Skip to main content

शान्ति र सुशासनका लागि युवाको भूमिका

                                                             शान्ति र सुशासनका लागि युवाको भूमिका
                                              
पृष्ठभूमि ः      युवाको परिभाषा संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्ष उमेर समूहलाई तथा नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष बीचको उमेर समूहलाई युवा भनि परिभाषित गरेको छ । तर, आजसम्म पनि नेपाली युवाको परिभाषामा एकमत भएको छैन । राष्ट्रिय युवा नीतिले एउटा उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको भए पनि युवाको परिभाषाका सम्बन्धमा एकमत भएको पाइदैन ।
युवाहरु शान्ति, विकास र परिवर्तका संवाहक हुन् । विश्वमा भएका हरेक ठूलाठूला परिवर्तनहरु युवाहरुकै कारण सम्भव भएको छ । नेपालका विभिन्न ऐतिहासिक घट्नाहरु, एक दशक लामो आन्तरिक सशस्त्र द्धन्द्ध र युग परिवर्तनकारी ऐतिहासिक जनआन्दोलनमा सहभागी हुने, मारिने, घाइते हुने, विस्तापित हुने, वेपता पारिएका सबैमा युवाहरुको संख्या नै बढि छ । विश्व परिवेशको कुरा गर्दा पनि यीनै कुराहरुलाई इन्कित गर्न सकिन्छ । शान्ति, विकास र सुशासन निर्माणका निम्ति अहिलेको राजनीतिक खिचातानि भएको बेला निकास दिने महत्वपूर्ण जिम्मेवारी युवाहरुको काधमा आएको छ । देशको जर्जर पूर्ण अवस्था र राजनीतिका अस्थीरताको मूख्य कारण दक्ष युवाहरु बेरोगार भई दैनिक सोह्र सयको दरलेले विदेशिएको अवस्था छ ।
युवाको वर्तमान अवस्था ः
राष्ट्रिय युवा नीति २०६६ ले युवाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा समाविष्ट गर्दै नेतृत्वदायी भूमिका स्थापित गर्ने र आधारभूत अधिकारको प्रत्याभूति सहित युवाको सशक्तिकरण मार्फत समृद्ध युवा तयार गर्ने सोच रहेको छ ।
ड्ड    राष्ट्रिय युवा नीतिको पृष्ठभूमिमा उल्लेख भएअनुसार नेपाली युवाको जनसङ्ख्या ३९ प्रतिशत रहेको छ ।
ड्ड    अभिलेखिकरण भएका र नभएका गरी करिब ३० लाख भन्दा बढी युवा आप्रवासी कामदारको रुपमा भारत बाहेकका देशमा कार्यरत छन् ।
ड्ड    भारतमा पनि त्यो भन्दा ठूलो सङ्ख्यामा नेपाली युवा आप्रवासी कामदारका रुपमा कार्यरत छन् ।
ड्ड    वर्तमान तथ्याङ्क अनुसार प्रत्येक वर्ष करिब ४ लाख भन्दा बढी युवा श्रम बजारमा आउँछन् ।
ड्ड    सामाजिक, आर्थिक र भौगोलिक रुपमा नेपाली युवाको अवस्था फरक फरक छ । विशेष गरी विभिन्न सेवा सुविधा र श्रोत साधानमा शहर र गाउँमा रहेका युवाको पहुँचमा भिन्नता छ ।
ड्ड    गाउँमा रहेका युवा बीच अत्यन्त सीमित स्रोत, साधन र अवर रहेको छ ।
ड्ड    तथ्यांक अनुसार कुल जनसंख्याको ८३ प्रतिशत जनसंख्या गाउँमा नै छ, शहरमा त केबल १७ प्रतिशत मात्र हो । युवा भित्र रहेका विविधता, फरक अवस्था, परिस्थिति र वातावरणका कारण एउटै मात्र साझा परिचय बनाउन सकिदैन । यस प्रकारका फरकपनलाई सम्बोधन गर्नका लागि पनि विषयगतरुपमा फरक फरक रणनीति बनाउन आवश्यक छ ।
शान्ति ः
प्रत्यक्ष (भौतिक) तथा अप्रत्यक्ष (संरचनागत) र सांस्कृतिक सबै प्रकारका हिंसाको अनुपस्थिति र सामाजिक समानता र न्यायको उपस्थिति भएको अवस्था नै शान्ति हो । नकारात्मक शान्ति र सकारात्मक शान्तिको रुपमा शान्तिलाई लिईने गरिन्छ ।
सुशासन ः
सुशासन भनेको असल राज्यव्यवस्था हो । समामान्य अर्थमा कानुनको शासनलाई सुशासन भनेर बुझ्ने गरिन्छ । सुशासन जनतप्रति उत्तरदायी, पारदर्शी र जवाफदेहि हुन्छ । सुशासनमा सदाचार पद्धति हुन्छ र दण्डहिनता हुदैन । विकेन्द्रीकरण, असल शासन र प्रजातान्त्रिक सरकार सुशासनका तत्वहरु हुन् ।

अन्तराष्ट्रिय युवा दिवसका अवसरमा विगतमा भएका केहि कार्यक्रमहरु ः
हाम्रो देशमा गाई, गोरु, काग र कुकुरको त दिवस मनाइन्छ भने, हामी युवाको चै दिवस किन नमनाउने त ?
युवा देशको भेरुदण्ड हुन् । बिगत देखि वर्तमान हुदै भविष्यसम्म युवाहरु राज्यका सबै अंगहरुमा सक्रिय भूमिका खोजी गर्दै आईरहेको छ । यहि अवधारणाको सफल कार्यान्वयनको लागि अन्तराष्ट्रिय युवा दिवस २०१५ लाई लिन सकिन्छ । सन् १९९८ बाट अन्तराष्ट्रिय युवा दिवस को सूरु भएको हो । नेपालमा सन् २००३ अगस्ट १२ बाट र मोरङमा सन् २००६ देखि मनाईन्दै आएको हो ।
– मोरङको सदरमुकाम विराटनगरमा सन् २००९ मा राष्ट्रिय स्तरको २ दिने नेपाल युवा सामाजिक मञ्चको आयोजना गरिएको थियो ।
– सन् २०१० मा सप्ताहव्यापी क्षेत्रीय युवा मञ्चको आयोजना गरिएको थियो ।
– सन् २०११ मा पनि सप्ताहव्यापी बिभिन्न कार्यक्रम गरि युवा नीति २०६६ लाई प्रभावकारी कार्यान्वयनका लागि ई–क्याम्पेन्न, ¥याली लयातका कायक्रमबाट दवाव दिईएको थियो ।
– सन् २०१२ मा युवा साझेदारीमा समृद्ध संसारको निर्माण गरौं भन्ने मुल नाराकासाथ विश्वव्यापि रुपमा मनाइएको थियो ।
– सन् २०१३ मा पनि  थयगतज ःष्नचबतष्यल स् ःयखष्लन म्भखभयिऊभलत ँयचधबचम नाराका साथमा सूचनाको हकलाई मूख्य विषय बनाएर रक्तदान, ¥याली, हस्ताक्षर लगायका कार्यक्रमहरु गरिएको थियो ।
– सन् २०१४ मा पनि सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाईएको थियो । जसको नारा थियो ःभलतब िजभबतिज ःबततभचक
–  यस वर्ष (सन् २०१५ मा) थयगतज(अष्खष्अ भलनबनझभलत नाराका साथ विविध कार्यक्रमहरु गरी आयोजनाहरु गरी मनाउन गईरहेका छौं ।
औचित्य ः 
युवा दिवसको औचित्य युवाहरुलाई सचेतना गराई संगठित गर्ने र बेखबर युवाहरुलाई सूसुचित गराउने हो । युवा मन्त्रालयको स्थापना र युवा नीति २०६६ पारित भएता पनि यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन दबाब मुलक कार्यक्रमको रुपमा पनि महत्व राख्दछ । यो दिवस नजानेका, जानिरहेका र जान्न चाहानेहरुको साझा मञ्च हो जहाँ एक अर्काका हरेक विचार र अनुभवहरुलाई एजेण्डा बनाएर ठोस निष्कर्षमा पुगिन्छ । यो एउटा पर्व हो जसको सफलताका लागि सबैको भूमिका समान रहन्छ ।


व्यवहारीक चुनौतिहरु ः
  • युवा पुस्तामा देखिएको समस्या भनेको अधिकांशले नोकरीलाई नै प्राथमिकतादिनु हो । देशमा रोजगारीको अवसर अत्यन्तै कम भएकाले नोकरी पाउन धेरै गाह्रो छ । त्यसले गर्दा बषौं सम्म नोकरीको लागि भौतारिदा भौतारिदै बेरोजगारी समस्या बढिरहेको हुन्छ । यस्तो धरातलिय यथार्थ थाहा हुदाहुदै पनि हामी युवामा सानो तिनो व्यवसाय गरौं भन्ने सोचको विकास हुन सकेको छैन् । किनकी एकातर्फ पढाई गरि सके पछि नोकरी नै गर्नु पर्छ भन्ने मानसिकताले हाम्रो समजमा दह्रो गरी जरा गाडी सकेको छ भने, अर्कोतर्फ पढालेखा मान्छेले सानोतिनो व्यपार व्यवसाय गर्दा समाजमा उसले केहि गर्न नसकेर त्यसो गर्न थाल्यो भनेर कुरा काट्नेहरु धेरै हुने गर्दछन् । 
  • विकासोन्मुख राष्ट्रहरुमा कुनै पनि व्यवसाय सुरुवात र संचालन गर्न सामान्यतः गाह्रौ हुने गर्दछ । अनगिन्ती नियम, कमजोर संस्थागत व्यवस्था, असक्षम कर्मचारीतन्त्र र अशक्त न्याय प्रणालीले व्यवसाय संचालनमा सीधै असर गर्ने हुन्छ । पेशा व्यवसायलाई प्रतिकुल असर पार्न धेरै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न तत्वहरुको पनि भूमिका रहेको हुन्छ ।
  • पेशा व्यवसायको समय सापेक्ष पुस्तान्तरण हुन नसक्नाले परम्परागत पेशा व्यवसाय धरासाहि र तोप हुदै गएको छ । साना तिना पेशा व्यवासाय प्रारम्भ गर्न विभिन्न नीति, नियम र कानुनी समस्याहरुले अवरोध श्रृजाना हुने गर्दछ ।
  • भ्रष्ट कर्मचारी तन्त्रको प्रभाव र हामी जन्म जात नै गरिब मुलुकका गरिब नागरिक हौ भन्ने हाम्रो दिमागमा राखिदिएको हुनाले पनि हामीमा हतोसाहितको भावना उब्जि रहने हुन्छ ।
  •  अस्वाथ्य प्रतिस्पर्दाका कारण पनि पेशा व्यवसायहरु धरासय हुने गर्दछ, हाम्रो समाजमा कसैले कुखुरा पल्यो उसले २÷४ पैसा कमायो भने अरुले त्यसबाट सिकेर अरु नै बंगुर, गाई, बाख्रा पालन नगरि कुखुरा नै पाल्न सुरु गर्ने परिपाटि छ ।
  •   अरुकोमा जागिर गर्दा चै समय हेरि हेरि काममा लाग्ने तर आफ्नो काम वा व्यवसायमा चै पुरा समय नदिने काम चोर प्रवृत्ति हामी हावि भएको अवस्था छ ।
  •   हामी जे काम गछौं, त्यस काममा अनुसाशित भएर लाग्न सकि रहेका छैनम् । जागिर गरेर कोही धनि बनेमा पौरख ठान्ने तर उद्यम गरेर कसैले कमाएमा ठगी गरेर कमाएको ठान्ने हाम्रो समाजको नराम्रो सोचका कारण पनि युवाहरु उद्यम गर्न भन्दा जागिर खाने कुरामा नै लालहित छन् ।
  • यस कारण अहिलेको अवस्था आउनुमा राज्य र सरकार मात्र हैन हामी सबै को बराबर भूमिका रहेको छ
 युवाका समस्याहरु ः
१. कुल जनसंख्याको झण्डै ३९ प्रतिशत जनसंख्या युवाको रहेको अवस्थामा नेपाल सरकारको योजना, बजेट र कार्यक्रम पनि प्रर्याप्त
   मात्रमा त्यस दिशा तर्फ लक्षित भएको पाइन्दैन ।
   वार्षिक ५ लाखको हाराहारीमा युवा विदेशिनु
   वार्षिक २० प्रतिशत युवा मात्र रोजगार हुन सक्नु
२. वेरोजगारी युवाहरुको मुख्य समस्या रहेको वर्तमान अवस्थामा सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमका लागि प्रयाप्त मात्रमा बजेट बिनियोजन नहुनु र संचालन भएका केहि सीपमूलक र रोजगारी लक्षित कार्यक्रमको पनि प्रभाकारी कार्यान्वयनको कमिले उद्देश्य हासिल गर्न नसक्दा वेरोजगार युवाहरुको संख्या दिनानुदिन बढी नियन्त्रण बाहिर पुग्नु ।
३. कार्यक्रम तथा योजनाहरु बनाउँदा सरोकारवालाहरु सँग परामर्श वा अन्तरक्रिया नगरी बनाउनाले युवाका आवश्यकता भन्दा भिन्न किसिमले कार्यक्रम तथा योजनाहरु आउदा त्यसमा युवाको अपनत्व, सहभागिता, पहुँच पुग्न नसक्नाले कार्यक्रमको प्रभावकारीता आवश्यक मात्रमा हुन नसकेको तथा अधिकांश कार्यक्रम लक्षित समूहमा पुग्न नसकी लक्षित समूह लाभान्वित हुन नसकेको ।
४. युवाका क्षेत्रमा भएका लगानी तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकनका लागि कुनै पनि संयन्त्र नभएकाले कुन निकायले के कस्ता काम गरे र कति उपलब्धि भएको छ भन्ने यकिन प्रगति विवरण सरकार र सम्बन्धीत निकायसँग नहुनु ।
५. युवा तथा खेलकुद मन्त्रालयको स्थानीय स्तरसम्म संस्थागत संरचना हुन नसक्दा देशका युवाको वास्तविक आवश्यकता र अवस्था तथा सरकारी युवा कार्यक्रमहरुको प्रभावकारीता थाहा नहुनु ।
६. नेपाल सरकारका विभिन्न मन्त्रालयहरुसँग युवा लाभान्वित हुने प्रकृतिका कार्यक्रमहरु देखिए तापनि युवा नै लक्षित नभनिएकाले युवाहरु लाभान्वित हुने कार्यक्रमहरु अरु नै क्षेत्रमा जाने वा अरु नै समूह लाभान्वित हुने अवस्था हरेको ।
७. युव ाको आवश्यकता जाती, भूगोग, वर्ग, शिक्षा, स्वास्थ्य, लिङ्ग, उमेर, परम्परा, परिवेश, मान्यता आदिमा फरक फरक रहेकोमा सरकारले योजना तथा कार्यक्रम तय गर्दा समावेशीलाई मात्र ध्यानमा राख्दा सबै समेटिन नसक्नु ।
८. सरकारले युवा स्वरोजगारको नारा दिए पनि स्वदेश मै रोजगारी दिनका लागि आवश्यक अध्ययन, अनुसन्धान र कुन समूहका युवा के काम गर्न चाहान्छन भन्ने विवरण नभएको र हाल सम्मका सरकारका योजना, कार्यक्रम र बजेट युवामैत्री हुन नसकेको
९. व्यावहारिक तथा जीवनोपयोगी शिक्षा नीतिका लागि समयअनुकूल परिमार्जनको अभावमा पढेलेखेका युवाहरुले दक्ष जनशक्तिको रुपमा राज्यलाई योगदान पु¥याउनु पर्नेमा, वेरोजगार भई नैराश्य ९म्भउचभककष्यल० को शिकार हुनु परेको छ ।
१०. राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व र स्वमित्व नहुनाले युवाहरु योजना बनाउने, आफ्नो आवश्यकतालाई नीतिगतरुपमा सुनिश्चित गर्ने लगायतका अवसरबाट बञ्चित हुनुपरेको अवस्था छ ।

 समाधानका उपायहरु ः
  • युवालाई सिर्जनशिल, सकारात्मक बाटो हुदै देश विकासमा सहभागि हुन अग्रसर गराउनु ।
  • आवज बिहिन युवाहरुको आवजलाई एकिकृत गरी सरोकारवालाहरु समक्ष पु¥याउने अवसर प्रदान गर्नु
  • असंगठित युवाहरुलाई संगठित गर्दै संजाल निर्माण र सकारात्मक कार्यका लागि पहल गर्नु
  • युवालाई सामाजिक, आर्थिक तथा साँस्कृतिक गतिविधिहरुमा नेतृत्वदायी भूमिकाका साथ सहभागि हुन अभिप्रेरित गर्नु ।
प्रस्तोता
राजु श्रेष्ठ
९८४२०८५९७९
युवा अभियन्ता, अधिकारकर्मी


Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...