमा ठगी गरेर कमाएको ठान्ने हाम्रो समाजको नराम्रो सोचका कारण पनि युवाहरु उद्यम गर्न भन्दा जागिर खाने कुरामा नै लालहित छन् ।
- यस कारण अहिलेको अवस्था आउनुमा राज्य र सरकार मात्र हैन हामी सबै को बराबर भूमिका रहेको छ
१. कुल जनसंख्याको झण्डै ३९ प्रतिशत जनसंख्या युवाको रहेको अवस्थामा नेपाल सरकारको योजना, बजेट र कार्यक्रम पनि प्रर्याप्त
मात्रमा त्यस दिशा तर्फ लक्षित भएको पाइन्दैन ।
वार्षिक ५ लाखको हाराहारीमा युवा विदेशिनु
वार्षिक २० प्रतिशत युवा मात्र रोजगार हुन सक्नु
२. वेरोजगारी युवाहरुको मुख्य समस्या रहेको वर्तमान अवस्थामा सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमका लागि प्रयाप्त मात्रमा बजेट बिनियोजन नहुनु र संचालन भएका केहि सीपमूलक र रोजगारी लक्षित कार्यक्रमको पनि प्रभाकारी कार्यान्वयनको कमिले उद्देश्य हासिल गर्न नसक्दा वेरोजगार युवाहरुको संख्या दिनानुदिन बढी नियन्त्रण बाहिर पुग्नु ।
३. कार्यक्रम तथा योजनाहरु बनाउँदा सरोकारवालाहरु सँग परामर्श वा अन्तरक्रिया नगरी बनाउनाले युवाका आवश्यकता भन्दा भिन्न किसिमले कार्यक्रम तथा योजनाहरु आउदा त्यसमा युवाको अपनत्व, सहभागिता, पहुँच पुग्न नसक्नाले कार्यक्रमको प्रभावकारीता आवश्यक मात्रमा हुन नसकेको तथा अधिकांश कार्यक्रम लक्षित समूहमा पुग्न नसकी लक्षित समूह लाभान्वित हुन नसकेको ।
४. युवाका क्षेत्रमा भएका लगानी तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकनका लागि कुनै पनि संयन्त्र नभएकाले कुन निकायले के कस्ता काम गरे र कति उपलब्धि भएको छ भन्ने यकिन प्रगति विवरण सरकार र सम्बन्धीत निकायसँग नहुनु ।
५. युवा तथा खेलकुद मन्त्रालयको स्थानीय स्तरसम्म संस्थागत संरचना हुन नसक्दा देशका युवाको वास्तविक आवश्यकता र अवस्था तथा सरकारी युवा कार्यक्रमहरुको प्रभावकारीता थाहा नहुनु ।
६. नेपाल सरकारका विभिन्न मन्त्रालयहरुसँग युवा लाभान्वित हुने प्रकृतिका कार्यक्रमहरु देखिए तापनि युवा नै लक्षित नभनिएकाले युवाहरु लाभान्वित हुने कार्यक्रमहरु अरु नै क्षेत्रमा जाने वा अरु नै समूह लाभान्वित हुने अवस्था हरेको ।
७. युव ाको आवश्यकता जाती, भूगोग, वर्ग, शिक्षा, स्वास्थ्य, लिङ्ग, उमेर, परम्परा, परिवेश, मान्यता आदिमा फरक फरक रहेकोमा सरकारले योजना तथा कार्यक्रम तय गर्दा समावेशीलाई मात्र ध्यानमा राख्दा सबै समेटिन नसक्नु ।
८. सरकारले युवा स्वरोजगारको नारा दिए पनि स्वदेश मै रोजगारी दिनका लागि आवश्यक अध्ययन, अनुसन्धान र कुन समूहका युवा के काम गर्न चाहान्छन भन्ने विवरण नभएको र हाल सम्मका सरकारका योजना, कार्यक्रम र बजेट युवामैत्री हुन नसकेको
९. व्यावहारिक तथा जीवनोपयोगी शिक्षा नीतिका लागि समयअनुकूल परिमार्जनको अभावमा पढेलेखेका युवाहरुले दक्ष जनशक्तिको रुपमा राज्यलाई योगदान पु¥याउनु पर्नेमा, वेरोजगार भई नैराश्य ९म्भउचभककष्यल० को शिकार हुनु परेको छ ।
१०. राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व र स्वमित्व नहुनाले युवाहरु योजना बनाउने, आफ्नो आवश्यकतालाई नीतिगतरुपमा सुनिश्चित गर्ने लगायतका अवसरबाट बञ्चित हुनुपरेको अवस्था छ ।
समाधानका उपायहरु ः
- युवालाई सिर्जनशिल, सकारात्मक बाटो हुदै देश विकासमा सहभागि हुन अग्रसर गराउनु ।
- आवज बिहिन युवाहरुको आवजलाई एकिकृत गरी सरोकारवालाहरु समक्ष पु¥याउने अवसर प्रदान गर्नु
- असंगठित युवाहरुलाई संगठित गर्दै संजाल निर्माण र सकारात्मक कार्यका लागि पहल गर्नु
- युवालाई सामाजिक, आर्थिक तथा साँस्कृतिक गतिविधिहरुमा नेतृत्वदायी भूमिकाका साथ सहभागि हुन अभिप्रेरित गर्नु ।
राजु श्रेष्ठ
९८४२०८५९७९
युवा अभियन्ता, अधिकारकर्मी
Thursday, January 4, 2018
विविधा नेपालीमा बढ्दो पुस्तान्तरण पुस २०, २०७४जगन कार्की
बेलायत — बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा–नातीमा २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् ।
बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरानाती २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ। समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन्। प्रबिधिले सुबिधा त दियो तर समाजिक संरचनामा परिवर्तन आएको छ, मान्छेहरु एकोहोरिने, सामाजिक प्राणी कोठे प्राणीमा परिणत हुने, मानवीय संवेदना नै देखावटी रुपमा मात्र झल्काउने प्रवृतिहरु बढ्नु, नयाँ पुस्ता पुरानो पुस्तासंग चाल-चलन नमिलेर टाढिने र पुस्तान्तरको खतरा बढेको छ।
के हो पुस्तान्तर?
छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाई, गराई र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ। जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिंदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो। दुई पुस्ताहरु बीच हुने बिबिध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरको रुपमा चित्रण गरिने गरेको पाइन्छ। युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट बञ्चित गराउने गरेको पाइन्छ। यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेसमा देखिएको छ जसले गर्दा असमान दुरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ। फलस्वरुप एकले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ।
पुस्तान्तरका कारणहरु :
–प्रबिधि र आधुनिकताको प्रभाव संगै तिब्र रुपमा हुँदै गएको समाजको परिबर्तन :
आधुनिक प्रबिधिहरुको बिकास संगै सुगम बनेको सञ्चार र सामाजिक सञ्जालहरुको विस्तारले भेटघाट, प्रत्यक्ष कुराकानी भन्दा सामाजिक सञ्जालहरुमार्फत भावना, सूचना आदानप्रदान गर्ने गरेकोले नयाँ संस्कृति र आचारहरुको बिकास भइरहेको छ। भेटेर, जमघटमा हुने क्रियाकलापहरु प्रबिधिका माध्यमले हुने गरेका छन्। यसले सामाजिक संरचनामा क्रमस: परिबर्तन ल्याउँदै गरेको पाइन्छ।
–आप्रवासन, बसाई सराई इत्यादी :
देशविदेशमा बसाईं सर्ने, सुगम सहरहरुमा मानिसहरुको आवतजावतले स्थिर सामाजिक संस्कारबाट नयाँ परिवेसमा पुग्दा हुने परिवर्तन र त्यहाँको हावापानीसंग मिल्नको लागि समय लाग्ने हुनाले पुस्तान्तर हुन जाने बताइछ।
–प्राकृतिक :
मानिस प्राकृतिक प्राणी हो। एक पुस्ताले अर्को पुस्तालाई जन्म दिने हुर्काउने सिलसिलामा प्राकृतिक रुपमा नै कतिपय अवस्थाहरुमा पुस्तान्तर सिर्जना हुने विभिन्न अध्ययनहरुले बताउने गरेका छन्।
अभिभावक र छोराछोरीहरु बीच हुने पुस्तान्तर
आमाबाबु र अभिभावकहरुसंग आफ्ना बालबालिकाहरुलाई दिने समय नहुनु : बाजे पुस्ता र नाती पुस्ता बीचको पुस्तान्तर त मुनासिव बन्ला तर बाबुआमा र बालबालिकाबीचको पुस्तान्तर महँगो हुने देखिन्छ। जब आमा बाबु र अभिभावकको भावना छोराछोरीहरुसंग मेल खाँदैन तव त्यहाँ प्रेम, सद्भाव र खुशी टाढिएर जाने विभिन्न खोज अनुसन्धानहरुले देखाएको छ।
नानीहरुलाई धेरै कन्ट्रोल गर्न खोज्नु : जब अभिभावकले आफ्नो कुरामात्र जायज ठानेर धेरै कन्ट्रोल गर्ने आफुले भनेको कुरा मात्र बालबालिकामा लाद्न खोज्ने प्रयास हुन्छ अनि सम्वाद हिनताको अवस्था सिर्जना हुन्छ। बालबालिका आफ्नो भावनाको कदर नहुने ठान्दै कठोर भएर बाँच्न बाध्य हुने अभिभावकहरु पनि आफुले भने जस्तो नभएर कहिल्यै सन्तानसंग खुशी नरहने परिपाटी बिध्यमाना रहने बताइन्छ।
अभिभाबक र बालबालिकाको पुस्तान्तरका अन्य बिबिध कारणहरुमा शारीरिक यातना दिने र छुट्टै धारणा राख्ने आफुले भनेको मात्र सहि ठान्ने, आफ्नो यथार्थ भावना नपोख्ने, नानीहरुलाई सधै केटाकेटीको व्यवहार गर्नु, उनीहरुलाई हुर्किएको ठुलो भएको आभास नदिनु इत्यादी।
अध्ययनहरुले ५ प्रकारको पुस्तालाई तिनको लक्षण र चरित्र अनुसार छुट्याउने गरेको पाइन्छ :
परम्परागत जेनेरेसन : जन्म १९०० देखि १९४५ सम्मका, देश भक्त र कडा परिश्रममा विश्वास गर्ने, संस्थाहरुप्रति सम्मान र श्रद्धा राख्ने प्रकृतिको |
बेबी बुमर्स : १९४६ देखि १९६४ - नैतिक शक्ति, मै हुँ भन्ने भावना, समानता, लडाई बिरोधि, सरकार बिरोधि बिबिध प्रकृतिको।
जेनेरेसन् एक्स : १९६५ देखि १९८० - सन्तुलित, बिबिधता, सुसंस्कृत, प्रविधिमा ग्यान राख्ने इत्यादी प्रकृतिको।
मिलिनीयल : १९८१ देखि १९९९ सम्म जन्म भएका पुस्ता, प्रविधिमा निपुर्ण र यसमै आश्रित, परम्परागत संस्थाहरुबाट सम्बन्ध बिच्छेद भएको, खुल्ला दिमाग भएको आशावादी पुस्ता, बिबिधतामा विश्वास गर्ने, सबै चिजको सन्तुलनमा विश्वास गर्ने, औपचारिक भन्दा अनौपचारिकतामा विश्वास, सिद्धान्त भन्दा ब्यबहारिकतामा जोड दिने।
जेनेरासन आइ : १९९९ पछिका पुस्ता प्रविधि र आधुनिक समाजसंग प्राकृतिकरुपमा अन्तरघुलन भएको पुस्ता अत्यन्त उर्जासिल र आधुनिक मानवका गुणहरु भएको।
के पुस्तान्तर नराम्रो हो?
पुस्तान्तर आफैमा नराम्रो हैन। यसले छुट्टै उमेर समुहका मानिसहरुका आफ्नै आफ्नै आवश्यकता र दृष्ट्रिकोणले समाजका हरेक घटना, क्रियाकलापहरुलाई हेर्न मद्दत गर्दछ। फलस्वरुप एक सौहार्दपूर्ण समाज, एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था पुर्याउछ र मानिसलाई एक प्रकृतिक र सामाजिक प्राणी बन्न उत्प्रेरित गर्ने गर्दछ। अर्कोतर्फ पुस्तान्तरले गर्दा एउटा पुस्ताका कुरा अर्को पुस्ताले नसुन्ने, एउटा पुस्ताले अर्कोको अस्तित्व नस्वीकार्ने र सम्वादहिनताको अवस्थाले भने पक्कै अप्ठेरो अवस्था सिर्जना गर्दछ।
नेपालीका तीन पुस्ता
बेलायतमा रहेका नेपालीहरुको पहिलो पुस्ता गोर्खा भर्तिमा आएको पुस्ता हो, दोश्रो तिनका छोरा पुस्ता र तेस्रो नाति पुस्ता। यी ३ मुख्य पुस्ता बाहेक अध्ययन, काम र बिबिध सिलसिलामा आएका तिनै उमेर समूह पुस्ताका प्रतिनिधि पात्रहरु बेलायतमा छन्।
पहिलो पुस्ता (१९३० - १९६४, उमेर समूह ६३ देखि ८६) : नेपालको संस्कृति, भाषा, भेषसंग हेलमेल भएको आधुनिक प्रविधि र आधुनिक मान्यताहरुदेखि अपरिचित वा परिचय भएपनि मोह नभएको पुस्ता। यसै पुस्ताले नेपालको राजनीति र मुख्य संस्थाहरु अझै हाँकीरहेको पाइन्छ।
दोश्रो पुस्ता (१९६५-१९८०, उमेर समूह ४0 देखि ६०) : प्रविधिमा अब्बल रहेको र पहिलो र तेश्रो पुस्ता दुवैसंग संसर्गमा रहेको कारण यो पुस्ता केहि हदसम्म नेपाली संस्कृति र भाषाहरु अनुसरण गर्न सक्षम रहेको देखिन्छ। परम्परा धान्न यो बढी पहिलो पुस्तासंग भरमा रहेको कारणले तेश्रो पुस्तालाई हस्तान्तरण गर्न त्यति आत्तुर देखिन्न। प्रबिधिको बाढी, पुरानो संस्कार अनि नयाँ हुर्कंदा संस्कार र प्रबिधि पहिल्याउदा पहिल्याउदै यो पुस्ता हराएको जस्तो देखिन्छ। यो पुस्ता अझै पनि नेपालमा नेतृत्व दिन पूर्णरुपमा सफल भएको देखिन्न्न। यो पुस्ता नयाँ पुस्ताको नयाँपन र पुरानो पुस्ताको पुरानो ढर्राको चेपुवामा परेको छ। यद्यपि दुवै पुस्ताको सन्तुलन र समन्वयको सम्पूर्ण जिमेवारी यहि पुस्ताको काँधमा छ।
तेश्रो पुस्ता (१९८१-२०००, उमेर समूह १८ देखि ३० ) : देशी-बिदेशी बिद्यालय र बिश्वबिद्यालयमा अध्ययन गरेको अन्तरास्ट्रिय संस्कृति र संस्कारसंग राम्रोसंग अन्तरघुलन भएको यो पुस्ता अंग्रेजी बोल्ने, नेपाली भाषा र संस्कृतिप्रति कम चासो राख्ने गरेको पाइन्छ। म्याक र पिजा संस्कृतिमा हुर्किएको यो पुस्ता नेपाली समुदायमा हुने कर्यक्रमहरु, नेपाली पर्वहरुमा उतिसरो चाख र उत्साहले उपस्थिति जनाउदैनन्। यसका बिबिध कारणहरुमा भाषा, शिक्षा र संस्कारसंगै पुरानो पुस्तासंगको गहिरो पुस्तान्तर रहेको जस्तो देखिन्छ। यो पुस्ताले न राजनीतिसंग चासो देखाएको छ न संस्कृति र परम्पराप्रति। १२ कक्षा पढेसंगै अमेरिका, बेलायत, अस्ट्रेलिया जाने सपना बुन्ने अधिकांशको चाह देखिन्छ। यो भयावहस्थिति बाट पार लगाउन देशको भाषा, संस्कृति र पहिचानलाई हराउन नदिन सबै जिम्मेवार पक्ष सजक हुनुपर्ने देखिन्छ।
पुस्तान्तरका प्रकार
पुस्तान्तरको असर बिशेषगरि युवा पुस्तामा बढी हुने गरेको पाइन्छ। एक्लोपनको महसुस गर्ने, परिवार र समाजका सदस्य र अंगप्रति श्रद्धा र विश्वास कम रहने, समुहिकता भन्दा एकलकांटेपन रहने इत्यादी। परिवारमा बाबुआम आफ्ना सन्तानलाई एकथरी सिकाउने, एक खालको संस्कार दिने तर नयाँ पुस्ता आफुलाई मनपर्ने संस्कार आफै सिक्न बल गर्ने, फलस्वरुप पारिवारिक विग्रह सिर्जना भएर परम्परागत ठुलो र संयुक्त परिवार बिलिन भएर एकल परिवारमा जाने क्रम बढेको छ। पश्चात्य संस्कारमा त पुरै एकल परिवार भइसकेको अवस्था छ।
शिक्षकहरुमा पनि त्यस्तै परिपाटी देखिएको छ। कतिपय शिक्षकहरुले आफुले जस्तो संस्कार सिकेको छ त्यहि संस्कार आफ्ना बिद्यार्थीमा दिन चाहने तर नयाँ परिवेसमा बिद्यार्थीको चाहना छुट्टै रहने गरेको छ।
कार्यक्षेत्रमा एउटा पुरानो कर्मचारी वा हाकिम परम्परागत शैली सिको गर्न चाहन्छ तर एउटा युवा पुस्ताको कर्मचारी आधुनिक प्रबिधि र बिधि अनुसरण गर्न चाहन्छ। यस्तै समस्या राजनीतिक दलहरुमा पनि देख्न सकिन्छ। एउटा पुरानो नेता परम्परागत शैलीमा भासण, सिद्धान्तको राग, शक्तिको पुञ्ज र त्यसै अनुरुपको राजनीति गर्ने देखिन्छ भने नयाँ पुस्ता आधुनिक सिद्धान्त अझ सिद्धान्त भन्दा बिकास र जनसेवाको भावले राजनीति अगाडी बढाउन चाहन्छ।
यस्तै किसिमको पुस्तान्तर संगीत क्षेत्र परम्परागत लोक पुस्तादेखि आधुनिक र्याप, हिपहप कल्चरसम्म पाउन सकिन्छ, चिकित्सा क्षेत्र, ब्यवस्थापनदेखि हरेक प्रविधिका पनि आफ्नै-आफ्नै पुस्ता र भर्सन हुने गरेको पाइन्छ। कम्पुटरको ४८६ कम्पुटर, डस चलाउने पुस्ता अहिलेको टच स्क्रिन र एप्स इन्टरफेयरदेखि अचम्मित हुन्छ।
पुस्तान्तरका असरहरु
कुनै पनि संस्थामा पुरानो पुस्ताको बाहुल्यता रहेको खण्डमा पुरानो शैली र परम्परालाई प्राथमिकता र जोड दिने परिपाटी रहने जसले नयाँ आयाम, उद्यमशीलाता र सृजनशीलातालाई अवरुद्ध गर्ने र फलस्वरुप ति संस्थाहरुका अस्तित्व नै धरापमा पर्ने गरेको पाइन्छ। उदाहरणस्वरुप प्रसिद्ध क्यामेराको फिल्म मेकर कम्पनी कोडाकलाई लिन सकिन्छ। समय र परिस्थिति अनुसार नयाँ प्रविधिमा ढाल्न नसक्दा कम्पनी बन्द भयो। कोकाकोला कम्पनी १८९२ देखि निरन्तर समय अनुसार बजार, स्वाद, शैली परिवर्तन गर्दै हालसम्म चर्चित रहेको छ। जीवहरुमा डाइनोसर प्रजातिको पृथ्वीबाट पतन भएको परिदृष्य समय परिस्थिति अनुसार आफुलाई ढल्न नसक्नु बुझ्न सकिन्छ। नेपालका सन्दर्भमा प्रजा परिसद् भन्ने दलले समय अनुकुल आफुलाई बदल्न सकेन र अस्तित्व नै लोप भएर गयो भने कांग्रेस पार्टीले राजा, प्रजातन्त्रदेखि गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासम्म आफुलाई परिबर्तन गर्दै लगेको कारण निरन्तर अस्तित्वमा रहेको छ।
यसर्थ निस्कर्षमा यो भन्न सकिन्छ कि पुस्तान्तर प्राकृतिक हो। यसका आफ्नै मौलिकता र महत्व रहेका हुन्छन्। हरेक इतिहासको गर्वमा वर्तमान रहेको हुन्छ। यसर्थ दुवैलाई जोड्ने पुलको काम गर्ने संस्कारहरुको विकास र पुस्ताहरुबीचको सन्तुलनले नै सम्बृद्ध वर्तमान र भरपर्दो भबिश्य मुखी समाज निर्माणमा टेवा पुर्याउने समाजशास्त्रीहरु बताउने गर्दछन्।
पुस्तान्तर कम गर्ने उपायहरु मध्ये खुल्ला विचार र बहसलाई स्वागत गर्ने सामाजिक संस्कार पनि एक हो। नयाँपन र सृजनशीलतालाई पुरस्कृत गर्ने, उचित स्थान दिने र नयाँ र पुरानो पुस्ताबीच निरन्तर सम्वादको संकृतिले पनि यसका नकरात्मक पक्षहरुलाई न्युनीकरण गर्दछ। त्यसगरी विभिन्न किसिमका चाड, पर्व र परम्पराहरुले एउटा पुस्ताको संस्कार अर्को पुस्ताले बुझ्ने, हेर्ने र ग्रहण गर्ने वाततावरण बन्न सक्ने मानवशास्त्रीहरुका तर्क गर्छन्।
न्यूनीकरण गर्ने उपायहरु
बीचको पुस्ताले रणनीतिक रुपमा भाषा र संस्कृतिलाई जोड्ने विभिन्न कार्यक्रम र युवा उन्मुख कार्यक्रमहरु चलाएर समुदायसंग मिलान र अन्तर्घुलन गर्ने वातावरण सृजना गर्न सकिन्छ। गैरआवासीय नेपालीहरुको हकमा दुतावासमार्फत बर्षमा कम्तिमा २-३ पटक युवाप्रतिमात्र लक्षित कार्यक्रमहरु गरेर, तिनलाई संगठित गरेर खेलकुद तथा तिनका चाखका नीति तथा कार्यकर्महरुमार्फत मुलधारमा ल्याउन सकिन्छ।
तिनलाई मुलधारमा आउन अप्ठेरो पार्ने बिबिध बाधा बन्धनहरुको खोजि गरेर सहजता प्रदान गर्न सकिन्छ। जस्तै, अहिलेको नेपाली समुदायमा साना नानीहरुमा देखा परेको समस्या भनेको नेपाली भाषा राम्रोसंग लेख्न, पढ्न र बोल्न नजान्नु हो | जव उनीहरु आफ्ना हजुरबुवा, आफन्तसंग सम्वाद गर्न सक्दैनन्, नेपाली भाषाका साहित्य र पुस्तक पढ्न सक्दैनन् भने उनीहरुको भाषा, संस्कृतिप्रतिको सम्वाद प्रक्रिया टुट्ने हुनाले बिस्तारै त्यसप्रति चाख घट्ने र पुस्तान्तरको मुख्य कारक बन्ने देखिन्छ।
समाजमा अधिकांश कार्यक्रमहरु प्रौढ तथा नेपाली भाषा संस्कृतिमा बर्चास्व राख्ने समुदायलाई केन्द्रित गरेर कार्यक्रम गर्ने गरेको पाइन्छ भने युवा केन्द्रित कार्यक्रम केवल युवाको मात्र भूमिका रहेको हुन्छ। यसर्थ दुवै पुस्ताले अन्तर्घुलन हुने एक अर्कालाई बुझ्ने अवसरबाट बन्चित हुने देखिन्छ। कार्यक्रममा युवालाई मुख्य भूमिका भन्दा पनि सहयोगी भूमिका दिने गरिएको पाइन्छ।
आजको युवाले मान-सम्मान, सामाजिक संस्थाहरुमा भूमिका जबर्जस्ती खोज्ने लज्जास्पद प्रवृतिलाई मनपराउँदैनन्। तर, यहाँको समाजमा जुनसुकै कार्यक्रमहरुमा एकै व्यक्तिहरु स्थाई रुपमा भोज भतेर खाने, रिबन काट्ने, बरिष्ठ बनिरहने, प्रमुख अथिति बनिरहने बन्ने चलन बढ्दो छ र त्यो समुदायले हरेक संस्थाको नेतृत्व हत्याएर राखेको कारण नयाँ पुस्ता सामाजिक गतिविधिमा पनि उतिसारो आकर्षित भएको देखिन्न।
(त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर कार्की बेलायतमा बजार र बितिय ब्यबस्थापनमा स्नाकोत्तर अध्ययनसंगै हाल ब्यापार प्रशासनमा बिद्याबारिधिरत छन्।)
Twitter: @bimaljagan , email : jnkarki@gmail.com
Monday, January 1, 2018
समाचार लेखापरिक्षणमा अनियमितता– करोडौंको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्याल आफूले खाएको खेस्रा बील लेखापरिक्षणमा गएको संस्थाकै लेखाको नाममा
ठमाडौँ — भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् ।
‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित सबै खर्च हाम्रो कार्यालय (महालेखा परिक्षकको कार्यालय)ले व्यहोरेको हुन्छ,’ महालेखा परिक्षकको कार्यालय स्रोतले भन्यो, ‘अनुशासनपूर्वक जिल्लाका सरकारी कार्यालयहरुको आयव्ययको परिक्षण गर्ने कर्मचारीहरु आफैं २/४ हजार रुपैंयाको अनियमिततामा चुक्नु लाजमर्दो हो।’
प्यानबील र भ्याटबीलको पद्धतीलाई कडाईका साथ कार्यान्वयनमा जोड दिनुपर्ने लेखापरिक्षकहरु आफूले कागजको पानामा लेखिएको खर्च विवरण जिसस (जिल्ला समन्वय समिति)को क्यान्टिनमा बुझाएका छन्। उनीहरु एक महिना लेखापरिक्षणका क्रममा भोजपुरमा बसेको हिसाबको विवरणबाट देखिन्छ।
खाना र खाजाखर्चका नाममा करिव ३२ हजार रुपैयाँ जिल्लाका सरकारी कार्यालयका लेखाबाट रकम उठाएर क्यान्टिनको खर्च तिरिएको स्रोतले बतायो। ‘चन्दाको शैलीमा पैसा उठाएर आफ्नो खानाखर्च तिर्नु भनेर निर्देशन दिई हिँड्नु लाजमर्दो हो,’ स्रोतले भन्यो।
उनीहरुले जिल्ला समन्वय समितिको गेष्टहाउस समेत सोही शैलीमा प्रयोग गरेका छन्। दैनिक २२५० रुपैयाँ दर तोकिएको गेष्ट हाउस एक महिनासम्म निशुल्क रुपमा प्रयोग गरिएको जिसस भोजपुरको पत्रमा देखिन्छ।
‘खाना र बसाई गरी करिव एक लाख रुपैयाँ अनियमितता भएको छ,’ महालेखास्रोतले भन्यो, ‘हेर्दा सामान्य देखिएपनि आतिथ्य सत्कारको नाममा हुने यस्ता गतिविधीले लाखौंको अनियमितता र आर्थिक अनियमिततालाई ढाकछोप गर्ने सम्भावना अत्यधिक रहन्छ।’
भोजपुरको लेखापरिक्षणका लागि ५ जना कर्मचारी खटिएका थिए। स्रोतका अनुसार उनीहरुमाथि भोजपुर क्याम्पसका केही गम्भिर अनियमितता समेत लुकाएको आरोपमा महालेखा र अख्तियारमा उजुरी परेको छ। आन्तरिक लेखापरिक्षणमा भेटिएका अनियमितता समेत लुकाइएको स्रोतले बतायो।तोयानाथ अर्यालको नेतृत्वमा गएको टोलीमा मोहनप्रसाद भट्टराई, शिव कोइराला, एलिसा थापा र रामकृष्ण पोखरेल थिए।
लेखापरिक्षकहरुको आचारसंहिताको दफा ४.५ मा भनिएको छ, ‘लेखापरीक्षण गरिने निकाय वा सरोकारवालासँग प्रत्यक्ष वित्तीय स्वार्थ राख्ने, अप्रत्यक्ष ढङ्गले सारभूत वित्तीय स्वार्थ गाास्ने, कुनै आर्थिक लेनदेन वा फाइदा हुने कार्य गर्न, लेखापरीक्षण गरिने निकायका लगानीकर्ता भएको वा उसले लगानी गरेको कुनै अर्को निकायसंग वित्तीय स्वार्थ कायम राख्ने जस्ता कुराले लेखापरीक्षकको व्यावसायिक तथा पेशागत स्वतन्त्रतामा असर पर्न जान्छ। यस कुराले सरोकारवालाले लेखापरीक्षकको स्वतन्त्रतामा आाच आएको निष्कर्ष निकाल्न सक्ने हुनाले यसतर्फ लेखापरीक्षक सदैव सचेत रहनुपर्दछ।’
सूचना खान मिल्दैन तर बिना सूचना मानिस भोकै मर्दछ !!
निबन्ध ः
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसः
सूचना खान मिल्दैन तर बिना सूचना मानिस भोकै मर्दछ !!
सूचनाको शक्ति र थाहा ।।
सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । शुसान, पारदर्शीता, जवाफदेहिता, उत्तरदायी राज्य, विकसित र समृद्ध समाज निर्माणका लागि सबै नागरिक सक्रिय हुनु पर्दछ । नागरिक सक्रिय बन्नका लागि सर्वप्रथम सचेत हुनुपर्दछ । जनता सचेत बन्नका लागि शिक्षित हुनुप¥र्यो । शिक्षित हुनका लागि नागरिकमा ज्ञान र विद्या हुनुप¥र्यो । ज्ञान र विद्या हुनुका लागि सबै कुराको सूचना, जानकारी हुनु पर्दछ । त्यसैले सूचनानै विकास र सम्पत्तिको आधार हो । यो विश्वमा केहि समय पहिले जोसँग धेरै जमिन, जंगल, जल थियो त्यो राष्ट्र वा व्यक्ति शक्तिसाली, जामिनदार, मुखिया, कहिलिन्थो । उ नै शक्ति केन्द्रीत हुन्थ्यो । त्यस पछिको समयमा जो सँग ज्ञान, बुद्धि र शिक्षा भयो, उ नै शक्तिमान र विद्वान भनियो । अनि विद्वान सर्व पुज्यतेः भनियो । हालको अवस्थामा हेर्ने हो भने जोसँग धेरै सूचना छ, जो व्यक्ति वा समुदाय सूचनासँग खेल्न सक्छ, जस्ले सूचना दिन सक्छ, जस्ले सूचना लिन सक्छ, जसले सूचनालाई आफ्नो अधिनमा राख्न सक्छ, जस्ले सूचनाको खरिद बिक्रि गर्न सक्छ । त्यस्ता व्यक्ति तथा समुदायहरु नै अहिले शक्तिशाली, बुद्धिमान, विवेकशिल, धनी कहलिने गरेको छ । त्यसैले त अहिले विश्वको धनी भनिएका राष्ट्र वा मानिसहरुको सूचिमा सूचना र प्रविधिमा अगाडी भएका आएका छन् । मानिस बिना सूचना एक पल पनि रहन सक्दैन । तापाई हामीले दैनिक जिवनमा गरिने सम्पुर्ण व्यवहार सूचना प्राप्तिका लागि नै भइरहेको हुन्छ । घडी, रेडियो, टीभी, मोबाईल, ईन्टरनेट, पत्रपत्रिका आदिको प्रयोगको उद्देश्य पनि सूचनाको लागि नै हो । मानौ तपाईलाई कसैले नयाँ ठाउँमा बोलायो तपाई जानु पनि भो तर त्यहाँ पुगेपछि फोनको सबै नेटवर्क गयो भने तपाई हराउनु हुने छ । तपाई हामी सूचनाको दास भै सकेका छौं । एकै छिन पनि तापाई अब, मोबाईल, फोन, इन्टरनेट नभएको कल्पना गर्नुस् त कति छटपटि र अन्धकार हुन्छ ? त्यो सबै हामीले सूचनाको खातिर प्रयोग गरि रहेका हुन्छौं । वास्तवमा मानिस स्वभावैले सधै नयाँ कुराको भोको हुन्छ र सधै नयाँ अनुभव र नयाँ आविष्कारको लागि लागिपरिरहेको हुन्छ । मानिसको जीवनको सुरुवात पनि नयाँकुराको खोजी बाटै र अन्त्य पनि नयाँ कुराको अनुभवबाटै हुन्छ ।
थाहा हुनु नै सूचना हो ः
नयाँ कुरा वा नयाँ अफडेट भएको ज्ञान, सीप, जानकरी नै सूचना हो । त्यसैले हामीले थाहा पाउने नयाँ जानकारी नै सूचना हो । कुनै बच्चालाई यो आगो हो यस्ले पोल्छ या यो खोर्सानी हो यो पिरो हुन्छ यसलाई नछुनु नखानु भन्यो भने मान्दैन तर उसलाई एक पटक मैनबत्तिले पोल्यो भने, खोर्सानीको पिरो स्वाद थाहा पायो भने उ फेरी त्यो प्रयास गर्न डराउद छ । गाउँघरमा मानिस म¥र्यो दाहासंस्कारका लागि त्यसको सूचना वरिपरिको गाँउ सम्म दिनलाई शंखको आवाजबाट सूचना दिने गरिन्छ । छिमेकमा कहिले काही माछा, मासु, अण्डा आदि पकाएको कुरा बास्नाले बाहिर नै थाहा हुन्छ । मानिसले आफ्नो भूमिका सफलता साथ र्निवाह गर्न, मानिसलाई कुनै विषयको विशेषज्ञता प्राप्त गर्न, आलोचक वा विश्लेषक बन्न आफू जानकार र सूसुचित हुनु पर्दछ । सूचना हेरेर, सुनेर, छोएर, पढेर, सुँगेर, चाखेर अनि आफै कुनै काम गरेर प्राप्त गर्न सकिन्छ । मानिसलाई पौडी खेल्ने कलाको बारेमा भनेर, सुनेर, पढेर त्यो सम्भव छैन त्यसका लागि मानिस पानीको पोखरीमा पौडिने प्रयास गर्न जरुरी छ । त्यस्तै सवारी साधन चलाउन किताबी ज्ञान र साक्षरताले भन्दा पनि स्वयम आफैले गरेरमा गाडि, बाइक लगायतका साधानहरु चलाउन सकिन्छ । अनि मात्र त्यो काम सक्रिय साथ गर्न सकिन्छ । त्यसैले थाहा नै सूचना हो ।
सूचनाको हक मौलिक हक ः
मानिसको जिवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाँउछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । राज्यका काम कारवाहि जनतालाई दिने उद्देश्यले सन् १७६६ बाट स्वीडेनबाट सूचनाको हकलाई कानूनी रुपमा आएको इतिहास छ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आएको अवस्था छ । हाम्रो देशमा पनि सूचनाको अधिकारलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको छ । यो अधिकारको प्रयोगले सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीता बढाउने काम गर्दछ । यस हक अन्तरगत सार्वजनिक निकाय भन्नाले सबै सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानून मान्यता प्राप्त सबै राजनीतिक दलहरु मानिएको छ । सबै स्थानीय निकायहरु, विद्यालय, अस्पताल, संस्थान, एनजीओ, आईएनजीओ र राजनीतिक पार्टीहरु, सहकारी संस्थान, स्कुल लगायत आदिमा रहेको सूचनाहरु सबै नागरिकले हेर्न, पढ्न, प्रमाणित प्रतिलिपि लिन सक्दछन् । सार्वजनिक निकायबाट नागरिकहरुले पाउने सेवा सुबिधाहरु नपाएमा, समयमा नपाएमा तथा पाउनु पर्ने भन्दा कम पाएमा त्यसको कारण बारेमा सूचनाको हक प्रयोग गरि जान्न र थाहा पाउन सकिन्छ । नेपालको संविधान २०७२ को धारा २७ , सूचना हक सम्बन्धी ऐन २०६४ तथा नियमवाली २०६५ ले सूचनाको हकलाई कानूनी रुपमा प्रत्याभूत गरेको छ । यो अधिकारको प्रत्याभूति गर्न राष्ट्रिय सूचना आयोग भूमिका महत्वपूर्ण हुन्छ ।
जान्नै पर्ने सूचनाको अधिकार
लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनताले तिरेको कर; राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारवाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले थाहा पाउनुपर्छ । सूचना जनताको मौलिक अधिकार हो । सार्वजनिक निकायका पदाधिकारीहरुले जनताको सूचनाको जिम्मा लिने र व्यवस्थित गर्ने र मागको बेलामा उपलब्ध गराउनु पर्दछ । यही लोकतन्त्रको आधार र संस्कार पनि हो । सूचनाको अधिकार अन्तरगत सबै नागरिकहरुलाई सार्वजनिक निकायहरुमा हुने सबै कामको के, किन, कहाँ कहिले, कति र कसरी हुन्छ भन्ने थाहा पाउने अधिकार छ ।
सूचना केका लागि आवश्यक ः
हरेक विषयको सहि सूचना वा जानकारीबाट मात्र दिगो विकास हुन्छ । पारदर्शिता बढ्दछ । जवाफदेहिता अनि शुसान कायम भै सूसुचित र समुन्नत समाजको निर्माण हुनेछ । त्यस्तो समाज नै समृद्ध समाज हो । वास्तवमा सूचना खान मिल्दैन तर बिना सूचना मानिस भोकै मर्दछ । दैनिक जीवनमा भई रहेका सबै कार्यहरु सूचनाको माध्यमबाट नै संचालन भैरहेको हुन्छ । मानिसले प्राप्त गर्ने क्षण क्षणका सूचनाहरु गलत भएमा मानिसको ज्यानै पनि जाने अवस्था हुन्छ । विभिन्न सावारी दुर्घटनाहरु, गलत औषधीको प्रयोग, विद्युतिय करेण्टबाट हुने दुर्घटनाहरु गलत सूचनाको कारण हुने गर्दछ । मानिसले सिक्ने नयाँ कुरा भनेको नै सूचनाको आदन प्रदानबाट हो । नेपालमा दुई दशकअघि राजनीतिक चिन्तक रूपचन्द्र विष्टले मान्छेलाई आलोचक र जागृत बनाउन तथा हरेक काम कुरा बुझेर मात्र गर्न ‘थाहा आन्दोलन’ चलाएका थिए । वास्तवमा ‘थाहा’ आन्दोलन जनताको सूचनाको अधिकारको आन्दोलन थियो । विष्टलाई त्यसबेला थाहा आन्दोलन के हो भनेर कसैले प्रश्न गरेछन्, उनले प्रश्न गर्नेलाई गालामा एक झापु हानेछन् र भनेछन्, कहिल्यै झापु खाइएको थियो ? थिएन यहि त हो नि थाहा भनेको भनेर बुझएका रहेछन् ।
जय सूचना ।।
(नोट ः सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको
राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम भई पुरस्कृत भएको निबन्ध । मिति २०७४ असोज ३० गते राष्ट्रिय सभा गृह काठमाण्डौंमा प्रमुख अथिति राष्ट्रिपति विद्यादेवी भण्डारी रहनु भएको थियो ।)
लेखक ः
राजु श्रेष्ठ
सूचनाको हक अभियन्ता, विराटनगर ६ मोरङ्ग

Subscribe to:
Posts (Atom)
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !
कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प
-
विश्वव्यापी वित्तीय चेतना अभिवृद्धि अभियान गोबल मनि विकको पूर्व सन्ध्यामा नेरूडे लघुवित्त वित्तीय संस्था, भंगाहा उपशाखा महोत्तरीले सोमबार क...
-
मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १ https://ocmcm.p1.gov.np/329
-
नेवार सभ्यता र विविधि थरहरु #काठमाडौं उपत्यका अर्थात #नेपालमण्डल भौगोलिक दृष्टिकोणले भूगोलको धेरै सानो भूभाग हो l यति सानो भुभाग...