Monday, December 21, 2020

सूचना मागपछि खुलेको तथ्य : भारत घुमेर प्रदेश सांसदले बुझे झण्डै एक-एक लाख भत्ता

 

सूचना मागपछि खुलेको तथ्य : भारत घुमेर प्रदेश सांसदले बुझे झण्डै एक-एक लाख भत्ता

 

लुम्बिनी प्रदेशका सांसदहरू भारत भ्रमणमा जाँदा अत्यधिक भ्रमण भत्ता बुझेको पाइएको छ ।

गत वर्ष मंसिरमा साबिक प्रदेश ५ (हाल लुम्बिनी) प्रदेशको स्थायी राजधानी र नामकरण सिफारिश प्रयोजनका लागि गठित विशेष समिति भारत भ्रमणमा गएको थियो । 

प्रदेश सभा सदस्य र कर्मचारी गरी १४ सदस्यीय टोलीले भ्रमणबाट झण्डै एक/एक लाख रुपैयाँसम्म भ्रमण भत्ता बुझेको भेटिएको हो । 

नाम र राजधानीको अध्ययन गर्ने नाममा बनाइएको समितिले जिल्लागत रूपमा सुझाव संकलन, विदेश भ्रमण, विज्ञको अध्ययन टोलीसँग छलफलका नाम आधा करोड (५० लाख रुपैयाँ भन्दा बढी) खर्च गरेर ‘फेज आउट’ भयो ।  
भ्रमणमा गएका सांसदहरूले दैनिक १३ हजार ५२२ रुपैयाँका दरले एक सातामा जनही ९४ हजार ६५४ रुपैयाँ भ्रमण भत्ता बुझेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।


aaaaaaaaa

भ्रमणमा गएका ११ जना सांसदहरूलाई १० लाख ४१ हजार १९८ रुपैयाँ भ्रमण भत्ता भुक्तानी गरिएको छ । भ्रमणमा समितिका संयोजक प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगर, तथा सदस्यहरू सहसराम यादव, निर्मला क्षेत्री, कल्पना पाण्डे, तारा जिसी, तुलसीप्रसाद चौधरी, तेजबहादुर ओली, नारायणप्रसाद आचार्य, बाबुराम गौतम, वीरबहादुर राना र विष्णु प्रसाद पन्थी गएका थिए । 

त्यस्तै भ्रमणमा प्रदेश सभाका सचिव दुर्लभकुमार पुन, प्रदेश सभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठ, सूचना अधिकारी दिनेश अधिकारी र लेखा अधिकृत आलोक अग्रहरि पनि सहभागी थिए । कर्मचारीले पनि उनीहरूकै हाराहारीमा भत्ता बुझेका छन् । समितिको टोली २०७६ मंसिर २१ देखि २७ गतेसम्म भ्रमणमा गएको थियो । 

प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐनमा उल्लेख भएअनुसार नै भ्रमण भत्ता लिएको बताए ।

‘सांसद विदेश भ्रमणका जाँदा दैनिक १३५ अमेरिकी डलर पाउने कानूनमै व्यवस्था गरिएको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘त्यही व्यवस्था अनुसार सांसद र भ्रमणमै गएका कर्मचारीहरूलाई पनि भत्ता दिइएको छ । कानूनबाहिर गइएको छैन ।’ 

त्यस्तै भारत भ्रमण जाँदा हवाईजहाज प्रयोग गर्दा सांसदले १ लाख ७९ हजार ६१६ र गाडी भाडाबापत १ लाख ७१ हजार २०६ रुपैयाँ खर्चिएका छन् ।

भारत भ्रमणमा १७ लाख ५७ हजार ११६ खर्च भएको सचिवालयको बताएको छ । 

सांसदहरू  बुटवलबाट गाडी रिजर्भ गरी भारतको गोरखपुरसम्म गएका थिए । 

त्यहाँबाट हवाइजहाज प्रयोग गरी दिल्ली, चण्डीगढ लगायतका शहरहरूमा गएर त्यहाँका प्रदेशका विधायकहरूसँग अनुभव लिएका थिए ।  

आवश्यक नै नभएको समिति गठन गरेर स्थायी राजधानी र नामकरणका लागि प्रदेश सभाले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।

प्रदेश सभा सचिवालयले दिएको तथ्यांकअनुसार प्रदेशकै १२ जिल्लामा सुझाव संकलनका लागि जाँदा १३ लाख १७ हजार ३९२ खर्च भएको थियो, त्यसमध्ये सवारी साधन, भाडा तथा इन्धनमा ३ लाख ६४ हजार ३८२, होटल, खाजा नास्तामा २ लाख ७३ हजार ८९५ र प्रतिवेदन लेखनमा ४ लाख १९ हजार १७५ खर्च भएको विवरणमा उल्लेख छ । 

प्रदेशको स्थायी राजधानी र नामकरणका विषय राय बाझिएपछि भारतका विभिन्न राज्यमा गएर सुझाव र अनुभव लिन भन्दै टोली भ्रमणमा गएको थियो ।

त्यसको एक वर्ष पुग्नै लाग्दा यहीँ असोजमा १९ गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नामकरणको विषय टुंगो लागेको छ । 

प्रदेश सभाले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी कायम गरेको छ ।  प्रदेशको स्थायी राजधानी टुंगो लगाउन झण्डै तीन वर्ष लाग्यो । 

यसरी राजधानी तोक्ने क्रममा उक्त समितिको प्रतिवेदनलाई कुनै महत्त्व दिइएन, बरु सत्तारुढ दल नेकपाका अध्यक्षद्वयको सहमतिलाई प्रदेश सभाले लालमोहर लगायो ।

समितिको प्रतिवेदन रद्दीको टोकरीमा फालेसरह भयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा सुशासनविद् खेमराज रेग्मीले नेपालका नेताहरूले राजनीतिलाई कमाउने धन्दाको रूपमा प्रयोग गर्न थालेको बताउँछन् ।

‘कानूनी रूपमा राखिएका छिद्र पहिल्याएर पदको दुरुपयोग गर्छन् । निकृष्ट ढंगबाट कानूनमा व्यवस्था राखेर लिइने सुविधा नीतिगत भ्रष्टचार हुन्छ,’ रेग्मीले लोकान्तरसँग भने । 

नेपालका नेताहरू विलासी बन्दै गएको रेग्मीको भनाइ छ । 

 

स्रोत : लोकान्तर अनलाइन

Wednesday, December 9, 2020

सूचनाको हकको राष्ट्रिय सञ्जाल १ नं. प्रदेश समिति गठन

 

सूचनाको हकको राष्ट्रिय सञ्जाल १ नं. प्रदेश समिति गठन 

 

    सूचनाको हकको प्रयोग र यसको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सूचनाको हकको राष्ट्रिय सञ्जाल अन्तर्गत प्रदेश समिति गठन भएको छ ।

    केन्द्रिय समितिले प्रदेश नं. १ मा राजु श्रेष्ठको संयोजकत्वमा १७ सदस्य तदर्थ समिति गठन गरेको हो ।

    सञ्जालको सहसंयोजकमा पाचथरका सूचना अभियन्ता तथा पत्रकार मंगल बेघा भएका छन् भने सदस्य सचीवमा सुनसरीका सूचना अभियन्ता बिष्णुप्रसाद चौलागाईं भएका छन् ।

    यसैगरी प्रदेश समिति सदस्यहरुमा प्रदेश एकका १४ वटा जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य छनिएको छ । सदस्यहरुमा सोलुखुम्बुबाट बुद्धवीर बाहिङ्ग, ओखलढुंगाबाट जीवन शर्मा, संखुवासभाबाट दिपेन्द्र शाक्य , खोटाङबाट लोकनाथ घिमिरे, उदयपुरबाट वीरबहादुर मगर, भोजपुरबाट ईश्वरीप्रसाद ढकाल, तेह्रथुमबाट खगेन्द्र सापकोटा, धनकुटाबाट संगीता चापागाईं, ताप्लेजुङबाट देवराज गुरुङ, पाँचथरबाट युधिष्ठिरराज आमगाई, ईलामबाट राम योङ्हाङ्ग, झापाबाट मनोज लिम्बु, मोरङ्गबाट पिताम्बर घिमिरे र सुनसरीबाट आईतिमाया तामाङ चयन भएका छन् । 

    सूचनाको हकको प्रचलन, प्रर्वद्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो ।

    सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गर्नेछ । 

    संजालका केन्द्रिय संयोजक उमिद वागचन्द, केन्द्रिय सदस्य सचिव अजयकुमार शाह, केन्द्रिय सल्लाहकार टंक अर्याल, पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेभ ढुंगाना, सूचना अभियन्ता नोदनाथ त्रिताल लगाएतको उपस्थितिमा संजालको तदर्थ समिति घोषणा भएको हो ।

Monday, December 7, 2020

कोशी कोभिड अस्पतालको ठेक्कामा तीन करोडको चलखेल ! सबैभन्दा बढी मूल्य कबोल गर्ने हस्पिटेकसँग सम्झौता

 

कोशी कोभिड अस्पतालको ठेक्कामा तीन करोडको चलखेल ! 

सबैभन्दा बढी मूल्य कबोल गर्ने हस्पिटेकसँग सम्झौता


२३ मंसिर २०७७

विराटनगर । कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट सप्लायर्सलाई पार्न तीन करोड रुपैयाँ बढी कबोल गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।

देशभर ३५०० एचडीयू सञ्चालन गर्न भन्दै संघीय सरकारले अस्पतालहरु तोकेको थियो । जसमध्ये विराटनगरको कोशीमा एचडीयू सञ्चालनका लागि संघीय सरकारले ९ करोड बजेट विनियोजन भएको छ । बजेट आएलगतै प्रदेश १, सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मेडिकल उपकरण खरिदका लागि कात्तिक २८ गते सूचना निकालेको थियो । इलेक्ट्रोनिक बिडिङमार्फत तीन सप्लायर्स छनोट भएका छन् ।

तर स्वास्थ्य निर्देशनालयले सबैभन्दा धेरै कबोल गर्ने सप्लायर्स ‘हस्पिटेक इन्टरप्राइजेज’सँग रातारात सम्झौता गरेको पाइएको छ । हस्पिटेक इन्टरप्राइजेज नेकपा निकट मेडिकल सप्लायर्स विशाल पण्डित समूहको कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक नेतृत्वसँग पहुँचका भएको यो समूहले कोभिड कालका स्वास्थ्य सामग्री आपूर्तिमा ठेक्का हात पार्दै आएको छ ।

कोशी अस्पतालमा दुईवटा कम मूल्य प्रस्ताव गर्ने कम्पनी छाडेर ३ करोड रुपैयाँ बढी कबोल गरेको हस्पिटेकलाई ठेक्का दिइएको छ । अनलाइनखबरलाई प्राप्त कागजपत्र अनुसार टेण्डर प्रतिस्पर्धामा सहभागी निक्की फर्मा डिस्टिब्युटरले ५ करोड १ लाख ८७ हजार ७६३ र जिआईएच हेल्थ केयर प्रालीले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ कबोल गरेको थियो ।


तर त्यही कामका लागि ८ करोड २९ लाख १९ हजार ४०० रुपैयाँ कबोल गरेको हस्पिटेक इन्ट
रप्राइजेज, तीनकुने काठमाडौंलाई छनोट गरेर सम्झौता गरेको पाइएको छ । ‘हामीले त सम्झौता गर्‍यौं, अब सामान आउँछ’ स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले भने, ‘प्राविधिक समितिको सिफारिस अनुसार सप्लायर्स छनोट भएको छ ।’

सार्वजनिक खरिद ऐनअनुसार पनि न्यूनतम मुल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउनुपर्ने हो । कुनै कारणले त्यो कम्पनीको प्रस्ताव अस्वीकृत भयो भने दोस्रो कम मूल्य कबोल गर्ने कम्पनीमा जानुपर्छ । तर स्वास्थ्य निर्देशनालयले ३ करोड २८ लाख रुपैयाँ बढीको बोलपत्र पेश गरेको हस्पिटेकसँग सम्झौता गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय का अधिकारीहरु पनि ‘टेन्डर प्रक्रिया र छनोटमा हतार हतार गरेर चलखेल गरिएको बताउँछन् । ‘स्वास्थ्य सामाग्री खरिदमा सिधै तीन करोड रुपैयाँ चलखेल भएको प्रष्ट देखिन्छ’ एक अधिकारीले भने । क्षेत्रीय निर्देशक मेहता भने प्राविधिक समितिमार्फत आएको रिपोर्टका आधारमा बढी शुल्क पेस गर्नेलाई जिम्मा दिएको तर्क गर्र्छन् । सामाग्रीको स्पेसिफिकेसनका आधारमा महंगो मूल्य पेश गर्ने छनोटमा परेको उनको दाबी छ ।

http://anticorruptionpost.com/?p=30125#

Tuesday, November 17, 2020

वित्तीय विवरणमा के–के हेर्ने?

 

वित्तीय विवरणमा के–के हेर्ने?

प्रस्तुतिः सबिना बजगाई  

 

शेयर बजारमा लगानी गर्नुअघि तपाईले लगानी गर्न लाग्नु भएको कम्पनी कस्तो छ भन्ने कुरा थाहा पाउन अति अवाश्यक छ। बिना जानकारी अरुको लहलहैमा लागेर लगानी गर्नाले लगानी डुब्ने सम्भावना बढी हुन्छ। कम्पनीको बारेमा धेरै कुरा थाहा पाउन नसकेपनि यसको वित्तीय अवस्थाको बारेमा हरेक लगानीकर्ता जानकार हुनु पर्दछ। 

कम्पनीले हरेक त्रैमास अर्थात प्रत्येक तीन तीन महिनामा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्छन्। तीनै विवरणहरुलाई हेरेर त्यसैको आधारमा लगानीका रणनीति बनाउनु तथा निर्णय लिनु उत्तम हुन्छ। तर, सबै लगानीकर्ताहरुले सो वित्तीय विवरण हेर्न जान्दछन् भन्ने हुँदैन।

शेयर बजारमा विभिन्न प्रकृतिका कम्पनीहरु छन्, जस्तैः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी आदि। फरक प्रकृतिका कम्पनीहरुले फरक फरक वित्तीय विवरण प्रकाशित गर्दछन्। उदाहरणका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुले एकै प्रकारका वित्तीय विवरण प्रकाशित गर्दछन्। तर, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी, जलविद्युत कम्पनी लगायतले प्रकाशित गर्ने विवरण फरक फरक हुन्छन्।

कम्पनीअनुसार वित्तीय विवरण फरक फरक भएपनि केही शिर्षकहरु यस्ता हुन्छन् जुन हरेक वित्तीय विवरणमा अनिवार्य दिइएको हुन्छ।हरेक कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा चुक्ता पूँजी, जगेडा कोष, खुदनाफा, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात दिएका हुन्छन्। यी सबै सूचकहरुले कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी दिन्छन्।

विवरणमा पछिल्लो त्रैमासको मात्रै विवरण दिईएको हुँदैन। सोसँग तुलना गर्न गत आवको सोही त्रैमासको विवरण पनि दिइएको हुन्छ। जसले गर्दा लगानीकर्ताहरुलाई पहिलेको अवस्था र अहिलेको अवस्था तुलना गर्न सजिलो हुन्छ।

चुक्ता पूँजी र जगेडा कोषले कम्पनी कति मजबुत छ? भन्ने कुरा बताउँछ भने खुद नाफाले व्यवस्थापक पक्षले कसरी कम्पनी चलाईरहेको छ भन्ने प्रष्ट पार्छ। व्यवस्थापन पक्ष राम्रो छ भने कम्पनीको नाफा बढ्दै जान्छ। तर, व्यवस्थापकहरुले राम्रो निर्णय लिन सकेनन् अथवा गलत निर्णय लिएको खण्डमा कम्पनी नोक्सानीमा जाने सम्भावना हुन्छ। कोही पनि लगानीकर्ताले प्रगति नगरेको या घाटामा गएको कम्पनीमा लगानी गर्न चाँहदैनन्।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात आफुले लगानी गरेको कम्पनीले कति प्रतिफल दिन्छ? भनेर हेर्ने आधार हो। प्रतिशेयर आम्दानी जति बढी भयो त्यति राम्रो मानिन्छ भने 

 

 मूल्य आम्दानी अनुपात कम भएका कम्पनीहरुमा लगानी गर्नु उपयुक्त मानिन्छ। यद्यपि, वित्तीय विवरणकै आधारमा मात्रै सम्पूर्ण लगानीका निर्णय गर्न नहुने जानकारहरु बताउँछन्।

अहिले मुलकभर लकडाउनको समय छ । यद्यपी कतिपय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छन्। यस्तो समयमा कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरी बजार खुलेपछि कसरी लगानी गर्ने, कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयहरुमा अध्ययन गर्नाले आगामी दिनमा सफल लगानीकर्ता बन्न सकिनेछ।

कम्पनीहरुले बित्तीय विवरणलाई राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित गर्नुका साथै आफ्नो वेवसाईटमा पनि राखेका हुन्छन् । यसैगरी तपाईले मेरोलगानी वेवसाईटमा पनि हरेक कम्पनीको वित्तीय विवरण सजिलै हेर्न सक्नुहुनेछ भने डाटा एनलाईटिक्सको माध्यमले सहज रुपमा बुझ्न सक्नुहुनेछ ।

यद्यपी वित्तीय विवरणबाट मात्रै कम्पनीको सबै अबस्था र संस्थागत सुशासन राम्रो हो भन्न सकिदैैन, त्यसका लागि अघिल्ला बर्षहरुमा कम्पनीले कस्तो लाभांश दिएको छ, संचालकहरु कस्ता छन्, समयमा नै साधारणसभा गरेको छ कि छैन र अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा उसको अबस्था कस्तो छ, कति जोखिमपूूर्ण काम गरेको छ भन्ने कुराहरु पनि थाहा पाउन थप अध्ययन आवश्यक हुन्छ । 

प्रस्तुतिः सबिना बजगाई  


https://merolagani.com/NewsDetail.aspx?newsID=65760

Thursday, November 5, 2020

सूचना मागपछि खुलेको तथ्य : पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप

 

सूचना मागपछि खुलेको तथ्य : पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप


रामजी दाहाल: खोज पत्रकारिता केन्द्र

 संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् ।

संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् ।

प्रदेश कानूनले तोकेका विभिन्न शीर्षकका यी सुविधाले राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थपिनेछ । विज्ञहरू ‘यसले घर–दैलोको लोकतन्त्रलाई असाध्यै महँगो बनाउने र संघीय प्रणालीलाई नै बदनाम गर्ने जोखिम बढेको’ बताउँछन् ।

आदेश विपरीत कानून

प्रदेश–१ बाहेक बाँकी प्रदेशले बनाएका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ ले ‘संविधानको गम्भीर उल्लंघन गरेको’ र ‘राज्यकोषको चर्को दोहन गरेको’ भनेर १ भदौ २०७६ मा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले १ कात्तिक २०७६ मा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पारिश्रमिक लिन पाउने संवैधानिक व्यवस्था नरहेको’ भनेर ती ऐनहरू खारेज गरिदिएको थियो ।

aaaaaaaaa

सर्वोच्चको आदेशमा लेखिएको छ— ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पारिश्रमिक लिन पाउने संवैधानिक व्यवस्था नरहेबाट जुन कुरा प्रत्यक्ष तवरले लिन सकिंदैन उक्त कुरा अप्रत्यक्ष वा भाषागत रूपमा घुमाउरो तबरले समेत गर्न वा लिन हुँदैन ।’ 

अदालतले पारिश्रमिक दिन रोक लगाएपछि प्रदेश सरकारहरूले ‘पारिश्रमिक’ शब्द उल्लेख नगरी थरीथरीका शीर्षक राखेर कुस्त सुविधा दिने गरी कानून बनाएका छन् । यी प्रदेश कानूनले संविधानको व्यवस्था र अदालती फैसलालाई अर्थहीन बनाइदिएका छन् ।

“संविधानलाई अप्रत्यक्ष रूपमा पनि छल्न मिल्दैन” संविधानविद् भीमार्जुन आचार्य भन्छन्, “फेरि राजनीति भनेको सेवा हो भनेर आएका जनप्रतिनिधिले थरीथरीको सुविधा लिनु गम्भीर विकृति हो ।” उनले भने, “पैसा विना चल्नै नसक्ने हो भने संविधान संशोधन गरेर मासिक पारिश्रमिक लिए हुन्छ । संविधान संशोधन नगरी स्थानीय तहका जनप्रतिनिधिले कुनै पनि पारिश्रमिक लिन मिल्दैन ।”

सबै प्रदेशका ऐनहरू केलाउँदा जनप्रतिनिधिले अतिथि सत्कार, आवास, खाजा, जनसम्पर्क, अनुगमन, पत्रपत्रिका, टेलिफोन र संचार, समन्वय भत्ता जस्ता थरीथरीका शीर्षकमा मासिक सुविधा दिने बाटो खोलिएको छ ।

aaaaaaaaa

७ देखि १४ थरी शीर्षकमा सातवटै प्रदेशका जनप्रतिनिधिले सुविधा लिंदा राज्य कोषबाट मासिक रु.६३ करोड ७७ लाख खर्च हुन्छ भने वार्षिक रूपमा रु.७ अर्ब ६५ करोड २४ लाख खर्च हुन्छ । प्रदेश–१ र वागमती प्रदेशमा बाहेक अरू पाँच प्रदेशमा चाडपर्व शीर्षकमा पनि रु.२९ करोड २६ लाख खर्च हुने देखिएको छ । यसरी चाडपर्व खर्च समेत जोड्दा प्रदेशहरूले राज्यबाट वार्षिक रु.७ अर्ब ९४ करोड ५० लाख खर्च हुने गरी कानून बनाएको देखिन्छ ।

त्यस बाहेक स्थानीय जनप्रतिनिधिलाई दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता र यात्रा बीमा शुल्कको सुविधा दिने व्यवस्था पनि प्रदेश कानूनमा छ । प्रदेश कानूनले स्थानीय जनप्रतिनिधिले विदेश भ्रमण गर्दा दैनिक १२५ देखि १७५ अमेरिकी डलर पाउने व्यवस्था गरेको छ ।

पूर्वमुख्य सचिव लीलामणि पौडल भन्छन्, “प्रदेशहरूले स्थानीय तहका जनप्रतिनिधिलाई यो हदसम्म सुविधा दिने कानूनी बाटो खुलाउँदा संघीयताप्रति नै वितृष्णा उत्पन्न हुनसक्छ ।”

प्रदेश कानून अनुसार स्थानीय जनप्रतिनिधिलाई सुविधा दिंदा सबैभन्दा धेरै प्रदेश–२ मा मासिक रु.१६ करोड ३५ लाख खर्च हुन्छ । त्यसपछि प्रदेश–१ मा रु.१० करोड २२ लाख, प्रदेश–५ मा रु.९ करोड १ लाख खर्च हुन्छ ।

aaaaaaaaa

त्यसैगरी वागमती प्रदेशमा रु.९ करोड २१ लाख, गण्डकी प्रदेशमा रु.७ करोड ४७ लाख, सुदूरपश्चिममा रु.६ करोड ४७ लाख खर्च हुन्छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा रु.५ करोड २ लाख खर्च हुन्छ ।

प्रदेशले बनाएका कानूनमा जनप्रतिनिधिको सुविधामा सबैभन्दा धेरै खर्च चाहिं नगरपालिकाहरूको हुनेरहेछ । २७६ नगरपालिकामा मासिक रु.३३ करोड ११ लाख खर्च हुन्छ । त्यसपछि ४६० गाउँपालिकामा मासिक रु.२४ करोड ६ लाख, ११ उपमहानगरपालिकामा मासिक रु.२ करोड ४२ लाख, ६ महानगरपालिकामा मासिक रु.१ करोड ७३ लाख र ७७ जिल्ला समन्वय समिति (जिसस) मा रु.२ करोड २२ लाख खर्च हुनेछ ।

जनप्रतिनिधिले अवाञ्छित सुविधा लिएको भनेर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने अधिवक्ता लोकेन्द्र वली भन्छन्, “यो अचाक्ली खर्च हो । आफूखुशी कानून बनाएर सुविधा नलिन सर्वोच्च अदालतले दिएको आदेशलाई लत्याएर प्रदेश सरकारहरूले सर्वोच्च अदालतकै अवहेलना गरेका छन् ।”

गण्डकी प्रदेशः यातायातमा रु.९ करोड

गण्डकी प्रदेशले २६ असार २०७७ मा गाउँ सभा, नगर सभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ पारित गरेको छ । प्रदेश राजपत्रमा प्रकाशित सो ऐनले गण्डकीका स्थानीय तहका सबै पदाधिकारी तथा सदस्यलाई मासिक १३ शीर्षकमा सुविधा दिने व्यवस्था गरेको छ ।

१३ मध्ये पहिलो सवारी तथा इन्धन, दोस्रो मोबिल र तेस्रोमा यातायात सुविधाको व्यवस्था छ । मासिक ९० लिटर पेट्रोल पाउने नगरप्रमुखले यातायात सुविधा शीर्षकमा छुट्टै थप रु.१२ हजार पनि पाउँछन् ।

aaaaaaaaa

ऐनले नगर उपप्रमुख र वडाध्यक्षले समेत इन्धन पाउने व्यवस्था गरेको छ भने सबै जनप्रतिनिधिका लागि यातायात सुविधा सुनिश्चित गरिएको छ । प्रदेशको सो ऐन अनुसार गण्डकी प्रदेशका जनप्रतिनिधिका लागि वार्षिक रु.८ करोड ६३ लाख यातायात सुविधा बापत खर्च हुन्छ ।

गण्डकीमा स्थानीय जनप्रतिनिधिले आफ्नो कार्य क्षेत्रमा हुने नियमित काममा संलग्न भए बापत पनि ‘अनुगमन’ भत्ता पाउनेछन् । प्रदेशभरि अनुगमन सुविधाका नाममा वार्षिक रु.१८ करोड ९३ लाख खर्च हुन्छ ।

जनप्रतिनिधिले अनुगमनका नाममा आफूले गर्नुपर्ने नियमित काममा पनि सुविधा खोज्नु गलत भएको पूर्व मुख्य सचिव लीलामणि पौडेल बताउँछन् । पौडेल भन्छन्, “आफ्नो हात जगन्नाथ भनेको यही हो । यसले राज्यकोषको अति दोहनको बाटो खोलेको छ ।”

गण्डकी प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका र ७५९ वडा छन् । प्रदेश कानूनले सबै शीर्षकमा गरेर गण्डकीका स्थानीय जनप्रतिनिधिलाई मात्रै वार्षिक रु.८९ करोड ६७ लाख सुविधा दिने बाटो खुला गर्छ ।

यो कानून अनुसार, अब सबैभन्दा धेरै गाउँपालिकामा मासिक रु.३ करोड ६२ लाख ७९ हजार, त्यसपछि नगरपालिकामा रु.३ करोड १९ लाख १५ हजार अनि महानगरपालिकामा रु.२९ लाख ८६ हजार र जिससमा रु.३५ लाख ५२ हजार जनप्रतिनिधिको सुविधामा खर्च हुन्छ । यस बाहेक यो प्रदेशका जनप्रतिनिधिले वर्षको एकमुष्ट रु.६ करोड ५५ लाख चाडपर्व खर्च पाउँछन् ।

ऐनको दफा ११ मा आन्तरिक स्रोतबाट तलब सुविधा दिने गरी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुखले स्वकीय सचिव राख्न पाउने प्रावधान राखिएको छ । यो व्यवस्था अनुसार गण्डकी प्रदेशका ८५ स्थानीय तहका प्रमुखले राख्ने एक–एक जना स्वकीय सचिवका लागि वार्षिक रु.३ करोड खर्च हुन्छ ।

जबकि स्थानीय तहका प्रमुखले स्वकीय सचिव राखेर पारिश्रमिक दिनु कानूनसम्मत नभएको महालेखा परीक्षकको ५७औं प्रतिवेदनले किटान गरेको छ । महालेखाले गएको आर्थिक वर्षमा १४० स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी रु.५ करोड ६१ लाख पारिश्रमिक भुक्तानी गरेकोमा कानून विपरीत ठहर गरेको थियो ।

स्थानीय जनप्रतिनिधिलाई गाडी र इन्धन सुविधा बाहेक यातायात सुविधामा थप रकम दिनुहुँदैन भनेर प्रदेश सभामा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गण्डकी प्रदेश सभाकी सदस्य मनकुमारी गुरुङ बताउँछिन् ।

कर्णालीः मासिक रु.५ करोड

विकासका दृष्टिले पछिपरेको कर्णाली प्रदेश पनि स्थानीय जनप्रतिनिधिलाई सुविधा दिन हौसिएको छ । २७ असार २०७७ मा कर्णाली प्रदेशले पारित गरेको स्थानीय जनप्रतिनिधिको सुविधा सम्बन्धी कानूनमा १३ थरी सुविधा तोकिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्छन्, “जनप्रतिनिधिलाई घरको पैसा खर्च गरेर जनताको काम गर भन्न सकिंदैन । उनीहरूलाई काम गर्न सहज होस् भनेर सेवा सुविधा सम्बन्धी कानून बनाइएको हो ।”

aaaaaaaaa

कर्णालीमा अनुगमन खर्च शीर्षकमा पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले मासिक रु.१ करोड ५० लाख पाउने व्यवस्था गरिएको छ । अनुगमनमा सबैभन्दा थोरै वडाध्यक्षले मासिक रु.१० हजार र सबैभन्दा बढी जिल्ला समन्वय समिति प्रमुखले मासिक रु.२० हजार पाउँछन् ।

प्रदेश कानून अनुसार सबै स्थानीय जनप्रतिनिधिका लागि कर्णाली प्रदेशको मासिक खर्च रु.५ करोड २ लाख हुन्छ । यसबाहेक चाडपर्व खर्च वार्षिक रु.४ करोड ६५ लाख हुन्छ । मुख्यमन्त्री शाहीका अनुसार यो सबै खर्चको व्यवस्था सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्नेछ ।

कर्णाली प्रदेशका नगरपालिकामा जनप्रतिनिधिका लागि मासिक रु.२ करोड ६१ लाख, गाउँपालिकामा रु.२ करोड १९ लाख र जिससमा रु.२० लाख खर्च हुनेछ । कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका र ७१८ वडा छन् 

प्रदेश–२: १२ थरी सुविधा

प्रदेश–२ ले २३ असार २०७७ मा पारित गरेको छ – स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी कानून । त्यसमा इन्धन, मोबिल, यातायात, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार शीर्षकमा सुविधाको व्यवस्था छ । त्यसबाहेक अनुगमन भत्ता, चाडपर्व खर्च, बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण गर्दाको दैनिक भत्ता र यात्रा बीमा शुल्क गरी १२ थरी सुविधा तोकिएका छन् ।

aaaaaaaaa

प्रदेश–२ सरकारले त खुलेर नै सर्वोच्च अदालतको फैसलाका कारण यस्तो कानून बनाउनु परेको बताएको छ । मुख्यमन्त्री लालबाबु राउत भन्छन्, “सर्वोच्चको फैसला अनुसार स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक लिन नपाउने भएपछि उनीहरूलाई फरक तरिकाले सुविधा दिन प्रदेशले कानून बनाएको हो ।”

प्रदेश–२ को कानून अनुसार एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडाका ६ हजार ६१८ स्थानीय जनप्रतिनिधिले मासिक रु.१६ करोड ३५ लाख सुविधा पाउँछन् । सबैभन्दा धेरै नगरपालिकामा रु.१० करोड ३१ लाख, गाउँपालिका रु.४ करोड ४५ लाख, उपमहानगरपालिका रु.८३ लाख,  महानगरपालिका रु.३८ लाख र जिससमा रु.३६ लाख खर्च हुन्छ । यो खर्च चाहिं प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।

कतिसम्म भने प्रदेश–२ मा जिससका प्रमुख र उपप्रमुखलाई आवास भत्ता भनेर जनही मासिक रु.१५ हजार दिने प्रावधान पनि प्रदेश कानूनमा छ । मुख्यमन्त्री राउत थप्छन्, “टाढाका जनप्रतिनिधिलाई सदरमुकाममा बसेर काम गर्न अप्ठेरो पर्ने भएकोले आवास भत्ता दिइएको हो ।”

प्रदेश–२ मा कार्यपालिका सदस्यदेखि प्रमुखसम्मले हरेक महीना रु.२ हजारदेखि रु.२० हजारसम्म अतिथि सत्कार सुविधा बापत पाउने व्यवस्था छ । यो व्यवस्थाले अतिथि सत्कारका नाममा मासिक रु.३ करोड १९ लाख सकिन्छ । चाडपर्व खर्च एकमुष्ट रु.१५ हजार दिंदा प्रदेश–२ मा वर्षको रु.९ करोड ७५ लाख खर्च हुन्छ ।

मुख्यमन्त्री राउत भन्छन्, “कसैको दबाबमा यो कानून बनाएका होइनौं । रातदिन नभनी जनताको काममा खटिएका जनप्रतिनिधिका लागि खर्च त चाहियो नि ! सुविधा नदिएर उनीहरूलाई चोर्न पठाउने त ?”

सुदूरपश्चिमः सहजीकरण भत्ता

सुदूरपश्चिम प्रदेश सभाले ११ असार २०७७ मा पारित गरेको स्थानीय जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐनमा १३ थरी सुविधा दिने व्यवस्था छ । प्रदेश कानून अनुसार यो प्रदेशका जनप्रतिनिधिलाई आफ्नो स्थानीय तहभित्रै ‘समन्वय तथा सहजीकरण भत्ता’ दिंदा मात्रै मासिक रु.१ करोड ६२ लाख खर्च हुन्छ । पूर्व मुख्यसचिव पौडेल भन्छन्, “जनप्रतिनिधिको काम नै समन्वय र सहजीकरण गर्ने हो, त्यो कामका लागि पनि भत्ता लिनु त लाजको पसारो नै भयो ।”

aaaaaaaaa

सुदूरपश्चिम प्रदेशको कानूनले अतिथि सत्कारका लागि प्रदेशभरिमा मासिक रु.७९ लाख खर्च गर्न पाइने व्यवस्था गरिदिएको छ । त्यसबाहेक यो प्रदेशमा स्थानीय जनप्रतिनिधिलाई १३ थरी सुविधा दिंदा मासिक रु.६ करोड ४७ लाख खर्च हुन्छ । चाडपर्व खर्चमा वार्षिक रु.४ करोड ६ लाख सकिन्छ । 

यो रकममध्ये नगरपालिकामा रु.३ करोड ४२ लाख, गाउँपालिकामा रु.२ करोड ६२ लाख, उपमहानगरपालिकामा रु.१९ लाख र जिससमा रु.२२ लाख खर्च हुन्छ । सुदूरमा एक उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाउँपालिका र ७३४ वडामा ३ हजार ८३४ प्रतिनिधि छन् ।

प्रदेश–५: ‘विशेष कार्य सुविधा’

प्रदेश–५ ले २९ जेठ २०७७ मा पारित गरेको जनप्रतिनिधिको सुविधा सम्बन्धी कानूनमा चाहिं १४ थरी  सुविधा दिने व्यवस्था छ । प्रदेश–५ को कानूनमा अरू प्रदेशमा नभएको एउटा अनौठो सुविधा थपिएको छ । त्यो हो–जनसम्पर्क विशेष कार्य सुविधा । यसमा गाउँपालिका सदस्यले मासिक रु.३ हजार र महानगरपालिका प्रमुखले रु.१५ हजार पाउँछन् ।

aaaaaaaaa

प्रदेश कानूनले तोकेका १४ थरी सुविधा अनुसार जनप्रतिनिधिले मासिक रु.९ करोड १ लाख पाउँछन् भने वर्षमा रु.१ अर्ब ८ करोड १४ लाख । प्रदेश–५ का जनप्रतिनिधिलाई टेलिफोन, मोबाइल रिचार्ज शीर्षकमा एक वर्षमा रु.१५ करोड १८ लाख दिने व्यवस्था पनि प्रदेश कानूनले गरेको छ ।

प्रदेश कानूनले सवारी साधन र इन्धन सुविधा पाउने पालिका प्रमुखलाई यातायात सुविधाका नाममा मासिक थप रु.१२ हजार दिने व्यवस्था गरेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यहरू समेतलाई यातायात सुविधामा मात्रै वर्षमा रु.२८ करोड ८६ लाख खर्च हुन्छ । जिल्ला विकास समिति महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटा भन्छन्, “गाडी र इन्धन सुविधा लिएर पनि यातायात सुविधा लिनु भ्रष्टाचार नै हो ।”

प्रदेश–५ मा चार उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९८३ वडामा ५ हजार १३३ जनप्रतिनिधि छन् । ती जनप्रतिनिधिका लागि अन्य सुबिधासहित चाडपर्व खर्चका नाममा वर्षको रु.४ करोड २३ लाख खर्च हुन्छ ।

स्थानीय सरकारहरूमध्ये गाउँपालिकामा रु.४ करोड ३९ लाख, नगरपालिकामा रु.३ करोड ३७ लाख, उपमहानगरपालिका रु.८७ लाख र जिससमा रु.३६ लाख खर्च हुन्छ ।

प्रदेश–१ मा ११ थरी

प्रदेश–१ ले १३ जेठ २०७५ मा पारित गरेको सुविधा सम्बन्धी ऐनले चाहिं स्थानीय जनप्रतिनिधिलाई ११ थरी सुविधा दिने बाटो खोलेको छ । एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका, १४ जिसस र ११५७ वडाका ६ हजार ६१८ प्रतिनिधिलाई प्रदेश ऐनले तोकेको सुविधा दिंदा एकै महीनामा रु.१० करोड २२ लाख चाहिन्छ । यसमध्ये नगरमा रु.६ करोड ४१ लाख, गाउँपालिकामा रु.२ करोड ६९ लाख, उपमहानगरपालिकामा रु.५२ लाख, महानगरपालिकाको रु.२४ लाख र जिससको रु.३३ लाख खर्च हुन्छ । प्रदेश–१ का स्थानीय जनप्रतिनिधिका लागि अनुगमन भत्ता वर्षमा रु.१३ करोड ७९ लाख दिने व्यवस्था प्रदेश कानूनमा छ । संविधानविद् भीमार्जुन आचार्य भन्छन्, “आफ्नै कार्य क्षेत्रभित्र पनि अनुगमन भत्ता लिंदा जनप्रतिनिधिलाई असजिलो लाग्नुपर्ने हो ।”

प्रदेश–१ का जनप्रतिनिधिले हरेक महीना अतिथि सत्कारका लागि रु.२ करोड ६ लाख ८६ हजार पाउँछन् । एक वर्षमा यो रकम रु.२४ करोड ८२ लाख हुन्छ ।

वागमतीः रु.१३ करोडको खाजा

वागमती प्रदेशले ३ वैशाख २०७७ मा पारित गरेको ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई १३ थरी सुविधा दिने व्यवस्था छ । वागमती प्रदेशमा अरू प्रदेशमा नभएको खाजा भत्तामा मात्रै वार्षिक रु.१२ करोड ९१ लाख खर्च हुन्छ । वागमतीमा जनप्रतिनिधिले खाजा खर्च भनेर मासिक रु.१५०० देखि रु.५५०० सम्म पाउँछन् । उनीहरूलाई बिजुली, खानेपानीका लागि रु.५०० देखि रु.३५०० सम्म दिने व्यवस्था छ ।

aaaaaaaaa

मुख्यमन्त्री डोरमणि पौडेल केन्द्र र प्रदेशका जनप्रतिनिधिले सुविधा पाउने तर स्थानीय जनप्रतिनिधिलाई सुविधा नदिने सोचाइ गलत भएको तर्क गर्छन् । उनी भन्छन्, “खटाइका हिसाबले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको सुविधा ज्यादै न्यून हो । पदीय हैसियतले स्थानीय जनप्रतिनिधि माथि छन् तर सुविधाका दृष्टिकोणले खरिदार बराबर पनि छैनन् ।”

पूर्व मुख्य सचिव पौडेल चाहिं कर्मचारीलाई समय तोकेर हाजिरका आधारमा राज्यले तलब दिए जसरी जनप्रतिनिधिलाई सुविधाका नाममा मासिक रकम दिनु गलत भएको बताउँछन् । भन्छन्, “जनताको सेवा गर्ने भनेर भोट माग्ने अनि जितेपछि कर्मचारीले जसरी सेवा–सुविधा चाहियो भन्नु गलत हो ।”

वागमती प्रदेशमा तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ गाउँपालिका र ११२१ वडामा ५ हजार ७९२ जनप्रतिनिधि छन् । तिनको सुविधामा राज्यको मासिक रु.९ करोड २१ लाख खर्च हुन्छ । यसमध्ये नगरपालिकामा रु.४ करोड १९ लाख, गाउँपालिकामा रु.३ करोड ६५ लाख, महानगरपालिकामा रु.८० लाख, जिससमा रु.३७ लाख र उपमहानगरपालिकामा रु.१८ लाख खर्च हुन्छ ।

असुलउपर गर्नुः महालेखा

सात प्रदेशले बनाएका स्थानीय जनप्रतिनिधिलाई सुविधा दिने कानून सर्वोच्चको आदेश विपरीत र संविधानसँग बाझिएको भन्दै महालेखाको ५७औं प्रतिवेदनमा जनप्रतिनिधिले लिएको कानून विपरीतको सुविधा असुलउपर गर्नुपर्ने औंल्याएको छ ।

aaaaaaaaa

महालेखाको प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा ५७६ स्थानीय तहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूलाई पारिश्रमिकमा रु.४ अर्ब २९ करोड ६७ लाख ७० हजार भुक्तानी गरेका छन् ।

स्थानीय सरकार स्वायत्त छन् भन्ने हो भने उनीहरूले गरेको खर्चमा केन्द्रले चासो राख्न नहुने संघीय मामिला जानकार राजनीतिशास्त्री कृष्ण हाछेथु बताउँछन् । उनी भन्छन्, “तर प्रदेशले धान्नै नसक्ने गरी चाहिं स्थानीय तहका जनप्रतिनिधिलाई सेवासुविधा दिनु चाहिं हुँदैन । प्रदेशले आम्दानीका आधारमा खर्च गर्नुपर्छ । जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ, नत्र जनताले आगामी निर्वाचनमा हिसाबकिताब खोज्नेछन् ।”

 

स्रोत : खोज पत्रकारिता केन्द्र

http://rti.freedomforum.org.np/node/377

Wednesday, November 4, 2020

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

 

 

मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १

 

 





 

 https://ocmcm.p1.gov.np/329

Monday, November 2, 2020

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

 

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो ।

भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् ।

आयुर्वेद कार्यालयको आव २०७४÷७५ र २०७५÷७६ का आय–व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउने उद्देश्यले उनीहरु कार्यालयमा पुगेका थिए । भिश्वा युवा क्लबले आयुर्वेद कार्यालयमा कर्मचारीहरु नबस्ने, कार्यालयका सामान व्यक्तिको घरमा प्रयोग हुने, कार्यालयमा पारदर्शिता नभएको गुनासो गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।

सूचनाको हक अन्तर्गत निवेदनसहित कार्यालयमा पुगेका बेला ‘अध्ययनपछि दर्ता गर्छु’ भन्दै समय बिताएका कार्यालय प्रमुखले निवेदन दर्ता नगरी प्रहरी बोलाएर पक्राउ गराएको भिश्वा युवा क्बलका अध्यक्ष कुशवाहाले बताए । ‘सूचना माग्दै निवेदन दर्ता गराउन गएका थियौं, टिकट टाँस्नुपर्छ भनेपछि टिकट पनि टाँस्यौं, दर्ता गर्लान् भनेर कुरेर बसेका थियौं,’ कुशवाहाले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए ।’

सूचनाको हकका अभियन्ता मनोज रौनियारले सूचना अधिकारीले निवेदन लिएर अध्ययन गर्छु, कार्यालय प्रमुखसँग सल्लाह गर्छु भनेर दर्ता नगरेको बताए । ‘मेरो समेत ९ वटा निवेदन लिएर दर्ता गराउन केन्द्रमा गएका थियौं, अध्ययन गरेर कार्यालय प्रमुखसँग राय लिएर दर्ता गराउँछु भनेका थिए,’ उनले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए, दुई जनालाई हिरासतमै राख्यो, हामीलाई परिसर भित्रै बस्नुपर्छ भनेर मूल गेट बन्द गरिदियो ।’

सूचना प्राप्त गर्ने मौलिक हक भएकाले सूचना लिन जाँदा प्रहरीले थुन्नु मानव अधिकारविरुद्धको कार्य भएको युवा अभियन्ता ओम प्रकाश सर्राफले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजितत कुँवरले भने आयुर्वेद स्वास्थ्य केन्द्रमा सूचना माग्ने बहानामा केही मानिसहरुले होहल्ला गरेको सूचना आएपछि प्रहरी पठाएको बताए । ‘कार्यालयमा होहल्ला गरेको सूचना आएपछि केहीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘दुवै पक्षलाई बोलाएर कुरा बुझेपछि उनीहरुलाई हिजै छोडिसकेका छौं ।’

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रमेश मिश्रले भने पुरानै लफडाका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।

उनका अनुसार भिश्वा युवा क्लबमा आवद्ध युवाहरुले कात्तिक ४ गते केन्द्रमा सेवा लिन आएका सेवाग्राहीलाई दुर्व्यवहार गर्दै प्रमुख मिश्रलाई समेत हातपात गर्न खोजेका थिए ।

 

स्रोत : अनलाइनखबर 

http://rti.freedomforum.org.np/node/376





 

Friday, August 28, 2020

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

 https://www.tudikhel.com/2016/10/18/526

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

मानिसको जीवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आएको अवस्था छ । हाम्रो देशमा पनि सूचनाको अधिकारलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको छ । यो अधिकारको प्रयोगले सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीता बढाउने काम गर्दछ । यस हक अन्तरगत सार्वजनिक निकाय भन्नाले सबै सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानून मान्यता प्राप्त सबै राजनीतिक दलहरु मानिएको छ । गाविस, नगरपालिका, विद्यालय, अस्पताल, संस्थान, एनजीओ, आईएनजीओ र राजनीतिक पाटीहरु, सहकारी संस्थान, बोर्डिङ्ग स्कुल लगायत आदिमा रहेको सूचनाहरु सबै नागरिकले हेर्न, पढ्न, प्रमाणित प्रतिलिपि लिन सक्दछन् । यसरी सार्वजनिक निकायबाट नागरिकहरुले पाउने सेवा सुबिधाहरु नपाएमा, समयमा नपाएमा तथा पाउनु पर्ने भन्दा कम पाएमा त्यसको कारण बारेमा सूचनाको हक प्रयोग गरि जान्न र थाहा पाउन सकिन्छ । नेपालको अन्तरिक संविधान २०६३ धारा २७ , सूचना हक सम्बन्धी ऐन २०६४ तथा नियमवाली २०६५ ले सूचनाको हकलाई कानूनी रुपमा प्रत्याभूत गरेको छ ।

सूचना के हो त ?
सूचना भन्ने शब्दले कुनै कुराको जानकारी, थाहा, समाचार, लिखत, दस्तावेज, तथ्यांक, अभिलेख, आदि भन्ने बुझाउद छ । यदि कसैले इटहरी कता पर्छ ? भनेर सूचना माग्यो भने विराटनगर देखि उत्तर भन्ने जवाफ आयो । फेरी विराटनगर चै कहाँ पर्छ ? भन्ने प्रश्नमा इटहरी दक्षिण भनियो भने पहिलो चै सूचना भयो दोश्रो चै सूचना भएन किन भने जहिले पनि सूचना हुनलाई नयाँ कुराको जानकारी आवश्यक पर्दछ । वास्तवमा नयाँ कुरा वा नयाँ अफडेट भएको ज्ञान, सीप, जानकरी नै सूचना हो । त्यसैले हामीले थाहा पाउने नयाँ जानकारी नै सूचना हो । हामीले नयाँ विषयको जानकारी चै हाम्रो पाँच वाटा ज्ञानेन्द्रीयको माध्यमबाट सम्भव भएको हुन्छ । जसबाट मानिसले नयाँ सूचनाको अनुभव गर्दछ । हाम्रो भन्सामा खाना तयार भएको सूचना आए पछि मात्र थाहा हुन्छ । बिहानी भएको सूचना सूर्यको किरण, भाले बासेको आवाज, घण्डीले दिएको सूचना आदिले बिहानीको भएको सूचना दिई रहेको हुन्छ । गाउँघरमा मानिस म¥र्यो दाहासंस्कारका लागि त्यसको सूचना वरिपरिको गाँउ सम्म दिनलाई शंकको आवजबाट सूचना दिने गरिन्छ । छिमेकमा कहिले काही माछा, मासु, अण्डा आदि पकाएको कुरा बाहिर नै थाहा हुन्छ । त्यसमा बास्नाले सूचना दिएको हुन्छ । कुनै बच्चालाई यो आगो हो यस्ले पोल्छ या यो खोर्सानी हो यो पिरो हुन्छ यसलाई नछुनु नखानु भन्यो भने मान्दैन तर उस्ला एक पटक मैनबत्तिले पोल्यो भने, खोर्सानीको पिरो स्वाद थाहा पायो भने उ फेरी त्यो प्रयास गर्न डराउद छ । वास्तवमा उस्ले लिने नयाँ स्वाद र नयाँ अनुभव नै उसको लागि सूचना हो । मानिसले आफ्नो भूमिका सफलता साथ र्निवाह गर्न, मानिसलाई कुनै विषयको विशेषज्ञता प्राप्त गर्न, आलोचक वा विश्लेषक बन्न आफू जानकार र सूसुचित हुनु पर्दछ । सूचना हेरेर, सुनेर, छोएर, पढेर, सुँगेर, चाखेर अनि आफै कुनै काम गरेर अनुभव गरिरहेको हुन्छ । मानिसलाई पौडी खेल्ने कलाको बारेमा भनेर, सुनेर, पढेर त्यो सम्भव छैन त्यसका लागि मासि पानीको पोखरीमा पौडिने प्रयास गर्न जरुरी छ । अनि मात्र त्यो काम सक्रिय साथ गर्न सकिन्छ ।
सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । यो संसारमा केहि समय पहिले जोसँग धेरै जमिन, जंगल, जल थियो त्यो नै राष्ट्र वा व्यक्ति नै शक्तिसाली, जामिनदार, मुखिया, कहिलिन्थो । उ नै शक्ति केन्द्रीत हुन्थ्यो । त्यस पछिको समयमा जो सँग ज्ञान, बुद्धि र शिक्षा छ उ नै शक्तिमान र विद्वान भनियो । अनि विद्वान सर्व पुज्यतेः भनियो । हालको अवस्थामा हेर्ने हो भने जो सँग छ, जो व्यक्ति वा समुदाय सूचनासँग खेल्न सक्छ, जस्ले सूचना दिन सक्छ, जस्ले सूचना लिन सक्छ, जस्ले सूचनाको खरिद बिक्रि गर्न सक्छ । त्यस्ता व्यक्ति तथा समुदायहरु नै अहिले शक्तिशाली, बुद्धिमान, विवेकशिल, धनी कहलिने गरेको छ । त्यसैले होला होला अहिले विश्वको धनी भनिएका राष्ट्र वा मानिसहरुको सूचिमा सूचना र प्रविधिमा अगाडी भएका आएका छन् । मानिस बिना सूचना एक पल पनि रहन सक्दैन । तापाई हामीले दैनिक जिवनमा गरिने सम्पुर्ण व्यवहार सूचना प्राप्तिका लागि नै भइरहेको हुन्छ । घण्डी, रेडियो, टीभी, मोबाईल, ईन्टरनेट, पत्रपत्रिका आदिको प्रयोगको उद्देश्य पनि सूचनाको लागि नै हो ।

सूचना केका लागि आवश्यक
हरेक विषयको सहि सूचना वा जानकारी भएबाट मात्र दिगो विकास हुन्छ । पारदर्शिता बढ्दछ । जवाफदेहिता हुने अनि शुसान कायम भै सूसुचित र समुन्नत समाजको निर्माण हुनेछ । त्यस्तो समाज नै समृद्ध समाज हो । त्यसैले त होला अमेरिकी एक पत्रकारको भनाई साह्रै सान्दर्भिक छ । “मानिसले सूचना खादैन तर बिना सूचना मानिस भोकै मर्दछ ।” दैनिक जीवनमा भई रहेका सबै कार्यहरु सूचनाको माध्यमबाट नै संचालन भैरहेको हुन्छ । मानिसले प्राप्त गर्ने सूचनाहरु एक क्षण पनि गलत भएमा मानिसको ज्यानै पनि जाने अवस्था हुन्छ । विभिन्न सावारी दुर्घटनाहरु, विद्युतिय करेण्टबाट हुने दुर्घटनाहरु गलत सूचनाको कारण हुने गर्दछ । मानिसले सिक्ने नयाँ कुरा भनेको नै सूचनाको आदन प्रदानबाट हो । दुई दशकअघि राजनीतिक चिन्तक रूपचन्द्र विष्टले मान्छेलाई आलोचक र जागृत बनाउन तथा हरेक काम कुरा बुझेर मात्र गर्न ‘थाहा आन्दोलन’ चलाएका थिए । वास्तवमा ‘थाहा’ आन्दोलन जनताको सूचनाअधिकारको आन्दोलन थियो । विष्टलाई त्यसबेला थाहा आन्दोलन के हो भनेर कसैले प्रश्न गर्दा उत्तर प्रश्न सोध्नेको गालामा झापु हानि यस्तै नयाँ अनुभव हो थाहा भनेका थिए रे ।

सूचनाको अधिकार
लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनताले तिरेको करस राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारवाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले पाउनुपर्छ । वास्तवमा सूचना जनताको मौलिक अधिकार हो । सार्वजनिक निकायका पदाधिकारीहरुले जनताको सूचनाको जिम्मा लिने र व्यवस्थित गर्ने र मागको बेलामा उपलब्ध गराउनु पर्दछ । यही लोकतन्त्रको आधार र संस्कार पनि हो । जये सूचना ।

Sunday, August 23, 2020

भ्रष्टाचारको लोकतान्त्रिकरण

 भ्रष्टाचारको लोकतान्त्रिकरण
          

ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशन गरेको सन् २०१९ को रिपोर्ट अनुसार नेपाल १८0 देशको रङ्कमा ११३ औं स्थानमा छ । यो डाटा अनुसार नेपालले १०० अंकमा ३४ अंक प्राप्त गरी भ्रष्ट मूलुकहरुको सूचिमा रहेको देखाएको छ । यसको मुख्य कारण भनेको हाम्रो देशमा हुने सबै खाले भ्रष्टाचारमा सबैको सहभागिता रहनु नै मूख्य कारक हो । सहभागीतामूलक लोकतन्त्रको माग र आवश्यकता खड्की रहेको यस घडिमा यहाँ त भ्रष्टाचारको लोकतान्त्रिकरण मौलाएको छ । विकास र राज्य व्यवस्थामा जनसहभागिता खोजिरहेको अवस्थामा अहिले भ्रष्टाचारमा सबै समान सहभागिता पाईएको छ । अरुलाई भ्रष्टाचारी हौ भनि एक औला देखाउदा बाँकी औलाले तिमि पनि त त्यसमा सहभागी छौ भनि रहेको अवस्था छ ।

“भ्रष्टाचार” शब्दको अर्थलाई शब्दकोषहरुमा विभिन्न कोणहरुबाट अथ्र्याएको पाइन्छ । पतीत आचरण, दुषित मर्यादा र भ्रष्ट व्यवहार जस्ता पदावलीलको प्रयोगले धेरै प्रकारको अनुचित क्रियाकलापलाई समेट्दछ । अवैध रुपमा हुने आर्थिक लेनदेन तथा निजी स्वार्थ पूर्तिका लागि टेबलमुनीबाट गरिने आर्थिक लेनदेनको कामलाई मात्रै भ्रष्टाचार हो, भन्ने हो पनि भ्रष्टाचारको परिभाषा पुरा हुदैन् । भ्रष्ट र    आचरण दुई शब्

दको मेलबाट भ्रष्टाचार भन्ने शब्दको उत्पत्ति हुन्छ । यसको अर्थ मानिसको आचरण  भ्रष्ट हुनु नै भ्रष्टाचार हो ।
विभिन्न संघ संस्थाले भ्रष्टाचारलाई विभिन्न कोणबाट परिभाषित गरेको भए पनि मेरो विचारमा मौजुदा ऐन, कानुन, नियम विपरित स्वार्थ पूर्तिका लागि गरिने अवैधानिक बाटो नै भ्रष्टाचार हो ।
 

भ्रष्टाचारका थरहरु ः
भ्रष्टाचार हाम्रो जस्तो मुलुकमा यति थरिका छन् भनेर आकलन निकै नै मुस्किल कुरा हो । त्यसैले यसलाई नियत र आचारणबाट नै सूरु हुने कुरालाई नकार्न सकिन्दैन । भ्रष्टाचारका विभिन्न थर मध्ये विशेष गरि आज यहाँ चार थरका बारेमा र त्यसका जात र गोत्रका बारेमा प्रष्टयाउने जर्मको गरिएको छ । ः  
१. परम्परागत भ्रष्टाचार (टे«डिशनल करप्सन) ः परापूर्व काल देखि हाल सम्म पनि चलिआएको भ्रष्टाचार नै परम्परागत भ्रष्टाचार हो । पृथ्वीनारायण शाहले घुस लिने दिने दुबै अपराधी हुन् भनेका थिए यसको मतलब त्यस बेलामा पनि भ्रष्टाचार हुदो रहेछ । सार्वजनिक निकायमा गएर गरिने काममा त्यहाँका पदाधिकारीहरुलाई काम गरिदिए बापत, तपाईको कागजपत्रमा सहि गरिदिए बापत वा तपाईको भोलि हुने काम आजै गरिदिए बापत चिया नास्ता खर्च, मोबाईमा रिचार्ज, बाईकमा तेल वा खाममा नगद दिई गरिने भ्रष्टाचार चै पराम्परागत भ्रष्टाचार हो । यो हिजोका दिनमा पनि थियो र आज पनि चलि रहेको छ । हिजोका दिनमा ढाटमा बस्ने कर्मचारीहरुले ट्याक्टरमा आएको इट्टालाई जान दिनलाई एक पटकको एउटा इट्टा लिएर छोड्ने चलन थियो रे । यो दखिने प्रकारको पराम्परागत भ्रष्टाचार थियो । अहिले तपाईले गाडीको लाईसन्स बनाए बापत पैसा खुवाउनु प¥यो भने काम सकेर घर पुगेर मोबाइलामा ब्यालेन्स ट्रान्सफर गरि दिए  हुन्छ । जुन नदेखिन सक्छ । तरिका थोरै फरक परे पनि यसको प्रकृति भनै एकै हो । यस प्रकारको भ्रष्टाचारमा प्रमाणहरु पाउन र भेटाउन निकै गाह्रो हुन्छ । यसमा तपाई हामी सबै प्रत्यक्ष रुपमा पिडित भएका छौं । यसका लागि सूचनाको हक प्रयोग गरि नागरिक वडा पत्रमा भए अनुरुपको कार्य गर्न दबाब दिन नागरिहरु सक्रिय हुनै पर्दछ ।


२. बिल मिलाएर गर्ने भ्रष्टाचार (इनभोइस करप्सन) ः 

यो प्रकारको भ्रष्टाचार बढि मात्रामा संस्थागत क्षेत्रहरुमा भएको पाइन्छ । कार्यक्रम सके पश्चात दिएको हिसाबमा जति समान लगिएको थियो त्यो भन्दा बढिको बिलहरु हुने प्रचलन अहिले प्रचलित छ । यस प्रकारको भ्रष्टाचार नै इन्भोस करप्सन हो । अहिले बजारमा तपाईले कुनै सामानहरु खरिद गर्नु भयो र बिल माग्नु भयो भने पसलेहरुले तपाईलाई तीन वटा प्रश्न गर्दछ । पहिलो प्रश्न ः प्यान बिल दिउ कि, भ्याट बिल दिउ ? तापाईले भ्याट बिल माग्नु भयो भने यो अलिक लफडा छ, तपाईले यसको लागि १३ प्रतिशत छुट्टै तिर्नु पर्छ भन्छ । दोस्रो प्रश्न उस्ले गर्ने भनेको बिल खालि दिउ कि, भरेर दिउ ? खालि माग्नु भयो भने त कुरा सकियो तर भरेर दिनु भन्नु भयो भने तेस्रो पश्न फेरी उसले सोध्छ कति को बनाई दिउ ? यो बाट के कुरा स्पष्ट हुन्छ भने संस्थागत रुपमा राखिने बिल भरपाईहरु कति विश्वासिला होलान् त । यस प्रकारको प्रचलन पेट्रोलमा, स्टेसनरीमा, नास्ता पसलहरुमा, फोटोकपि तथा कमिनेकेशनहरुमा हुने गरेको पाइन्छ । केहि सार्वजनिक निकायहरुले त आफै बिल बनाउने र छपाउने अनि पेश गर्ने गरेको सुने देखेको छौं । केहि समय पहिले स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुले हल नै नभएको होटलको हलमा कार्यक्रम गरेको बिल पेश गरेकोले अख्तियार लागेको कुरा बाहिर आयो । एक दिन हाकिम साबहरुले कुरा गरेको सुनेको थिए, अब त बोडिङ्ग पास भयो भने आफै पनि डिजिटल टिकट बनाउन सकिने भएछ । पहिले पहिले त दुई सय जति दिदाँ जतिको भन्यो तेतिको ज्येकेट टिकट आउथो । यसको मतलब बसमा गएर पिलेनको टिकट पेश गर्दा हुदो रहेछ । यो नै इन्भोइस करप्सन हो । यसको निराकरणका लागि तपाईलाई शंका लागेको विकास निर्माण र अन्य कार्यहरुको बिलभरपाईको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने अधिकार सूचनाको हकले दिएको छ ।
 

३. नीतिगत भ्रष्टाचार (पोलेसि करप्सन) ः 

नीति, नियम, ऐन र कानुनको आडमा गरिने खालको भ्रष्टाचार नै नीतिगत भ्रष्टाचार हुन् । जुन सानो देखि निकै ठूलो सम्म हुने गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिने, कार्यालय समयमा अरु तिरनै काम गर्ने । नियमले लाग्ने जरिवानाहरु पनि प्रष्ट नहुनाले यस प्रकारको भ्रष्टाचार बढेको छ । जस्तो कि ट्राफिकले लाइसन्स नबोकी सावारी साधन चलाउने, हेलमेट नलगाउनेलाई न्यूनतम् यति देखि यति सम्म भनेर राखिएको हुनाले त्याहाँ पनि बार्गेनिङ्गमा शुल्क निर्धारण हुने भयो । स्थानीय निकायहरुले लिने जन्म,मृत्यु, बसासराई आदिमा पनि ३५ दिन कटे पछि लाग्ने शुल्कमा पनि यस्तै बार्गेनिङ्ग हुने अवस्था छ । जसले गर्दा त्यस अवस्थामा नीतिगत भ्रष्टाचार बढेको छ । सरकारी कार्यालयहरुमा निवेदनका लागि रु. १० को टिकट राख्नु पर्ने व्यवस्था हुन्छ । जस्तो विराटनगरको आन्तरिक राजश्व कार्यालयमा निवेदन हाल्न एक जाने सेवाग्राहीले भने हुलाक जादाँ आउदा १०० खर्च हुन्छ, यहिको सुरक्षा गार्डले रु १५ मा सेवा दिनु भएको छ कति राम्रो भाछ । हो जिल्ला प्रशासन कार्यालय मारङ्ग मै हुलाक कार्यालय टाँसिएको छ नियम बिपरित त्यहि अगाडी रु.१० को टिकटलाई रु.१२ मा बिक्रि भैरहेको छ यो झट् हेर्दा दुई रुपैयाको कुरा भए पनि यो निकै ठूलो नीतिगत भ्रष्टाचार हो । त्यस्तै कार्यालय हाता सुर्ती जन्य बस्तु तथा धुम्रपान निषेध लेखिएको र ऐनले प्रष्ट रुपमा भनेको भए पनि जिल्ला अदालत, प्रशासन, प्रहरी, अस्पताल, मालपोत तगायत जनस्वास्थ्य जस्ता धेरै कार्यालयहरुमा मस्त खैनी माढ्दै सबैलाई भाग पु¥याई पु¥याई बाढेको देख्न सकिन्छ । यो नीतिगत भ्रष्टाचार हो । त्यस्तै गरि माथील्लो स्तरका व्यक्तित्वहरुले नीतिगत रुपमा नै निर्णय गरि विदेश भ्रमण जाने, स्वास्थ्य उपचार गर्ने जस्ता भ्रष्टाचार पनि यसमा पर्दछ । यसका लागि नीति, नियम र निर्णयहरुको प्रमाणित प्रतिलिपि खोज्ने सूचनाको हक प्रयोग गर्न सकिन्छ ।


४.संस्थागत भ्रष्टाचार (अर्गनाइजेसनल करप्सन) ः

  दुई वा सो भन्दा बढि व्यक्ति तथा संस्थाहरुको मिलिभगत हुने प्रकारका भ्रष्टाचारलाई संस्थागत भ्रष्टाचार भन्दा फरक नपर्ला । केहि समय पहिले विद्युत् प्राधिकरणमा भएको ट्रान्समिटर घोटाला होस् या सुडानबाट आएको प्रहरीको बर्दीको कुरा होस् यसमा दुई भन्दा बढिको संलग्नता रहेको छ । जुन एकलैले गनै सक्दैन् । बोर्डिङ्ग स्कुलहरु हुन् वा निजी अस्पतालहरु हुन् यीहरुबाट लिईने सेवा सुबिधाको बारेमा सरकारले निश्चित मापदण्डको आधारमा शुल्क निर्धारण गरेको छ । यसको लागि अनुगमनकारी निकायहरु छन् । निश्चित नियमहरु पुरा गर्नु पर्ने हुन्छन् । तर मनोमानी ढङ्गबाट शुल्क लिइने कामहरु भएका छन् । यो संस्थागत रुपमा भएको दिनदाहाडै भएको भ्रष्टाचार हो । विराटनगरमा संचालित मझौला शहरको एकिकृत वातावरणिय सुधार परियोजनामा भएको सबै दुई नम्बरी कामहरुमा एशियाली विकास बैंक, विराटनगर उपमहानगरपालिका, ठेकोदार, परियोजना कर्मचारी र जो जो राजनीतिक दलहरु मिलेका छन् यो संस्थागत भ्रष्टाचार हो ।   
नागरिक खबरदारी आजको आवश्यकता हो । यसका लागि नीति नियमले दिएका हक अधिकारको प्रयोग गरि पार्दर्शिता, उत्तरदायि, सुशासन र सदाचार निर्माणका लागि एक हौं ।  
                                                                                

                                                                            ००

                                                                         –राजु श्रेष्ठ (सूचनाको हकका अभियान्ता)
                                                                                   (९८४२०८५९७९)

   

 

Wednesday, June 17, 2020

कोरोना सामग्रीमा 'भ्रष्टाचार', ३ करोडमा आउने सामान ५ करोडमा खरिद !



कोरोना सामग्रीमा 'भ्रष्टाचार', ३ करोडमा आउने सामान ५ करोडमा खरिद !




अजय अनुरागी
कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि २ नम्बर प्रदेश सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको पाइएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गरेका उपकरण तथा सामग्रीमा करोडौं रुपैयाँको अनियमितता भएको हो ।
केन्द्रले स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), एन ९५ मास्क, सर्जिकल मास्क, इन्फ्रा रेड (आईआर) थर्मामिटर (थर्मल गन), ह्यान्ड स्यानिटाइजर लगायतका सामग्री खरिद गर्दा बजार मूल्यभन्दा निकै महंगो दरमा किनेर अनियमितता गरेको पाइएको छ ।
केन्द्रले टेन्डर प्रक्रियामार्फत खरिद गरेको भएपनि खरिद प्रक्रियामा पर्याप्त प्रतिस्पर्धा हुन सकेको छैन । झण्डै ५ करोड अर्थात् ४ करोड ८५ लाख ३९ हजार रुपैयाँमा खरिद गरिएका स्वास्थ्य सामग्री बजारमा खुद्रा दरमा झण्डै ३ करोड अर्थात् २ करोड ९५ लाख ५० हजार रुपैयाँमै किन्न सकिने देखिन्छ तर केन्द्रले सीमित आपूर्तिकर्ताबीच छोटो समयमै प्रतिस्पर्धा गराएर १ करोड ८९ लाख ८९ हजार रुपैयाँ बढी मूल्यमा सामग्री खरिद गरेर अनियमितता गरिएको लोकान्तर खोजबाट पत्ता लागेको छ ।
यसरी भयो भ्रष्टाचार 
केन्द्रले ६ हजार ५०० रुपैयाँको दरमा ६ हजार ५०० थान पीपीई ४ करोड २२ लाख ५० हजार रुपैयाँमा मेडी सोलुसन इन्टरनेसनल प्रालिबाट किनेको छ तर पीपीई सेट बजारमा बढीमा ४ हजार रुपैयाँको दरमा बिक्री भइरहेको जनकपुरको ओम सर्जिकल हाउसका सञ्चालक सुनील झा बताउँछन् । बजार मूल्यमा पीपीई खरिद गर्दा ६ हजार ५०० थानको २ करोड ६० लाख रुपैयाँ मात्र पर्छ तर सरकारले १ करोड़ ६२ लाख ५० हजार रुपैयाँ बढी मूल्य तिरेर पीपीई किनेको छ ।
केन्द्रले आदित्य इन्टरनेसनल जनकपुरबाट ३२ लाख रुपैयाँमा ४०० थान आईआर थर्मामिटर किनेको छ । प्रतिथान ८ हजार रुपैयाँमा थर्मामिटर किनिएको हो । जबकि खुद्रा मूल्यमा थर्मामिटर प्रतिथान ४ हजार २०० रुपैयाँ खरिद गर्न सकिने ओम सर्जिकल हाउसका सञ्चालक झाले बताए । खुद्रा दरमा ४०० थान आईआर थर्मामिटर किन्दा १६ लाख ८० हजार रुपैयाँ मात्र पर्छ तर सरकारले ३२ लाख रुपैयाँ तिरेको छ ।
केन्द्रले राइन सप्लायर्स जनकपुरबाट ५०० रुपैयाँको दरमा १० लाख ५० हजार रुपैयाँमा २ हजार १०० थान एन ९५ मास्क किनेको छ तर सोही मास्क बजारमा ४०० रुपैयाँमा पाइन्छ । कूल ८ लाख ४० हजार रुपैयाँमा किन्न सकिने एन ९५ मास्क सरकारले २ लाख १० हजार रुपैयाँ बढी तिरेर १० लाख ५० हजार रुपैयाँमा किनेको छ ।
सरकारले १६ रुपैयाँ प्रतिइकाइको दरले सर्जिकल मास्क किनेको छ । जेकेआरएस इम्पोर्ट एण्ड इक्स्पोर्ट प्रालिबाट सरकारले ९० हजार थान सर्जिकल मास्क १४ लाख ४० हजार रुपैयाँमा किनेको छ । ओम सर्जिकल हाउसका सञ्चालक झाका अनुसार सर्जिकल मास्कको थोक खरिद मूल्य ५–६ रुपैयाँ मात्र पर्छ । खुद्रा बजारमा बढीमा ७–८ रुपैयाँमा प्रतिथान सर्जिकल मास्क बिक्री हुने उनले बताए । उनी आफैं थोक बिक्रेता भएका कारण ६ रुपैयाँमा सर्जिकल मास्क खुद्रा ब्यापारीलाई बिक्री गर्दै आएको बताउँछन् । यसरी सर्जिकल मास्क ७ रुपैयाँ प्रतिइकाइको दरले ९० हजार थानको ६ लाख ३० हजार रुपैयाँ पर्छ तर सरकारले ८ लाख १० हजार रुपैयाँ बढी तिरेर १४ लाख ४० हजार रुपैयाँमा मास्क किनेको छ ।
सरकारले दूर्गा ट्रेड लिंक जनकपुरबाट ५ लाख ९९ हजार रुपैयाँमा ह्यान्ड स्यानिटाइजरको १ हजार बोतल किनेको छ । ५०० मिलिलिटरको प्रतिबोतल ५९९ रुपैयाँमा किनेको छ तर स्यानिटाइजर प्रतिबोतल ४०० रुपैयाँमा बिक्री गर्ने गरेको बिक्रेता झा बताउँछन् । ४ लाख रुपैयाँमा किन्न सकिने स्यानिटाइजर सरकारले १ लाख ९९ हजार रुपैयाँ बढी दिएर ५ लाख ९९ हजार रुपैयाँमा किनेको छ ।
टेन्डरका लागि ३ दिने सूचना !
गत चैत्र २४ गते प्रदेश सरकार अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ६ हजार ५०० थान पीपीई सेट, ४०० थान आईआर थर्मामिटर, २ हजार १०० थान एन ९५ मास्क, ९० हजार थान सर्जिकल मास्क, १ हजार बोतल ह्यान्ड स्यानिटाइजर तथा केही ग्लोब्स खरीद गर्न बोलपत्र आह्वान गरेको सूचना प्रकाशित गरेको थियो । सामाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत ३ दिने सूचना प्रकाशित गरिएको थियो ।
समान्यतया २० लाख रुपैयाँभन्दा कम रकमको वस्तु किन्नुपर्ने भएमा १५ दिनको म्याद अवधिभित्र सूचना प्रकाशन गर्नुपर्ने हुन्छ भने २० लाखभन्दा बढी मूल्यको वस्तु भएमा ३० दिनको लागि सूचना प्रकाशन गर्नुपर्ने हुन्छ तर ४ करोडभन्दा पनि बढी मूल्यमा किनिएको वस्तुको ३ दिने सूचना मात्र प्रकाशित गरिएको थियो ।
विशेष परिस्थिति तथा कोरोना भाइरस संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण सार्वजनिक खरिद ऐनको नियम १४५ बमोजिम ३ दिने सूचना मात्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी समेत रहेका जनस्वास्थ्य प्रशासक श्रवण नायकले बताए । सूचना प्रकाशित भएको तेस्रो दिन अर्थात् चैत २७ गतेसम्म २० वटा फर्मले प्रस्ताव दर्ता गराएको भए पनि वैशाख ५ गते वार्ताका लागि बोलाउँदा ८ वटा फर्म मात्र आएका नायकले बताए ।
छलफलमा आदित्य इन्टरनेसनल जनकपुर, दूर्गा ट्रेड लिंक जनकपुर, हेल्थ केयर सप्लायर्स शंखमुल काठमाडौं, मोदी प्लस ट्रेड कन्सर्न पर्सा, मेडी सोलुसन इन्टरनेसनल प्रालि चन्द्रागिरि काठमाडौं, राइन सप्लायर्स जनकपुर, जेकेआरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि काठमाडौं, होरिजन सर्भिसेज काठमाडौं गरी ८ वटा फर्मको उपस्थिति मात्रै भएकाले ८ वटा फर्मको प्रस्तावमा मात्र प्रतिस्पर्धा गराउने मूल्यांकन समितिको निर्णय भयो ।
नायकका अनुसार पीपीई सेट आपूर्तिका लागि २ वटा फर्म मेडी सोलुसन र राईन सप्लायर्स मात्र छनौट भए । विश्व स्वास्थ्य संगठन र फूड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) को प्रमाणपत्र (लाइसेन्स) पाएको संस्थाबाट मात्र खरिद गर्नुपर्ने हुँदा २ वटा संस्थासँग मात्र प्रमाणपत्र भएकाले २ वटा संस्थाबीच मात्र प्रतिस्पर्धा गराइएको थियो ।
राइन सप्लायर्सले प्रतिपीपीई ११ हजार रुपैयाँमा दिने तथा सबै पीपीई एकैसाथ आपूर्ति नगरेर २५ प्रतिशत ३ दिनमा र बाँकी ७५ प्रतिशत ७ दिनमा मात्र आपूर्ति गर्न सक्ने बतायो । मेडीसोलुसनले प्रतिपीपीई सेट ६ हजार ५०० रुपैयाँ मात्र प्रस्ताव गरेको तथा माग गारिएअनुसार ६५०० थान पीपीई २४ घण्टाभित्र आपूर्ति गर्ने गरेर प्रतिबद्धता गरेकाले मेडीसोलुसनबाट नै किन्ने निर्णय गरिएको नायकले बताए ।
आईआर थर्मल गनको लागि सम्झौता गर्न आउँदा नमूना समेत लिएर आउन भनिएकोमा ८ मध्ये २ वटा फर्मले मात्र नमूना लिएर आएका कारण बाँकी फर्म छनौटमा परेनन् । ‘आदित्य इन्टरनेसनल जनकपुर र दूर्गा ट्रेड लिंक जनकपुरले मात्र स्याम्पल लिएर आएका कारण २ संस्थाबीच मात्र प्रतिस्पर्धा गराइएको थियो,’ जनस्वास्थ्य प्रशासक नायकले लोकान्तरसँग भने, ‘दूर्गा ट्रेडले प्रतिथर्मल गन १० हजार १९९ अंकमा र ९ हजार १९९ अक्षरमा मूल्य प्रस्ताव गरेका कारण फर्म छनोटमा परेन ।’ आदित्यले प्रतिथर्मल गन ८ हजार रुपैयाँ मात्र प्रस्ताव गरेका कारण उसको फर्मसँग खरिद गरिएको उनले बताए ।
‘थर्मल गनका लागि बोलपत्र आह्वान गर्नुभन्दा अघि विभिन्न आपूर्तिकर्तासँग दरभाउ बुझ्दा कसैले न्यूनतम ७ हजारदेखि अधिकतम २२ हजार रुपैयाँसम्म पर्ने भनेर भनेकाले हामीले औसत मूल्य १४ हजार ४१० रुपैयाँ निर्धारण गरेका थियौं,’ सूचना अधिकारी समेत रहेका नायकले थपे, ‘हामीले निर्धारण गरेको औसत मूल्यभन्दा सस्तो दरमा नै हामीले थर्मल गन किनेको अवस्थामा महंगो रेटमा किनेको भनेर भन्न मिल्दैन ।’
सर्जिकल मास्कका लागि राइन सप्लायर्सले प्रतिमास्क ३० रुपैयाँ, दूर्गा ट्रेड लिंकले १९ रुपैयाँ, जेकेआरएसले १६ रुपैयाँ प्रस्ताव गरेका थिए । जेकेआरएस बाहेकको मूल्य पनि बढी भएको तथा माग गरिएको ९० हजार थान मास्क मौज्दातमा उपलब्ध समेत नरहेको भनेकाले जेकेआरएसबाट सर्जिकल मास्क किनिएको उनी बताउँछन् ।
स्यानिटाइजरका लागि इथानोल, ग्लिसिरिन, हाइड्रोजन पेरोक्साइडको सम्मिश्रण भएको स्यानिटाइजर मात्र आपूर्ति गर्नुपर्ने शर्त अनुसार मेडी प्लस र दूर्गा ट्रेड मात्र छनौट भएको थियो । मेडिप्लसले प्रतिबोतल ७०० रुपैयाँ प्रस्ताव गरेको थियो भने दूर्गा ट्रेड लिंकले ५९९ रुपैयाँ मात्र प्रस्ताव गरेका कारण दूर्गासँग किनिएको नायकले बताए ।
एन ९५ मास्कका लागि राइन सप्लायर्स र मेडी सोलुसनले मात्र आवेदन फारम भरेका थिए तर मेडी सोलुसनले आफूसँग २ हजार १०० मास्क मौज्दात नरहेको भनेकाले राइन सप्लायर्सबाट प्रतिमास्क ५०० रुपैयाँको दरले खरिद गरिएको उनले बताए ।
जनस्वास्थ्य प्रशासक नायकसहित मूल्यांकन समितिमा केन्द्रका बायो मेडिकल इन्जिनीयर उपाशना खड्का, फार्मेसी अधिकृत धनेश्वरप्रसाद यादव, फार्मेसी सुपरभाइजर अशोककुमार यादव सदस्य रहेको मूल्यांकन समितिले फर्मले भरेको आवेदन तथा छलफलको आधारमा कुन सामान कुन फर्मसँग किन्ने भनेर निर्णय गरेको नायकले बताए ।
प्रतिस्पर्धा गर्नुपर्ने आपूर्तिकर्ताबीच नै मिलेमतो, कमिशनको भागबण्डा
आवेदन फारम भरेका १ जना आपूर्तिकर्ताका अनुसार खरिद प्रक्रिया नामको लागि मात्र गरिएको थियो ।
‘५ जना आपूर्तिकर्ता फर्म, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. प्रमोदयादव र सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीका छोरा सुमित साहबीच कमिशनबापत एकआपसमा भागबण्डा गर्ने भनेर डील पहिले नै भइसकेको थियो,’ ती आपूर्तिकर्ताले नाम नखुलाउने शर्तमा लोकान्तरसँग भने, ‘त्यसैले हरेक आइटममा एउटा फर्मले आफूखुशी मूल्य भर्ने तथा बाँकी संस्थाले आफूसँग मौजदात त्यति संख्यामा सामान नरहेको बताउने भनेर मिलेमतोमा नै टेन्डर पारिएको थियो ।’ आरोपबारे कुरा गर्न खोज्दा डा. प्रमोद यादव र सामाजिक विकास मन्त्रीका छोरा सुमितसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
‘सबै सामानहरू विदेशबाट आपूर्तिकर्ताले मगाउनु पर्दा, विदेशमा पनि ती सामानको उपलब्धता नभएको अवस्थामा इमर्जेन्सीमा सामान किन्नु परेकाले केही महंगो भएको हुनसक्छ,’ सूचना अधिकारी नायकले भने, ‘तर हामीले भ्रष्टाचार गरेका छैनौं, न त कमिशनको भागबण्डा नै उच्च तहमा भएको छ ।’
(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)

स्रोत :  लोकान्तर अनलाइन

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प