Skip to main content

विविधा नेपालीमा बढ्दो पुस्तान्तरण पुस २०, २०७४जगन कार्की

बेलायत — बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा–नातीमा २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् ।
बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरानाती २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ। समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन्। प्रबिधिले सुबिधा त दियो तर समाजिक संरचनामा परिवर्तन आएको छ, मान्छेहरु एकोहोरिने, सामाजिक प्राणी कोठे प्राणीमा परिणत हुने, मानवीय संवेदना नै देखावटी रुपमा मात्र झल्काउने प्रवृतिहरु बढ्नु, नयाँ पुस्ता पुरानो पुस्तासंग चाल-चलन नमिलेर टाढिने र पुस्तान्तरको खतरा बढेको छ।

के हो पुस्तान्तर?

छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाई, गराई र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ। जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिंदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो। दुई पुस्ताहरु बीच हुने बिबिध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरको रुपमा चित्रण गरिने गरेको पाइन्छ। युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट बञ्चित गराउने गरेको पाइन्छ। यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेसमा देखिएको छ जसले गर्दा असमान दुरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ। फलस्वरुप एकले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ।

पुस्तान्तरका कारणहरु :

–प्रबिधि र आधुनिकताको प्रभाव संगै तिब्र रुपमा हुँदै गएको समाजको परिबर्तन :
आधुनिक प्रबिधिहरुको बिकास संगै सुगम बनेको सञ्चार र सामाजिक सञ्जालहरुको विस्तारले भेटघाट, प्रत्यक्ष कुराकानी भन्दा सामाजिक सञ्जालहरुमार्फत भावना, सूचना आदानप्रदान गर्ने गरेकोले नयाँ संस्कृति र आचारहरुको बिकास भइरहेको छ। भेटेर, जमघटमा हुने क्रियाकलापहरु प्रबिधिका माध्यमले हुने गरेका छन्। यसले सामाजिक संरचनामा क्रमस: परिबर्तन ल्याउँदै गरेको पाइन्छ।

–आप्रवासन, बसाई सराई इत्यादी :
देशविदेशमा बसाईं सर्ने, सुगम सहरहरुमा मानिसहरुको आवतजावतले स्थिर सामाजिक संस्कारबाट नयाँ परिवेसमा पुग्दा हुने परिवर्तन र त्यहाँको हावापानीसंग मिल्नको लागि समय लाग्ने हुनाले पुस्तान्तर हुन जाने बताइछ।

–प्राकृतिक :
मानिस प्राकृतिक प्राणी हो। एक पुस्ताले अर्को पुस्तालाई जन्म दिने हुर्काउने सिलसिलामा प्राकृतिक रुपमा नै कतिपय अवस्थाहरुमा पुस्तान्तर सिर्जना हुने विभिन्न अध्ययनहरुले बताउने गरेका छन्।

अभिभावक र छोराछोरीहरु बीच हुने पुस्तान्तर

आमाबाबु र अभिभावकहरुसंग आफ्ना बालबालिकाहरुलाई दिने समय नहुनु : बाजे पुस्ता र नाती पुस्ता बीचको पुस्तान्तर त मुनासिव बन्ला तर बाबुआमा र बालबालिकाबीचको पुस्तान्तर महँगो हुने देखिन्छ। जब आमा बाबु र अभिभावकको भावना छोराछोरीहरुसंग मेल खाँदैन तव त्यहाँ प्रेम, सद्भाव र खुशी टाढिएर जाने विभिन्न खोज अनुसन्धानहरुले देखाएको छ।

नानीहरुलाई धेरै कन्ट्रोल गर्न खोज्नु : जब अभिभावकले आफ्नो कुरामात्र जायज ठानेर धेरै कन्ट्रोल गर्ने आफुले भनेको कुरा मात्र बालबालिकामा लाद्न खोज्ने प्रयास हुन्छ अनि सम्वाद हिनताको अवस्था सिर्जना हुन्छ। बालबालिका आफ्नो भावनाको कदर नहुने ठान्दै कठोर भएर बाँच्न बाध्य हुने अभिभावकहरु पनि आफुले भने जस्तो नभएर कहिल्यै सन्तानसंग खुशी नरहने परिपाटी बिध्यमाना रहने बताइन्छ।

अभिभाबक र बालबालिकाको पुस्तान्तरका अन्य बिबिध कारणहरुमा शारीरिक यातना दिने र छुट्टै धारणा राख्ने आफुले भनेको मात्र सहि ठान्ने, आफ्नो यथार्थ भावना नपोख्ने, नानीहरुलाई सधै केटाकेटीको व्यवहार गर्नु, उनीहरुलाई हुर्किएको ठुलो भएको आभास नदिनु इत्यादी।

अध्ययनहरुले ५ प्रकारको पुस्तालाई तिनको लक्षण र चरित्र अनुसार छुट्याउने गरेको पाइन्छ :

परम्परागत जेनेरेसन : जन्म १९०० देखि १९४५ सम्मका, देश भक्त र कडा परिश्रममा विश्वास गर्ने, संस्थाहरुप्रति सम्मान र श्रद्धा राख्ने प्रकृतिको |

बेबी बुमर्स : १९४६ देखि १९६४ - नैतिक शक्ति, मै हुँ भन्ने भावना, समानता, लडाई बिरोधि, सरकार बिरोधि बिबिध प्रकृतिको।

जेनेरेसन् एक्स : १९६५ देखि १९८० - सन्तुलित, बिबिधता, सुसंस्कृत, प्रविधिमा ग्यान राख्ने इत्यादी प्रकृतिको।

मिलिनीयल : १९८१ देखि १९९९ सम्म जन्म भएका पुस्ता, प्रविधिमा निपुर्ण र यसमै आश्रित, परम्परागत संस्थाहरुबाट सम्बन्ध बिच्छेद भएको, खुल्ला दिमाग भएको आशावादी पुस्ता, बिबिधतामा विश्वास गर्ने, सबै चिजको सन्तुलनमा विश्वास गर्ने, औपचारिक भन्दा अनौपचारिकतामा विश्वास, सिद्धान्त भन्दा ब्यबहारिकतामा जोड दिने।

जेनेरासन आइ : १९९९ पछिका पुस्ता प्रविधि र आधुनिक समाजसंग प्राकृतिकरुपमा अन्तरघुलन भएको पुस्ता अत्यन्त उर्जासिल र आधुनिक मानवका गुणहरु भएको।

के पुस्तान्तर नराम्रो हो?

पुस्तान्तर आफैमा नराम्रो हैन। यसले छुट्टै उमेर समुहका मानिसहरुका आफ्नै आफ्नै आवश्यकता र दृष्ट्रिकोणले समाजका हरेक घटना, क्रियाकलापहरुलाई हेर्न मद्दत गर्दछ। फलस्वरुप एक सौहार्दपूर्ण समाज, एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था पुर्याउछ र मानिसलाई एक प्रकृतिक र सामाजिक प्राणी बन्न उत्प्रेरित गर्ने गर्दछ। अर्कोतर्फ पुस्तान्तरले गर्दा एउटा पुस्ताका कुरा अर्को पुस्ताले नसुन्ने, एउटा पुस्ताले अर्कोको अस्तित्व नस्वीकार्ने र सम्वादहिनताको अवस्थाले भने पक्कै अप्ठेरो अवस्था सिर्जना गर्दछ।

नेपालीका तीन पुस्ता

बेलायतमा रहेका नेपालीहरुको पहिलो पुस्ता गोर्खा भर्तिमा आएको पुस्ता हो, दोश्रो तिनका छोरा पुस्ता र तेस्रो नाति पुस्ता। यी ३ मुख्य पुस्ता बाहेक अध्ययन, काम र बिबिध सिलसिलामा आएका तिनै उमेर समूह पुस्ताका प्रतिनिधि पात्रहरु बेलायतमा छन्।

पहिलो पुस्ता (१९३० - १९६४, उमेर समूह ६३ देखि ८६) : नेपालको संस्कृति, भाषा, भेषसंग हेलमेल भएको आधुनिक प्रविधि र आधुनिक मान्यताहरुदेखि अपरिचित वा परिचय भएपनि मोह नभएको पुस्ता। यसै पुस्ताले नेपालको राजनीति र मुख्य संस्थाहरु अझै हाँकीरहेको पाइन्छ।

दोश्रो पुस्ता (१९६५-१९८०, उमेर समूह ४0 देखि ६०) : प्रविधिमा अब्बल रहेको र पहिलो र तेश्रो पुस्ता दुवैसंग संसर्गमा रहेको कारण यो पुस्ता केहि हदसम्म नेपाली संस्कृति र भाषाहरु अनुसरण गर्न सक्षम रहेको देखिन्छ। परम्परा धान्न यो बढी पहिलो पुस्तासंग भरमा रहेको कारणले तेश्रो पुस्तालाई हस्तान्तरण गर्न त्यति आत्तुर देखिन्न। प्रबिधिको बाढी, पुरानो संस्कार अनि नयाँ हुर्कंदा संस्कार र प्रबिधि पहिल्याउदा पहिल्याउदै यो पुस्ता हराएको जस्तो देखिन्छ। यो पुस्ता अझै पनि नेपालमा नेतृत्व दिन पूर्णरुपमा सफल भएको देखिन्न्न। यो पुस्ता नयाँ पुस्ताको नयाँपन र पुरानो पुस्ताको पुरानो ढर्राको चेपुवामा परेको छ। यद्यपि दुवै पुस्ताको सन्तुलन र समन्वयको सम्पूर्ण जिमेवारी यहि पुस्ताको काँधमा छ।

तेश्रो पुस्ता (१९८१-२०००, उमेर समूह १८ देखि ३० ) : देशी-बिदेशी बिद्यालय र बिश्वबिद्यालयमा अध्ययन गरेको अन्तरास्ट्रिय संस्कृति र संस्कारसंग राम्रोसंग अन्तरघुलन भएको यो पुस्ता अंग्रेजी बोल्ने, नेपाली भाषा र संस्कृतिप्रति कम चासो राख्ने गरेको पाइन्छ। म्याक र पिजा संस्कृतिमा हुर्किएको यो पुस्ता नेपाली समुदायमा हुने कर्यक्रमहरु, नेपाली पर्वहरुमा उतिसरो चाख र उत्साहले उपस्थिति जनाउदैनन्। यसका बिबिध कारणहरुमा भाषा, शिक्षा र संस्कारसंगै पुरानो पुस्तासंगको गहिरो पुस्तान्तर रहेको जस्तो देखिन्छ। यो पुस्ताले न राजनीतिसंग चासो देखाएको छ न संस्कृति र परम्पराप्रति। १२ कक्षा पढेसंगै अमेरिका, बेलायत, अस्ट्रेलिया जाने सपना बुन्ने अधिकांशको चाह देखिन्छ। यो भयावहस्थिति बाट पार लगाउन देशको भाषा, संस्कृति र पहिचानलाई हराउन नदिन सबै जिम्मेवार पक्ष सजक हुनुपर्ने देखिन्छ।

पुस्तान्तरका प्रकार

पुस्तान्तरको असर बिशेषगरि युवा पुस्तामा बढी हुने गरेको पाइन्छ। एक्लोपनको महसुस गर्ने, परिवार र समाजका सदस्य र अंगप्रति श्रद्धा र विश्वास कम रहने, समुहिकता भन्दा एकलकांटेपन रहने इत्यादी। परिवारमा बाबुआम आफ्ना सन्तानलाई एकथरी सिकाउने, एक खालको संस्कार दिने तर नयाँ पुस्ता आफुलाई मनपर्ने संस्कार आफै सिक्न बल गर्ने, फलस्वरुप पारिवारिक विग्रह सिर्जना भएर परम्परागत ठुलो र संयुक्त परिवार बिलिन भएर एकल परिवारमा जाने क्रम बढेको छ। पश्चात्य संस्कारमा त पुरै एकल परिवार भइसकेको अवस्था छ।

शिक्षकहरुमा पनि त्यस्तै परिपाटी देखिएको छ। कतिपय शिक्षकहरुले आफुले जस्तो संस्कार सिकेको छ त्यहि संस्कार आफ्ना बिद्यार्थीमा दिन चाहने तर नयाँ परिवेसमा बिद्यार्थीको चाहना छुट्टै रहने गरेको छ।

कार्यक्षेत्रमा एउटा पुरानो कर्मचारी वा हाकिम परम्परागत शैली सिको गर्न चाहन्छ तर एउटा युवा पुस्ताको कर्मचारी आधुनिक प्रबिधि र बिधि अनुसरण गर्न चाहन्छ। यस्तै समस्या राजनीतिक दलहरुमा पनि देख्न सकिन्छ। एउटा पुरानो नेता परम्परागत शैलीमा भासण, सिद्धान्तको राग, शक्तिको पुञ्ज र त्यसै अनुरुपको राजनीति गर्ने देखिन्छ भने नयाँ पुस्ता आधुनिक सिद्धान्त अझ सिद्धान्त भन्दा बिकास र जनसेवाको भावले राजनीति अगाडी बढाउन चाहन्छ।

यस्तै किसिमको पुस्तान्तर संगीत क्षेत्र परम्परागत लोक पुस्तादेखि आधुनिक र्‍याप, हिपहप कल्चरसम्म पाउन सकिन्छ, चिकित्सा क्षेत्र, ब्यवस्थापनदेखि हरेक प्रविधिका पनि आफ्नै-आफ्नै पुस्ता र भर्सन हुने गरेको पाइन्छ। कम्पुटरको ४८६ कम्पुटर, डस चलाउने पुस्ता अहिलेको टच स्क्रिन र एप्स इन्टरफेयरदेखि अचम्मित हुन्छ।

पुस्तान्तरका असरहरु

कुनै पनि संस्थामा पुरानो पुस्ताको बाहुल्यता रहेको खण्डमा पुरानो शैली र परम्परालाई प्राथमिकता र जोड दिने परिपाटी रहने जसले नयाँ आयाम, उद्यमशीलाता र सृजनशीलातालाई अवरुद्ध गर्ने र फलस्वरुप ति संस्थाहरुका अस्तित्व नै धरापमा पर्ने गरेको पाइन्छ। उदाहरणस्वरुप प्रसिद्ध क्यामेराको फिल्म मेकर कम्पनी कोडाकलाई लिन सकिन्छ। समय र परिस्थिति अनुसार नयाँ प्रविधिमा ढाल्न नसक्दा कम्पनी बन्द भयो। कोकाकोला कम्पनी १८९२ देखि निरन्तर समय अनुसार बजार, स्वाद, शैली परिवर्तन गर्दै हालसम्म चर्चित रहेको छ। जीवहरुमा डाइनोसर प्रजातिको पृथ्वीबाट पतन भएको परिदृष्य समय परिस्थिति अनुसार आफुलाई ढल्न नसक्नु बुझ्न सकिन्छ। नेपालका सन्दर्भमा प्रजा परिसद् भन्ने दलले समय अनुकुल आफुलाई बदल्न सकेन र अस्तित्व नै लोप भएर गयो भने कांग्रेस पार्टीले राजा, प्रजातन्त्रदेखि गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासम्म आफुलाई परिबर्तन गर्दै लगेको कारण निरन्तर अस्तित्वमा रहेको छ।

यसर्थ निस्कर्षमा यो भन्न सकिन्छ कि पुस्तान्तर प्राकृतिक हो। यसका आफ्नै मौलिकता र महत्व रहेका हुन्छन्। हरेक इतिहासको गर्वमा वर्तमान रहेको हुन्छ। यसर्थ दुवैलाई जोड्ने पुलको काम गर्ने संस्कारहरुको विकास र पुस्ताहरुबीचको सन्तुलनले नै सम्बृद्ध वर्तमान र भरपर्दो भबिश्य मुखी समाज निर्माणमा टेवा पुर्याउने समाजशास्त्रीहरु बताउने गर्दछन्।

पुस्तान्तर कम गर्ने उपायहरु मध्ये खुल्ला विचार र बहसलाई स्वागत गर्ने सामाजिक संस्कार पनि एक हो। नयाँपन र सृजनशीलतालाई पुरस्कृत गर्ने, उचित स्थान दिने र नयाँ र पुरानो पुस्ताबीच निरन्तर सम्वादको संकृतिले पनि यसका नकरात्मक पक्षहरुलाई न्युनीकरण गर्दछ। त्यसगरी विभिन्न किसिमका चाड, पर्व र परम्पराहरुले एउटा पुस्ताको संस्कार अर्को पुस्ताले बुझ्ने, हेर्ने र ग्रहण गर्ने वाततावरण बन्न सक्ने मानवशास्त्रीहरुका तर्क गर्छन्।

न्यूनीकरण गर्ने उपायहरु

बीचको पुस्ताले रणनीतिक रुपमा भाषा र संस्कृतिलाई जोड्ने विभिन्न कार्यक्रम र युवा उन्मुख कार्यक्रमहरु चलाएर समुदायसंग मिलान र अन्तर्घुलन गर्ने वातावरण सृजना गर्न सकिन्छ। गैरआवासीय नेपालीहरुको हकमा दुतावासमार्फत बर्षमा कम्तिमा २-३ पटक युवाप्रतिमात्र लक्षित कार्यक्रमहरु गरेर, तिनलाई संगठित गरेर खेलकुद तथा तिनका चाखका नीति तथा कार्यकर्महरुमार्फत मुलधारमा ल्याउन सकिन्छ।

तिनलाई मुलधारमा आउन अप्ठेरो पार्ने बिबिध बाधा बन्धनहरुको खोजि गरेर सहजता प्रदान गर्न सकिन्छ। जस्तै, अहिलेको नेपाली समुदायमा साना नानीहरुमा देखा परेको समस्या भनेको नेपाली भाषा राम्रोसंग लेख्न, पढ्न र बोल्न नजान्नु हो | जव उनीहरु आफ्ना हजुरबुवा, आफन्तसंग सम्वाद गर्न सक्दैनन्, नेपाली भाषाका साहित्य र पुस्तक पढ्न सक्दैनन् भने उनीहरुको भाषा, संस्कृतिप्रतिको सम्वाद प्रक्रिया टुट्ने हुनाले बिस्तारै त्यसप्रति चाख घट्ने र पुस्तान्तरको मुख्य कारक बन्ने देखिन्छ।

समाजमा अधिकांश कार्यक्रमहरु प्रौढ तथा नेपाली भाषा संस्कृतिमा बर्चास्व राख्ने समुदायलाई केन्द्रित गरेर कार्यक्रम गर्ने गरेको पाइन्छ भने युवा केन्द्रित कार्यक्रम केवल युवाको मात्र भूमिका रहेको हुन्छ। यसर्थ दुवै पुस्ताले अन्तर्घुलन हुने एक अर्कालाई बुझ्ने अवसरबाट बन्चित हुने देखिन्छ। कार्यक्रममा युवालाई मुख्य भूमिका भन्दा पनि सहयोगी भूमिका दिने गरिएको पाइन्छ।

आजको युवाले मान-सम्मान, सामाजिक संस्थाहरुमा भूमिका जबर्जस्ती खोज्ने लज्जास्पद प्रवृतिलाई मनपराउँदैनन्। तर, यहाँको समाजमा जुनसुकै कार्यक्रमहरुमा एकै व्यक्तिहरु स्थाई रुपमा भोज भतेर खाने, रिबन काट्ने, बरिष्ठ बनिरहने, प्रमुख अथिति बनिरहने बन्ने चलन बढ्दो छ र त्यो समुदायले हरेक संस्थाको नेतृत्व हत्याएर राखेको कारण नयाँ पुस्ता सामाजिक गतिविधिमा पनि उतिसारो आकर्षित भएको देखिन्न।

(त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर कार्की बेलायतमा बजार र बितिय ब्यबस्थापनमा स्नाकोत्तर अध्ययनसंगै हाल ब्यापार प्रशासनमा बिद्याबारिधिरत छन्।)
Twitter: @bimaljagan , email : jnkarki@gmail.com

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...