Thursday, September 25, 2025

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

 



भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्।

सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ।

सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ।

रायमाझी आयोगले कसलाई दोष देखायो?

दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए।

सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरही, नेपाल बार असोसिएशनका पूर्व उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, अधिवक्ता रामकुमार श्रेष्ठ र नेपाल चिकित्सक सङ्घका तत्कालीन महासचिव डा किरण श्रेष्ठ सदस्य थिए।

रायमाझी आयोगको प्रतिवेदन

आयोगले सात महिना लगाएर तयार गरेको प्रतिवेदन २०६३ कात्तिक ३० गते सरकारलाई बुझाएको थियो।

प्रतिवेदनमा २०६१ माघ १९ देखि चैत मसान्तसम्म सरकारमा रहेका ३१ जनालाई दोषी ठहर गरिएको थियो। उक्त अवधिमा मन्त्रिपरिषद्का उपाध्यक्षहरूदेखि सहायक मन्त्री समेतलाई कानुन बनाई कारबाही गर्नुपर्ने प्रतिवेदनको सुझाव थियो।

त्यसैगरी चार वटै सुरक्षा निकायका प्रमुखहरू, तत्कालीन मुख्य सचिवसम्म दोषी रहेको प्रतिवेदनमा औँल्याइएको छ।

नेपाली सेनातर्फ सर्वोच्च पददेखि प्यूठ समेत गरी २५ जना, तत्कालीन जनपद प्रहरीतर्फ पनि सर्वोच्च पददेखि प्रहरी जवानसम्म ७० जना, सशस्त्र प्रहरीतर्फ पनि सर्वोच्च पददेखि हवल्दारसम्म २० जना र राष्ट्रिय अनुसन्धान विभागमा पनि सर्वोच्च पदाधिकारीलाई आन्दोलन दमनमा संलग्न भएको निष्कर्ष निकाल्दै दोषी ठहर गरिएको जनाइएको थियो।

त्यसैगरी विभिन्न पदीय जिम्मेवारीका २२ जना प्रशासकहरूको पनि आन्दोलन दमनमा संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ।

सुरक्षा निकायका कतिपय व्यक्तिहरूलाई ज्यानसम्बन्धी कसुरमा सजाय गर्न समेत सिफारिस गरिएको उक्त प्रतिवेदन कार्यान्वयन नभएको गुनासो हुने गरेको छ।

मल्लिक आयोगको प्रतिवेदनमा के छ?

२०४६ सालको जनआन्दोलनमा मारिएकाहरू

तस्बिर स्रोत,

BBC/AshokDahal

तस्बिरको क्याप्शन,
२०४६ सालको जनआन्दोलनमा ४५ जनाले ज्यान गुमाएका थिए

पहिलो जनआन्दोलन पनि भनिने विसं २०४६ सालको पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा ४५ जनाको मृत्यु र ५०० जनाभन्दा धेरै घाइते भएपछि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो।

उक्त आयोगलाई पोखराको पृथ्वीनारायण क्याम्पसमा विरोध प्रदर्शन गर्ने छात्राहरूमाथि सुरक्षा निकायबाट भएको दमनको पनि छानबिन गर्न कार्यादेश दिइएको थियो।

पूर्वाञ्चल क्षेत्रीय अदालतका मुख्य न्यायाधीश जनार्दन मल्लिकको अध्यक्षतामा बनेको आयोगमा मध्यमाञ्चल क्षेत्रीय अदालतका न्यायाधीशहरू उदयराज उपाध्याय र इन्द्रराज पाण्डे सदस्य थिए।

२०४७ साल असार १० गतेबाट काम सुरु गरेको आयोगले त्यही वर्षको कात्तिक मसान्तसम्मको समय पाएको थियो। तर प्रतिवेदन तयारीमा समय लागे पनि मङ्सिर मसान्तसम्मको समय थपिएको थियो।

आयोगले बुझाएको दुई खण्डको ७०० पृष्ठको प्रतिवेदन लामो समयसम्म गोप्य राखिएको थियो।

सरकारले कहिल्यै औपचारिक रूपमा सार्वजनिक नगरेको यो प्रतिवेदन नेकपा माओवादी केन्द्रका नेता समेत रहेका राजनीतिकर्मी कृष्ण केसीले सूचनाको हक प्रयोग गरेर लिएका थिए। गृह मन्त्रालयले सूचनाको हक अनुसार प्रतिवेदन नदिएपछि राष्ट्रिय सूचना आयोगले २०७३ सालमा प्रतिवेदन दिन मन्त्रालयलाई आदेश दिएको थियो।

आफूले उक्त प्रतिवेदनलाई आधार बनाएर सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेको केसीले बीबीसीसँग बताए।

"ती मुद्दाहरूको फैसला नहुँदै सर्वोच्च अदालतमा आगो लाग्दा धेरै कुरा जलेर गए भन्ने सुनेको छु," उनले भने।'जेन जी' प्रदर्शनका क्रममा सर्वोच्च अदालतको मुख्य भवनमा आगो लगाइएको थियो।

तर सरकारी निकायका अभिलेखमा दुवै प्रतिवेदन सुरक्षित छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद्‌को पुस्तकालयमा रायमाझी र मल्लिक आयोगका प्रतिवेदन सुरक्षित राखिएको बताएका छन्।

मल्लिक आयोगले कसलाई दोषी देखायो?

२०४६ सालको जनआन्दोलनबाट प्रभावित भएका जिल्लाहरू
तस्बिरको क्याप्शन,
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भएका जिल्लाहरू

सर्वोच्च अदालतका पूर्वन्यायाधिश जनार्दनलाल मल्लिक नेतृत्वको जाँचबुझ आयोगले पहिलो जनआन्दोलन दमनमा दुई प्रकारका दोषी औँल्याएको थियो। जसमा प्रहरी प्रशासकहरू र नीति निर्देशनको काम गर्नेहरू छन्।

"मानिस मरेको वा अङ्गभङ्ग जस्ता हजारौँ मानिसहरू घाइते हुनुको प्रमुख दोषी आन्दोलन दबाउन अनुचित अवाञ्छित बलको समेत प्रयोग गर्ने गराउने नीति निर्धारण गरी त्यस्ता क्रियाकलाप गराउने तत्कालीन प्रधानमन्त्रीहरू र आन्दोलन दबाउन तत्कालीन गठन भएका केन्द्रीय सुरक्षा समिति, केन्द्रीय सुरक्षा समन्वय समिति, केन्द्रीय समन्वय समिति एवं पञ्चायत नीति तथा जाँचबुझ समितिमा समेत रही दमन नीति अपनाउन विशेष सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिहरू एवं सम्बन्धित अञ्चलमा विरोध रूपमा दमन नीति कार्यान्वित गराउने सम्बन्धित अञ्चलाधीशहरूनै देखिन्छन्," प्रतिवेदनको पृष्ठ ६८२ मा भनिएको छ।

प्रतिवेदनमा राज्यका मुख्य निकायका पदीय जिम्मेवारीहरूमा रहेकाहरूले 'बदनियत, अनधिकार, अनुचित र ज्यादतीपूर्ण नीति' बनाएर प्रशासनलाई त्यही अनुसार काम गर्न बाध्य गराउँदा जनधनको क्षति भएको उल्लेख छ।

उनीहरूलाई आफ्नो पदीय हैसियत अनुसारको कारबाही गर्न सो आयोगले तत्कालीन राजा वीरेन्द्रलाई सिफारिस गरेको थियो।

मल्लिक र रायमाझी आयोगका प्रतिवेदन किन कार्यान्वयन भएनन्

सङ्घीय संसद् सचिवालयको पुस्तकालय
तस्बिरको क्याप्शन,
सिंहदरबारमा भएको आगजनीपछि पनि सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा दुवै आयोगका प्रतिवेदन सुरक्षित छन्

रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक हुँदाको समयमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्याय आयोगको नेतृत्वमा थिए। उनले रायमाझी आयोग र मानव अधिकार आयोग दुवैका त्यस बेलाका प्रतिवेदनमा गरिएका सिफारिस कार्यान्वयन नभएको बताए।

"हामीले गरेको सिफारिसमध्ये पीडितलाई क्षतिपूर्तिसम्म सरकारले दियो, अपराधीलाई मुद्दा चलाएर सजाय गर्नेतर्फ सरकारले काम गरेन," उपाध्याय भन्छन्।

जाँचबुझ आयोगका अध्यक्ष रायमाझी यस्तो आयोगका लागि नियुक्ति गर्ने, सदस्य बन्ने र कार्यान्वयन गर्ने सबै इमानदार हुनुपर्ने बताउँछन्।

"जसको दायित्व थियो (कार्यान्वयन) गर्नुपर्ने हाम्रो प्रतिवेदन अनुसार त गरिदिएनन् नि। उनीहरूले हामीलाई इमानदार थिएनन् भन्छन् होला। हामी उनीहरूलाई इमानदार भएनन् भन्छौँ होला," उनले भने।

"मलाई उनीहरूले हिम्मत गर्दैनन् भन्ने आशङ्का छँदै थियो। त्यही गरे नि। जसका विभिन्न कारण छन्।"

आयोगका सिफारिस त्यसबेला नै कार्यान्वयन भएका भए त्यसपछि यस्ता घटना नदोहोरिने सम्भावना रहेको रायमाझी बताउँछन्।

मानव अधिकार आयोगका पूर्व अध्यक्ष उपाध्यायका अनुसार त्यसबेला जाँचबुझ आयोग र मानव अधिकार आयोग दुवैले दोषी ठहर गरेकामध्ये अधिकांश सैनिक, प्रहरी, कर्मचारी र राजनीतिक व्यक्तिहरू थिए।

जनआन्दोलनपछि उनी तीनै व्यक्तिहरू राजनीतिक र प्रशासनिक केन्द्रमा रहेको बताउँछन्।

"कारबाही गर्ने ठाउँमा उनीहरू नै भए त्यसकारण कारबाही भएन," उपाध्याय भन्छन्।

उपाध्याय सुरक्षा निकायहरूमा संस्थागत परिवर्तन पनि नभएको बताउँछन्।

अबको आयोग कस्तो बन्नुपर्छ

प्रधानमन्त्री सुशीला कार्की सहित उनको मन्त्रिमण्डलका सदस्यहरू

मानव अधिकार आयोगका पूर्व अध्यक्ष उपाध्याय अन्तर्राष्ट्रिय मानव अधिकार अदालतमा काम गरेको अनुभव भएका व्यक्ति समेत राखेर जाँचबुझ आयोग बनाउँदा त्यसको प्रभावकारिता धेरै हुन सक्ने बताउँछन्।

"अन्तर्राष्ट्रिय अनुभव भएका एकाध जना पनि सम्मिलित हुन सके भने केही गर्छन् कि," उपाध्याय भन्छन्।

"नेपालीमा पनि स्वतन्त्र संस्थामा काम गरेको र स्थापित विश्वसनीयता भएको मान्छेहरू राख्यो भने मात्रै हो। नभए नेपालमा गाह्रै छ," उनी भन्छन्।

विसं २०६३ मा बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष रायमाझी दबावलाई सामना गरेर पनि आयोगले काम गर्नुपर्ने बताउँछन्।

उनले आफूहरूलाई पनि विभिन्न किसिमका दबाव आएको बताए। आयोगप्रति विश्वास आर्जन गर्नु अहिले सबैभन्दा ठूलो चुनौती आफूले देखेको उनको भनाइ छ।

"दबाव हुन्छ। अनेक हुन्छ नि। त्यसलाई सामना गरेर जान सक्नु पर्‍यो। त्यो बेला र अहिलेको बेलाको अवस्था फरक छ," उनले भने।

'समय अपुग हुन सक्छ'

बीबीसीसँगको विशेष कुराकानीमा प्रधानमन्त्री सुशीला कार्कीले जाँचबुझ आयोगलाई बढीमा ४५ दिनसम्मको समय दिन सकिने बताएकी छन्।

तर मानव अधिकार आयोगका पूर्वअध्यक्ष उपाध्याय र २०६३ को जाँचबुझ आयोगका अध्यक्ष रायमाझी एक वा डेढ महिनाको मात्रै समय यस्तो आयोगका लागि अपुग हुन सक्ने बताउँछन्।

"अङ्ग्रेजीमा एउटा भनाइ छ 'जस्टिस हरिड इज् जस्टिस बेरिड' अर्थात् चाँडै गर्न थाल्यो भने पूर्ण न्याय हुँदैन कि जस्तो लाग्छ। किनभने तिनीहरूलाई पनि केही प्रमाण दिन, प्रतिरक्षाको लागि केही भन्न पाउने अधिकार पनि दिनुपर्छ। सुनुवाइ गर्नुपर्छ, बिना सुनुवाइ त मान्छेलाई सजाय गर्नु न्यायोचित हुँदैन," उपाध्याय भन्छन्।

"त्यो एक महिनाभित्र सम्भव छैन।"

आयोगमा नियुक्त हुने व्यक्तिहरूको कार्यक्षमतामा त्यस्ता आयोगबाट काम सक्न लाग्ने समय निर्धारण हुने पनि उनीहरूको भनाइ छ।

मानव अधिकार आयोगलाई किन 'विश्वास गरिएन'?

जेन जी प्रदर्शनबाट भग्नावशेष बनेको सिंहदरबार

तस्बिर स्रोत,

RSS

राष्ट्रिय मानव अधिकार आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा भदौ तेस्रो साता भएका घटनाहरूको अनुसन्धान गरिरहेको जनाएको छ।

एक देखि डेढ महिनाभित्र आयोगले आफ्नो प्रतिवेदन बुझाउने योजनासहित काम गरिरहेको थापाले बताइन्।

आयोगका पूर्वअध्यक्ष उपाध्याय र वर्तमान आयुक्त थापा आयोगले मानव अधिकार आयोगले मानव अधिकारको विषय मात्रै हेर्ने भएका कारण अन्य क्षतिको पनि जाँचबुझ आवश्यक पर्ने भएकाले फरक आयोगको माग भएको हुनसक्ने बताउँछन्।

"आयोगले गरेका सिफारिस पनि सरकारले नै कार्यान्वयन गर्ने हो। हामीले मानव अधिकारको पक्ष मात्रै हेर्ने भएका कारण सरकारले अन्य क्षतिका लागि आयोग बनाउन लागेको हुन सक्छ," थापाले भनिन्।


    • Copy Right 
    • https://www.bbc.com/nepali/articles/c24r92d62g2o
    • अशोक दाहाल
    • Role,
      बीबीसी न्यूज नेपाली


Wednesday, September 24, 2025

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE


सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस
छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,
 स्थान : NTV इटहरी, 
प्रशारण :२०८२ भदौ ३ गते मंगलबार ।

राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम ।

सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद ।

राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !!
https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G



 











https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

सुशासनका पाइला पर्खिरहेको जुत्ता

देशमा बेरोजगारीले पिल्सिएर रुसी सेनामा भर्ती भएका युवाले ज्यानको बाजी लगाएर कमाएको पैसाबाट किनेको जुत्ता अहिले नेपालको जेन–जी आन्दोलनको ‘आइकन’ बनेको छ।

  • Shoes waiting for good governance

    काठमाडौँ — जेन–जी आन्दोलनको बलमा सत्ता बदलिएको दुई साता भइसक्यो तर त्यस आन्दोलनका अनेक दृश्य सामाजिक सञ्जालमा अझै घुमिरहेका छन् । तिनमा सर्वाधिक चर्चा र चासो बनेको दृश्य हो, रगतले लतपतिएको सेतो जुत्ता । जेन–जी विद्रोहको आइकन बनेको यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेकन अड्कलबाजी भेटिन्छन् ।

    आखिर यो जुत्ता थियो कसको ? कसको रक्ताम्य खुट्टाबाट छुटेको थियो यो जुत्ता ? कान्तिपुरले खोजबिन गर्दा थाहा भयो– यो जुत्ता २८ वर्षीय प्रकाश बोहराको हो । दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका प्रकाश अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।

    आन्दोलनको पहिलो दिन २३ भदौमा ११ बजेतिरै प्रकाश साथीभाइसँग माइतीघर पुगेका थिए । उनी आफ्नो पुस्ताको आवाज घन्काउँदै बानेश्वरतिर लम्किए । प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि पर्वाह गरेनन्, संसद् भवनको पर्खालनेरै पुगे । केही प्रदर्शनकारीले संसद् भवन बाहिरको पर्खाल भत्काउन सुरु गरिसकेका थिए ।

    ‘त्यहीँ मिसिएर मैले फलामे बार तान्दै गर्दा देब्रे खुट्टामा गोली लाग्यो । म लत्रक्कै परें,’ अस्पतालको बेडमा रहेका प्रकाशले सुनाए । गोली लाग्दै गर्दा सँगै गएका उनको सालो पर्ने विप्लव थापाले भिडियो खिचिरहेका थिए । भिडियोमा प्रकाशको सेतो जुत्ता प्रस्टै देखिन्छ । उनलाई गोली लागेपछि भने आन्दोलनकारी तितरबितर भएको भिडियोमा देखिन्छ ।

    गोली लागेपछि खुट्टा रक्ताम्य भएको र साथीहरूले एम्बुलेन्समा चढाएको प्रकाशलाई याद छ । ‘मेरो खुट्टा लत्रिरहेको थियो । एम्बुलेन्समा हाल्ने बेला कसैले जुत्ता खोल्दे भनेको सुनेको थिएँ । खुट्टाबाट कसैले जुत्ता खोलिदिएको पनि सम्झना छ,’ उनले सुनाए, ‘त्यसपछि मलाई यहाँ (ट्रमा सेन्टर) ल्याइएछ । दाहिने खुट्टाको जुत्ता यहीँ आएपछि स्वास्थ्यकर्मीले खोलिदिएछन् ।’ ट्रमा सेन्टरमा उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । आईसीयूमा उपचार चलिरहेका बेला प्रकाशले कसैको रक्ताम्य जुत्ताको फोटो भाइरल भएको सुनेका थिए । तर त्यो आफ्नै हो भन्नेमा उनलाई थाहा थिएन । आन्दोलनपछिको नवौं दिन विप्लवले सुनाए, ‘भिनाजु तपाईंको जुत्ता पूरै भाइरल छ त ।’

    सुरुमा त उनले यसलाई सामान्य रूपमा लिए । दुई दिनपछि आईसीयूमा नर्सहरूसँग मोबाइल मागेर भाइरल भएको त्यो फोटो नियालेर हेरे । उनले सुनाए, ‘त्यसपछि म निश्चित भएँ, त्यो मेरै जुत्ता हो । त्यो जुत्तासँगै फेरि म आन्दोलनको सम्झनामा पुगेँ ।’

    प्रकाशले विवरण सुनाएपछि कान्तिपुरले उनको दाहिने जुत्ताबारे अस्पतालको इमर्जेन्सी कक्षमा बुझ्यो । इमर्जेन्सीमा कार्यरत सरसफाइकर्मीले उनको खुट्टामा भएको दाहिने जुत्ता अस्पतालमा खोलिएको र जोडा नभएका कारण त्यसलाई फोहोर व्यवस्थापन गर्दा फालिएको बताए ।

    Shoes waiting for good governanceजेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण-८ निवासी २८ वर्षीय प्रकाश बोहरा १७ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा। तस्बिर : अंगद ढकाल/कान्तिपुर

    यो जुत्ताको कथा यतिमै सीमित छैन । यससँग प्रकाशको संघर्षपूर्ण विगत पनि जोडिएको छ । २०७३ मा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि प्रकाश लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए । भनेजस्तो नभएपछि उनले केही समय विभिन्न परियोजनामा काम गरे ।

    केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गरे । घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आम्दानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिएका थिए । भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो । ऋण बढ्दै गएपछि उनले विभिन्न विकल्प खोजे, धेरैमा असफल भए । उनको छटपटी बढिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भयो । साथीभाइको सल्लाहमा उनले रुसी सेनामा भर्ती हुन जाने निर्णय लिए ।

    दुई वर्षअघि प्रकाश रुसी सेनामा भर्ती पनि भए, युक्रेनविरुद्धको लडाइँमा होमिए । यसरी रुसी सेनामा भर्ती भएका करिब ७३ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । ५० जनाको डीएनए रिपोर्ट आउन बाँकी छ । ८ जना युक्रेनमा बन्धक छन्, कयौं घाइते र सम्पर्कविहीन छन् । तर संयोगले प्रकाश भने पाँच महिनाअघि सकुशल नेपाल फर्किन पाए ।

    लडाइँका क्रममा युक्रेनको दोनेत्स्कसम्म पुगेका उनले भने, ‘मसँगै तालिम लिएका साथीहरू मारिए । म बालबाल बाँचेर फर्किएँ । तर आफ्नै देशको हितका लागि सडकमा ओर्लिंदा गोली खाएँ ।’ रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– अहिले भाइरल बनेको सेतो जुत्ता । साम्बा ब्रान्डको त्यो जुत्ता उनले १५ सय रुपैयाँमा किनेका थिए ।

    जुत्ता किनेपछि प्रकाशले श्रीमती राधिका खड्का बोहरालाई ह्वाट्सएपमार्फत फोटो पनि पठाएका रहेछन् । त्यही ह्वाट्सएपको अर्काइभ हेर्दा पनि उनकै जुत्ता थियो भन्ने पुष्टि हुन्छ । अर्काइभ खोल्दै उनले सुनाए, ‘मे ८ (२५ वैशाख) मा किनेको रहेछु ।’

    जुत्ता किन्नुअघि प्रकाशले पत्नी राधिकालाई पनि सोधेका थिए । ‘उहाँले एकदम मनपर्‍यो भन्नुभएको थियो, मैले किन्नुस् न भनेकी थिएँ । उहाँले त्यो सेतो धेरै लगाउनुभएकै थिएन । सायद धेरै दुःखको कमाइले किनेकाले होला, एक दिन लगायो भने धोएर राखिहाल्नुहुन्थ्यो,’ उनले भनिन् ।

    रुसी सेनाबाट फर्केपछि प्रकाश कतार प्रहरीमा जाने योजनामा थिए । त्यसैका लागि प्रक्रिया अघि बढाउन दुई महिनाअघि काठमाडौं आएका थिए । तर उनको मन थिर थिएन । देशभित्रको बेरोजगारी अनि कामकै लागि जीवनको दाउ लगाएर विदेशिनुपर्ने बाध्यताले आम युवाजस्तै उनी पनि बेचैन थिए । एक दिन कुरै कुरामा प्रकाशले आमासँग भनेका पनि थिए, ‘ममी, मलाई साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो ।’ छोराको बचन सुनेर आमाले गहभरि आँसु पारिन् ।

    त्यही बीच प्रकाशले आफूजस्तै बेचैन युवाहरू सडकमा उत्रिने खबर पाए । ‘म पनि जान्छु भनेर निर्णय लिएँ । कमसेकम मेरो भाइ पुस्ता अहिलेको जस्तो अवस्थाबाट गुज्रनु नपरोस् भनेर आन्दोलनमा गएको हुँ ।’

    त्यो दिन बिहान आन्दोलनमा जान सेतो टोपी, सेतो ‘विन्डचिटर’ र सेतै जुत्ता लगाउँदै गर्दा प्रकाशको मनमा मिलिक्क एउटा शंका आएको थियो, ‘कतै मेरो यो सेतो कपडा रातो हुने त हैन ?’ तर, रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा खटिएका प्रकाश आफ्नो शंकामा धेरै घोत्लिएनन् ।

    Shoes waiting for good governance

    प्रकाश आन्दोलनमा गएको बा, आमा, श्रीमती कसैलाई थाहा थिएन । राधिकाले सुनाइन्, ‘छिमेकीले समाचारमा देख्नुभएछ । उहाँको नाम पनि घाइतेहरूको सूचीमा थियो । गोली लागेको खबरपछि त रुवाबासी नै भयो ।’ आमा नन्दाले छोरालाई गोली लागेको खबर सुन्दा छाँगाबाट खसेझैं भएको बताइन् । ‘दसैंका लागि बुधबार आउँछु भनेको थियो । तर दुई दिन अगाडि नै यस्तो खबर सुन्नुपर्‍यो,’ आँखाको टिलपिल आँसु पुछ्दै उनले भनिन् ।

    प्रकाशकी आमा र १६ महिने छोरासहित राधिका अहिले अस्पतालमा कुरुवा छन् । कहिले प्रकाशलाई सन्चो हुन्छ र घर लिएर जान पाइन्छ भन्नेमा मात्रै उनीहरूको ध्यान छ । आमा नन्दाले सुनाइन्, ‘डाक्टरले यहाँ अझै धेरै समय बस्नुपर्छ भनेका छन् । तर कहिलेसम्म हो !’

    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार प्रकाशको स्वास्थ्य सुधारोन्मुख छ । ‘उहाँको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । गोलीले रक्तनलीको नसा र चेतना पाउने नसामा गहिरो असर छ । हामीले उपचार जारी राखेका छौं,’ उनले भने, ‘हड्डीमा पनि असर परेकाले थप अपरेसन गर्नुपर्नेछ ।’

    आन्दोलनमा गोली लागे पनि प्रकाशलाई केही गुमाएझैं लागेको छैन । बरु आफूले परिवर्तनको आशा गरिरहेको उनले सुनाए । ‘जेन–जीले खाएको गोलीबाट बनेको सरकारले मृतक परिवार र घाइतेलाई राहत देओस् । भ्रष्टाचार अन्त्य गरोस्, सुशासन कायम गरोस्,’ उनको कामना यत्ति छ ।

    प्रकाशित : आश्विन ९, २०८२ ०६:२९ 
  • Copy Right :

  • https://ekantipur.com/news/2025/09/25/shoes-waiting-for-good-governance-24-46.html?fbclid=IwdGRjcANBjA9jbGNrA0GLDmV4dG4DYWVtAjExAAEe2L1lZsYT9e66wYdw6YnsdkHOudX6NlFC9L2zC3I62boMk5BM1tlsBQw6n40_aem_1v5R1MUiWubkY9Afj0o5mg














Tuesday, September 23, 2025

त्यस्तो आधार भनेको स्थीर सरकार,सुरक्षित वातावरण, पारदर्शी कानुनी शासन र सिर्जनशील युवाशक्ति हो। यी आधार बिना नेपाल उठ्न चाहेर पनि कहिल्यै उठ्न सक्दैन।

  ‘हामी फेरि पनि उठ्नेछौं’ भन्ने नारा सडकमा गुन्जिरहे पनि उठ्न आधार चाहिन्छ । राति ओछ्यानमा सुतेर बिहान उठेको भाषामा यस्तो नारा लगाउनुको कुनै अर्थ छैन । त्यस्तो आधार भनेको स्थीर सरकार,सुरक्षित वातावरण, पारदर्शी कानुनी शासन र सिर्जनशील युवाशक्ति हो। यी आधार बिना नेपाल उठ्न चाहेर पनि कहिल्यै उठ्न सक्दैन।

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मो...