Skip to main content

दाहाल र श्रेष्ठलाई षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार


दाहाल र श्रेष्ठलाई षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार
विराटनगर, १६ चैत / नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो ।
विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुक्त योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुक्त रुपमा प्रदान गरेका थिए । यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।
कार्यक्रममा राधिका ट्रष्टका तर्फबाट धनकुटाकी साहित्यकार झमक घिमिरेलाई १ लाख १ हजार १ सय रुपैयाको पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उद्योग, वन तथा पर्यटन मन्त्री जगदीश कुशियत, आर्थिक तथा योजना विकास मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जिवन घिमिरे ,सम्मानित व्यक्ति तारानाथ दाहाल, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना लगायतले पत्रकारहरले लोकतन्त्र, प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिका चर्चा गर्दैै आउने दिनमा निर्भिक भएर सत्य तथ्य सामाचारमा पत्रकारका कलम अझै ससक्त चल्न सकुन भनेर सुभकामना दिएका थिए ।https://khabarpurwanchal.com/2018/03/30/16889/
सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान
सूचना अधिकारको क्षेत्रमा पुरयाउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले ती पुरस्कार दिने निर्णय गरेको हो ।
पुरस्कृत व्यक्ति तारानाथ दाहालले सूचनाको हकसम्बन्धी ऐन ल्याउन, आयोग बनाउन तथा यसलाई प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाले ठूला करदाताको भ्याट छलीसम्बन्धी सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो । दाहाल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
त्यस्तै अर्का पुरस्कृत व्यक्ति राजु श्रेष्ठले मोरङ तथा १ नम्बर प्रदेशमा रही विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकको ऐन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
अधिकतम खुला र पारदर्शी बनाई विधिको शासन स्थापित गर्ने अस्त्रको रूपमा सूचनाको हक एक सशक्त माध्यम हो । विश्वका सयभन्दा बढी मुलुकले यसलाई प्रजातन्त्रको प्राणवायुको रूपमा प्रयोग गर्दै आइरहेका छन् । नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएको सन्दर्भमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले रु.७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा खडा गरेको हो । उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर११ निवासी केदार बस्नेतले  दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नुभएको हो । कोषले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार२०७३ बाट सूचना अधिकार क्षेत्रका अभियन्ता विनय कसजूलाई सम्मानित गरेको थियो ।
पुरस्कार हरेक बर्ष चैत्र १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा विराटनगरमा प्रदान गरिन्छ । शाखाले यसै बर्षदेखि रु.११,१११/राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार२०७४ को स्थापना गरेको हो । यो पुरस्कार १ नम्बर प्रदेशमा सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता/सञ्चारकर्मीलाई प्रदान गरिने नीतिअनुरुप पहिलो पटक विराटनगरका राजु श्रेष्ठलाई दिने निर्णय गरिएको हो ।https://biratkhabar.com/archives/2080
विराटनगर/ नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष तारानाथ दाहाललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत भएका छन् ।

विराटनगर, १७ चैत प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार२०७४ वितरण समारोहमा उनले प्रदेश सरकार जनताको सूचनाकोअधिकार कायम गर्नका लागि कानून मस्यौदा प्रक्रियामा रहेको जानकारी दिए ।
सो अवसरमा मन्त्री कार्कीले पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तारानाथ दाहाललाईरु ५१ हजार रकमसहितको षष्ट्रिका बस्नेता सूचना अधिकार प्रदान गरे ।
यसैगरी प्रदेशका आर्थिक मामिला तथा तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो र सामाजिक विकासमन्त्री जीवन घिमिरेले संयुक्तरुपमा विराटनगरका राजु श्रेष्ठलाई रु ११ हजार १११ को षष्ट्रिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार वितरण गरे ।
विराटनगर११ निवासी केदारबहादुर कार्कीले आफ्नी स्व श्रीमतीका स्मृितमा रु सात लाख अक्षयकोष खडा गरी उक्त पुरस्कारको स्थापना गरेका हुन् । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कायम गर्नका लागि ७५३ स्थानीय तहमा पाँचबुँदे सूचनाको आदेश पठाइसकिएको जानकारी दिए ।
पुरस्कृत व्यक्तित्व दाहालले पत्रकारिता जनता र लोकतन्त्रप्रति उत्तरदायित्व हुनपर्ने बताउँदै अनुसन्धानमूलक र विश्वसनीय पत्रकारिता भएमा जनताको विश्वास आर्जन गर्न सकिन्छ भने ।
 

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329