Skip to main content

Posts

वित्तीय विवरणमा के–के हेर्ने?

  वित्तीय विवरणमा के–के हेर्ने? प्रस्तुतिः सबिना बजगाई     शेयर बजारमा लगानी गर्नुअघि तपाईले लगानी गर्न लाग्नु भएको कम्पनी कस्तो छ भन्ने कुरा थाहा पाउन अति अवाश्यक छ। बिना जानकारी अरुको लहलहैमा लागेर लगानी गर्नाले लगानी डुब्ने सम्भावना बढी हुन्छ। कम्पनीको बारेमा धेरै कुरा थाहा पाउन नसकेपनि यसको वित्तीय अवस्थाको बारेमा हरेक लगानीकर्ता जानकार हुनु पर्दछ।  कम्पनीले हरेक त्रैमास अर्थात प्रत्येक तीन तीन महिनामा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्छन्। तीनै विवरणहरुलाई हेरेर त्यसैको आधारमा लगानीका रणनीति बनाउनु तथा निर्णय लिनु उत्तम हुन्छ। तर, सबै लगानीकर्ताहरुले सो वित्तीय विवरण हेर्न जान्दछन् भन्ने हुँदैन। शेयर बजारमा विभिन्न प्रकृतिका कम्पनीहरु छन्, जस्तैः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी आदि। फरक प्रकृतिका कम्पनीहरुले फरक फरक वित्तीय विवरण प्रकाशित गर्दछन्। उदाहरणका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुले एकै प्रकारका वित्तीय विवरण प्रकाशित गर्दछन्। तर, बीमा कम्पनी, उत्पादनमूलक कम्पनी, जलविद्युत कम्पनी लगायतले प्र...

सूचना मागपछि खुलेको तथ्य : पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप

  सूचना मागपछि खुलेको तथ्य : पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप रामजी दाहाल:  खोज पत्रकारिता केन्द्र  संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् । संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् । प्रदेश कानूनले तोकेका विभिन्न शीर्षकका यी सुविधाले राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थपिनेछ । विज्ञहरू ‘यसले घर–दैलोको लोकतन्त्रलाई असाध्यै महँगो बनाउने र संघीय प्रणालीलाई नै बदनाम गर्ने जोखिम बढेको’ बताउँछन् । आदेश विपरीत कानून प्रदेश–१ बाहेक बाँकी प्रदेशले बनाएका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ ले ‘संविधानको गम्भीर उल्लंघन गरेको’ र ‘राज्यकोषको चर्को दोहन गरेको’ भनेर १ भदौ २०७६ मा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

  ‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’ १८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो । भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् । आयुर्वेद कार्यालयको आव २०७४÷७५ र २०७५÷७६ का आय–व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउने उद्देश्यले उनीहरु कार्यालयमा पुगेका थिए । भिश्वा युवा क्लबले आयुर्वेद कार्यालयमा कर्मचारीहरु नबस्ने, कार्यालयका सामान व्यक्तिको घरमा प्रयोग हुने, कार्यालयमा पारदर्शिता नभएको गुन...
 

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

  https://www.tudikhel.com/2016/10/18/526 सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ राजु श्रेष्ठ Facebook Twitter Email Viber WhatsApp Messenger मानिसको जीवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आएको अवस्था छ । हाम्रो देशमा पनि सूचनाको अधिकारलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको छ । यो अधिकारको प्रयोगले सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीता बढाउने काम गर्दछ । यस हक अन्तरगत सार्वजनिक निकाय भन्नाले सबै सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानून मान्यता प्राप्त सबै राजनीतिक दलहरु मानिएको छ । गाविस, नगरपालिका, विद्यालय, अस्पताल, संस्थान, एनजीओ, आईएनजीओ र राजनीतिक पाटीहरु, सहकारी संस्थान, बोर्डिङ्ग स्कुल लगायत आदिमा रहेको सूचनाहरु सबै ना...

भ्रष्टाचारको लोकतान्त्रिकरण

 भ्रष्टाचारको लोकतान्त्रिकरण            ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशन गरेको सन् २०१९ को रिपोर्ट अनुसार नेपाल १८0 देशको रङ्कमा ११३ औं स्थानमा छ । यो डाटा अनुसार नेपालले १०० अंकमा ३४ अंक प्राप्त गरी भ्रष्ट मूलुकहरुको सूचिमा रहेको देखाएको छ । यसको मुख्य कारण भनेको हाम्रो देशमा हुने सबै खाले भ्रष्टाचारमा सबैको सहभागिता रहनु नै मूख्य कारक हो । सहभागीतामूलक लोकतन्त्रको माग र आवश्यकता खड्की रहेको यस घडिमा यहाँ त भ्रष्टाचारको लोकतान्त्रिकरण मौलाएको छ । विकास र राज्य व्यवस्थामा जनसहभागिता खोजिरहेको अवस्थामा अहिले भ्रष्टाचारमा सबै समान सहभागिता पाईएको छ । अरुलाई भ्रष्टाचारी हौ भनि एक औला देखाउदा बाँकी औलाले तिमि पनि त त्यसमा सहभागी छौ भनि रहेको अवस्था छ । “भ्रष्टाचार” शब्दको अर्थलाई शब्दकोषहरुमा विभिन्न कोणहरुबाट अथ्र्याएको पाइन्छ । पतीत आचरण, दुषित मर्यादा र भ्रष्ट व्यवहार जस्ता पदावलीलको प्रयोगले धेरै प्रकारको अनुचित क्रियाकलापलाई समेट्दछ । अवैध रुपमा हुने आर्थिक लेनदेन तथा निजी स्वार्थ पूर्तिका लागि टेबलमुनीबाट गरिने आर्थिक लेनदेनको कामला...